स्वास्थ्य शाखा, काठेखोला गाउँपालिका, बिहुँकोट, बागलुङ

  • Home
  • Nepal
  • Baglung
  • स्वास्थ्य शाखा, काठेखोला गाउँपालिका, बिहुँकोट, बागलुङ

स्वास्थ्य शाखा, काठेखोला गाउँपालिका, बिहुँकोट, बागलुङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वास्थ्य शाखा, काठेखोला गाउँपालिका, बिहुँकोट, बागलुङ, Medical and health, Kathekhola Rural Municipality, Baglung, Baglung.

काठेखोला गाउँपालिकाको औषधि उपचार खर्च प्राप्त गर्ने बिरामीको लागि नविकरण बारेको सूचना !!!!!
22/07/2026

काठेखोला गाउँपालिकाको औषधि उपचार खर्च प्राप्त गर्ने बिरामीको लागि नविकरण बारेको सूचना !!!!!

काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोट स्वास्थ्य चौकीमा न्युनतम सेवा मापदण्ड (MSS)मुल्याँकन कार्यक्रम सम्पन्न गरीएको छ । ...
22/07/2026

काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोट स्वास्थ्य चौकीमा न्युनतम सेवा मापदण्ड (MSS)मुल्याँकन कार्यक्रम सम्पन्न गरीएको छ । कार्यक्रम स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष वृहस्पति शर्माको अध्यक्षतामा सम्पन्न गरीएको थियो । स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्डको मुल्याँकन तथा सो सम्बन्धि अभिमुखिकरण गरिएको थियो । काठेखोला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन भएको कार्यक्रममा NGDF FAIRMED Sambodhan परियोजना बागलुङले सहयोग गरेको थियो । कार्यक्रम स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सोम राज पाण्डेय र Sambodhan परियोजनाका सन्दिप खड्काले गर्नुभएको थियो । कार्यक्रममा बिहुँकोट स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागीतामा सम्पन्न गरिएको थियो । उक्त मुल्याँकनमा बिहुँकोट स्वास्थ्य चौकीले पहेलो रंग प्राप्त गरेको थियो ।

काठेखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखा, बिहुँकोट बागलुङको आयोजना साथै धौलागिरी प्रादेशिक अस्पता...
08/06/2026

काठेखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखा, बिहुँकोट बागलुङको आयोजना साथै धौलागिरी प्रादेशिक अस्पताल बागलुङको प्राविधिक सहयोगमा मातृ तथा नवशिशु स्वास्थ्य (MNH) अपडेट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता काठेखोला गाउँपालिकाका उपाध्यक्ष श्री तेज बहादुर थापाज्यूले गर्नुभएको थियो । कार्यक्रममा धौलागिरी प्रादेशिक अस्पताल बागलुङका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. विजय ओझा तथा स्वास्थ्य शाखा प्रमुख सोम राज पाण्डेयले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख, आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख, सामुदायिक स्वास्थ्य इकाइ प्रमुख तथा नर्सिङ कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममार्फत मातृ तथा नवशिशु स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवशिशु स्वास्थ्य व्यवस्थापन, सेवा प्रवाहमा एकरूपता तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकास सम्बन्धी महत्वपूर्ण विषयहरूमा अद्यावधिक जानकारी आदानप्रदान गरिएको थियो । सोमराज पाण्डेय Deepakrajawasthi Deepघनश्याम सापकोटास्वास्थ्य शाखा, काठेखोला गाउँपालिका, बिहुँकोट, बागलुङ @
२५ जेठ २०८३

बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः स्थापित गर्दै काठेखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता ...
04/06/2026

बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः स्थापित गर्दै काठेखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, बिहुँकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका सबै वडाका १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष एवं पालिका खोप समन्वय समितिका संयोजक राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक खडक बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नं. २ की महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भविकला थापा, पाला स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत ध्रुव के.सी., वडा नं. ६ का वडा अध्यक्ष वृहस्पति शर्मा, प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत टिकाराम भण्डारी तथा गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाभित्र घरधुरी सर्वेक्षण, खोप अभिलेख प्रमाणीकरण, स्वास्थ्य संस्थागत समीक्षा, वडा तथा पालिका स्तरीय प्रमाणीकरण लगायतका सम्पूर्ण प्रक्रिया सम्पन्न गरी राष्ट्रिय मापदण्ड पूरा गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख सोम राज पाण्डेयले गर्नुभएको थियो ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम सार्वजनिक स्वास्थ्यको सबैभन्दा सफल कार्यक्रममध्ये एक मानिन्छ । खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा जटिल रोगहरूबाट जोगाउँदै स्वस्थ जीवनको आधार निर्माण गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएको छ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा केवल एक औपचारिक उपलब्धि मात्र नभई प्रत्येक बालबालिकाले आफ्नो खोप पाउने अधिकार सुनिश्चित भएको सामूहिक प्रतिबद्धताको प्रतीक पनि हो ।
काठेखोला गाउँपालिकाले समुदायको सक्रिय सहभागिता, स्वास्थ्यकर्मीहरूको अथक मेहनत, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको निरन्तर परिचालन, जनप्रतिनिधिहरूको सहयोग तथा सरोकारवाला निकायहरूको समन्वयबाट यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। यस घोषणाले गाउँपालिकालाई स्वस्थ, समुन्नत र समृद्ध समाज निर्माणतर्फ थप एक कदम अगाडि बढाएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै काठेखोला गाउँपालिकाले आगामी दिनहरूमा पनि नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै प्रत्येक बालबालिकासम्म खोप सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जनस्वास्थ्य प्रवर्द्धन र रोग रोकथामको क्षेत्रमा हासिल गरिएको यो उपलब्धि गाउँपालिकाका लागि गौरवको विषय बनेको छ ।
यस पुनित कार्यमा सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधी, खोप समन्वय समितीका पदाधिकारी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, सरकारी तथा गैह्र सरकारी संस्थाहरु लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
२१ जेठ २०८३

28/05/2026
25/05/2026
काठेखोला गाउँपालिका गाउँ कायपालिकाको कार्यालय बिहुँकोट बागलुङको आयोजनामा भिमापोखरा र रेश स्वास्थ्य चौकीमा कार्यरत स्वास्...
17/05/2026

काठेखोला गाउँपालिका गाउँ कायपालिकाको कार्यालय बिहुँकोट बागलुङको आयोजनामा भिमापोखरा र रेश स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि CBIMNCI Onsite Coaching (स्थलगत अनुशिक्षण) कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा भिमापोखरा र रेश स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियोे भने सहजीकरण स्वास्थ्य शाखा प्रमुख जनस्वास्य अधिकृत सोम राज पाण्डेयले गर्नुभएको थियो ।

काठेखोला गाउँपालिका स्वास्थ्य शाखामा मासिक समीक्षा डाटाभेरीफिकेशन एवं डाटा भ्यालिडेशन साथै PAMS V2 अभिमुखिकरण कार्यक्रम ...
12/05/2026

काठेखोला गाउँपालिका स्वास्थ्य शाखामा मासिक समीक्षा डाटाभेरीफिकेशन एवं डाटा भ्यालिडेशन साथै PAMS V2 अभिमुखिकरण कार्यक्रम सम्पन्न गरीएको छ ।पालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा कार्यरत संस्था प्रमुख र स्टोरमा काम गर्ने स्वास्थ्यकर्मी सहभागी भएको कार्यक्रममा मासिक रुपमा संचालन भएको कार्यक्रमको समीक्षा गरीएको साथै औषधि सामाग्रीको भण्डार व्यवस्थापन चुस्त पार्न PAMS V2 अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रमलाई काठखोला गाउँपालिकाका प्रशासन प्रमुख अधिकृत मनोज कार्की, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अधिकृत रीता राना र स्वास्थ्य शाखा प्रमुख सोम राज पाण्डेयले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम संचालन मितिः २८ बैशाख २०८३

Address

Kathekhola Rural Municipality, Baglung
Baglung

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य शाखा, काठेखोला गाउँपालिका, बिहुँकोट, बागलुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share