मर्चवारी हेल्थ क्लिनिक - Marchwari Health Clinic

  • Home
  • Nepal
  • Bhairahawa
  • मर्चवारी हेल्थ क्लिनिक - Marchwari Health Clinic

मर्चवारी हेल्थ क्लिनिक - Marchwari Health Clinic स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी

जापानिज इन्सेफलाइटिसको जोखिमप्रति सतर्क रहन सबैमा अनुरोध!
26/08/2026

जापानिज इन्सेफलाइटिसको जोखिमप्रति सतर्क रहन सबैमा अनुरोध!

विश्व स्तनपान सप्ताह (१–७ अगस्ट)आमाको दूध नै शिशुको पहिलो खोप, पहिलो पोषण र स्वस्थ जीवनको बलियो आधार हो।हरेक वर्ष १–७ अग...
01/08/2026

विश्व स्तनपान सप्ताह (१–७ अगस्ट)

आमाको दूध नै शिशुको पहिलो खोप, पहिलो पोषण र स्वस्थ जीवनको बलियो आधार हो।

हरेक वर्ष १–७ अगस्ट विश्वभर विश्व स्तनपान सप्ताह मनाइन्छ। यस सप्ताहको उद्देश्य स्तनपानको महत्त्वबारे जनचेतना फैलाउनु, आमा र शिशुलाई स्तनपानमैत्री वातावरण उपलब्ध गराउनु तथा स्तनपानलाई प्रोत्साहन गर्नु हो।

जन्मेको १ घण्टाभित्र स्तनपान सुरु गरौँ, पहिलो ६ महिना आमाको दूध मात्र खुवाऔँ, र ६ महिनापछि उमेरअनुसारको थप आहारसँगै २ वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिऔँ।

स्वस्थ शिशु, स्वस्थ आमा र स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिऔँ।

#स्तनपान #पूर्णस्तनपान #आमाकोदूध #शिशुस्वास्थ्य #मातृस्वास्थ्य

 ...✍️
11/07/2026

...✍️

झाडापखाला भनेको के हो ?सामान्यतया २४ घण्टामा तीन वा सो भन्दा बढी पटक पानी जस्तो पातलो दिसा भएमा पखाला लागेको भनिन्छ । ने...
03/07/2026

झाडापखाला भनेको के हो ?
सामान्यतया २४ घण्टामा तीन वा सो भन्दा बढी पटक पानी जस्तो पातलो दिसा भएमा पखाला लागेको भनिन्छ । नेपालमा ५ बर्ष मुनिका बालबालिकाको मृत्युको एक प्रमुख कारण झाडापखाला पनि हो ।
मर्चवारी हेल्थ क्लिनिक - Marchwari Health Clinic
Gopal Maurya

यो गर्मीमा स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। प्रशस्त पानी पिउनुहोस् र आवश्यक नभएसम्म दिउँसोको चर्को घाममा ननिस्कनुहोस्।
02/07/2026

यो गर्मीमा स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। प्रशस्त पानी पिउनुहोस् र आवश्यक नभएसम्म दिउँसोको चर्को घाममा ननिस्कनुहोस्।

🌿 तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी! ❤️🩹स्वास्थ्यभन्दा ठूलो धन अरू केही छैन। त्यसैले तपाईं र तपाईंको परिवारका लागि आव...
24/06/2026

🌿 तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी! ❤️🩹

स्वास्थ्यभन्दा ठूलो धन अरू केही छैन। त्यसैले तपाईं र तपाईंको परिवारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री सधैं भरपर्दो र सुरक्षित स्रोतबाट प्राप्त गर्नु आवश्यक छ।

मर्चवार तथा आसपासका आदरणीय ग्राहकवर्गको स्वास्थ्यलाई मध्यनजर गर्दै होप फार्मेसी ( मर्चवारी हेल्थ क्लिनिक )ले गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा प्रदान गर्दै आइरहेको छ। अनुभवी स्वास्थ्यकर्मी र फर्मासिस्टहरूको सही परामर्श र द्रुत सेवाका लागि आजै हामीलाई सम्झनुहोस्।

✨ हाम्रा विशेष सेवाहरू:

✅ १००% वास्तविक तथा प्रमाणित कम्पनीका गुणस्तरीय औषधिहरू 💊
✅ विभिन्न प्रकारका हेल्थ केयर तथा सर्जिकल सामग्रीहरू उपलब्ध 🩺
✅ अनुभवी फर्मासिस्ट र स्वास्थ्यकर्मीद्वारा छिटो र भरपर्दो सेवा 🧑‍⚕️
✅ डिजिटल भुक्तानी (QR Code) को सुविधा 📲
✅ ग्राहकमैत्री वातावरण र उचित परामर्श 🤝

📍 स्थान: मर्चवारीमाई गा पा वार्ड नं १, सोनवर्षा
📞 सम्पर्क: 9704598148

🏥 होप फार्मेसी — तपाईंको स्वास्थ्यको भरपर्दो सहयात्री।

आजै भिजिट गर्नुहोस् र स्वस्थ जीवनतर्फको यात्रा सुरु गर्नुहोस्! 🌟💚

👉 सर्पले टोकेपछि सही समयमा उपचार भयो भने बाँच्न सकिन्छ।👉 डर नमानौं, सूचना फैलाऔं।सर्पदंशको प्राथमिक उपचार सम्बन्धी जानका...
20/06/2026

👉 सर्पले टोकेपछि सही समयमा उपचार भयो भने बाँच्न सकिन्छ।
👉 डर नमानौं, सूचना फैलाऔं।

सर्पदंशको प्राथमिक उपचार सम्बन्धी जानकारी

✅ के गर्ने?
1. 🧘‍♂️ बिरामीलाई शान्त राख्नुहोस्, दौडधुप गर्न नदिनुहोस्।
2. 🦵 टोकेको अंगलाई चलाउन नदिनुहोस्।
3. ⬇️ हृदयको सतहभन्दा तल राख्नुहोस् (lower than the heart)।
4. 🩹 कसिलो पट्टी बाँध्नुहोस् – तर रगत नअडिने गरी।
5. ⛑ गहना, घडी, टाइट लुगा तुरुन्तै हटाउनुहोस्।
6. 🚑 बिरामीलाई तत्काल अस्पताल लैजानुहोस्
7. 🐍 सर्प देखिएको हो भने सर्पको वर्णन वा फोटो लिएर जानुहोस् (सिधा नछुनुहोस्)।

❌ के नगर्ने?
❌ सर्पको विष चुस्ने, काट्ने, जलाउने नगर्नुहोस्।
❌ तोकेको अंग नधुनुहोस्।
❌ घरायसी जडीबुटी प्रयोग नगर्नुहोस्।
❌ बिरामीलाई हिँडाउन वा दौडाउनु हुँदैन।
❌ सर्प मार्ने प्रयास नगर्नुहोस्।

सर्पको टोकाइबाट बच्ने उपायहरू
1. 👢 गोठ, खेत, जंगल जाँदा बलियो जुत्ता/गमबुट लगाऔं।
2. 🪵 दाउरा, घाँस, पात टिप्दा सावधानी अपनाऔं।
3. 🔦 अँध्यारोमा हिँड्दा टर्च वा बत्ती अनिवार्य प्रयोग गरौं।
4. 🛌 भुइँमा सुत्न नपर्ने प्रयास गरौं – ओछ्यानलाई अग्लो बनाऔं।
5. 🧹 घर वरिपरि झारपात सफा गरौं – सर्प लुक्ने ठाउँ हटाऔं।
6. 🚪 गोठ, कोठा वा धान राख्ने भान्साघरहरू बन्द गर्नुहोस् – प्वालहरू पुरौं।
7. 🐀 घर वरिपरि मुसा नियन्त्रण गरौं – मुसा सर्पको आहार हो।
8. 📦 पुराना लुगा, बोरालाई चलाउनु अघि झटारौं – सर्प लुकेको हुन सक्छ।
9. 🚫 बिहान/साँझ खेत जानु परे सतर्क रहनुहोस् – यी समयमा सर्प सक्रिय हुन्छन्।


Gopal Maurya
Health At Home

Dimple injection avilable Alternative of संगिनी injection for contraceptive for 3 months
19/06/2026

Dimple injection avilable
Alternative of संगिनी injection for contraceptive for 3 months

"रक्तचाप (Blood Pressure) नाप्दा ध्यान दिनु पर्ने कुराहरु: सानो गल्तीले गर्न सक्छ हानी।।।।।।...............................
18/06/2026

"रक्तचाप (Blood Pressure) नाप्दा ध्यान दिनु पर्ने कुराहरु: सानो गल्तीले गर्न सक्छ हानी।।।।।।.........................................................
रक्तचाप नाप्ने तरीका ठीक नभएमा ब्लडप्रेसरको नाप High वा Low हुन सक्छ र यसको सिधा नकारात्मक असर विरामीको उपचारमा पर्नसक्छ । त्यसकारण ब्लडप्रेसर नाप्ने बेलामा निम्न लिखित कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ ।
:::::::::::::
रक्तचाप नाप्दा.
:::::::::::::::::::::::
गर्नु पर्ने (DO's)........
१. विश्राम: मेचमा ५ मिनेट भन्दा बढी विश्राम गरेपछि मात्रै BP नाप्नु पर्छ ।
२. यन्त्र: BP नाप्ने यन्त्रको फिता मुटुको उचाईमा राख्नु पर्छ ।
३. हातको स्थिति: हातलाई टेबुलमा राख्नुपर्छ ।
४. नाप्ने हात: पहिलो चोटि दुबै हातमा र त्यसपछि BP बढी भएको हातमा नाप्ने गर्नु पर्छ ।
५. वातावरण: कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्दछ ।............................
गर्नु नहुने (DON'Ts).....................................
१. बोल्ने: बिरामी र चिकित्सक दुबैले बोल्नुहुँदैन ।
२. खानपान: BP नाप्नु भन्दा कम्तिमा ३० मिनेट पहिला देखि खाना, चिया, सुर्ती आदि खाएको हुनुहुदैन ।
३. खुट्टाको स्थिति: खुट्टा एक अर्का माथि (Cross) राख्नुहुदैन ।
४. कपडा: लगाएको लुगाको माथिबाट BP लिनुहुँदैन र लुगाको बाहुला तानेर माथि ल्याउनुहुँदैन ।
५. शारीरिक गतिविधि: हिंडडुल वा व्यायाम गर्नेबित्तिकै BP नाप्नुहुँदैन ।...............................................
घरमा BP नाप्दा ध्यान दिनु पर्ने कुराहरू:....................................................
१. मेसिन: आफ्नो चिकित्सकको परामर्श अनुसार मात्रै अटोमेटिक BP मेसिन किन्नु पर्छ ।
२. तुलना: तपाईको BP नाप्ने मेसिनलाई चिकित्सकको मेसिनसंग तुलना गरेको हुनुपर्छ ।
३. औसत: घरमा नापेको पहिलो रिडिङ प्रायः बढी देखाउँछ । त्यसैले ५ मिनेटको फरकमा ३ चोटि नापेर औसत रेकर्ड गर्नु पर्छ ।
४. रेकर्ड: BP को रेकर्ड राखेर चिकित्सकलाई भेट्ने बेलामा ल्याउनु पर्छ ।
५. नाप्ने समय: BP बिहान र साँझ औषधी खानुभन्दा अगाडि नाप्ने गर्नुपर्छ तर BP कतिकति दिनको फरकमा नाप्नुपर्ने हो यो कुरा आफ्नो चिकित्सकको परामर्श अनुसार नै गर्नु पर्छ ।
६. नियन्त्रण: BP नियन्त्रणमा आएपछि २-३ हप्तामा एक चोटी नाप्नु उपयुक्त हुन्छ ।............................
BP को सामान्य स्तर............................
सामान्य BP: 120/80 भन्दा कम
उच्च रक्तचाप (High BP): 140/90 भन्दा बढी
मधुमेह र मृगौलारोगीहरुको BP: 130/80 भन्दा कम हुनु पर्छ ।............................
नोटः............................
१. स्वस्थ्य मानिसको रक्तचाप (BP) पनि दिनको समय अनुसार र शारीरिक गतिविधी अनुसार बढ्ने वा घट्ने हुने भएकोले यसलाई नराम्रो मान्नु हुँदैन ।
२. Low BP: सामान्यरुपले दैनिक कामकाज गर्न सक्ने व्यक्तिको ब्लडप्रेसर जतिकम हुन्छ त्यति नै राम्रो हुन्छ । त्यसलाई Low BP भनेर चिन्ता गर्नु हुँदैन ।
Gopal Maurya

Address

Bhairahawa
32900

Alerts

Be the first to know and let us send you an email when मर्चवारी हेल्थ क्लिनिक - Marchwari Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share