08/06/2026
एलर्जी परीक्षण (Allergy Testing) गर्नुपर्ने संकेत तथा लक्षणहरू
यदि तपाईंमा निम्न समस्या बारम्बार देखिन्छन् भने एलर्जी परीक्षण आवश्यक हुन सक्छ:
🌿 नाक तथा श्वासप्रश्वास सम्बन्धी लक्षण
* बारम्बार हाछ्युँ आउने
* नाकबाट पानी बग्ने
* नाक बन्द हुने
* नाक, घाँटी वा आँखा चिलाउने
* बारम्बार साइनसको समस्या हुने
* लामो समयसम्म खोकी लाग्ने
* राति वा बिहान बढी खोकी आउने
* स्वाँ-स्वाँ हुने वा सास फेर्न गाह्रो हुने
* दम (Asthma) का लक्षण दोहोरिने
🌿 छाला सम्बन्धी लक्षण
* बारम्बार डाबर (Hives/Urticaria) आउने
* शरीर चिलाउने
* एक्जिमा (Eczema) हुने
* ओठ, आँखा वा अनुहार सुन्निने (Angioedema)
🌿 आँखा सम्बन्धी लक्षण
* आँखा रातो हुने
* आँखा चिलाउने
* आँसु धेरै आउने
🌿 खाना खाएपछि हुने लक्षण
* मुख वा घाँटी चिलाउने
* शरीरमा डाबर आउने
* पेट दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने
* पखाला लाग्ने
* गम्भीर एलर्जिक प्रतिक्रिया (Anaphylaxis) हुने
🌿 औषधिपछि हुने लक्षण
* औषधि खाएपछि शरीरमा र्यास आउने
* डाबर आउने
* शरीर सुन्निने वा सास फेर्न गाह्रो हुने
🌿 कीराको टोकाइपछि हुने लक्षण
* मौरी, भिमरा वा अन्य कीराले टोकेपछि अत्यधिक सुन्निने
* गम्भीर एलर्जिक प्रतिक्रिया हुने
एलर्जी परीक्षण विशेष गरी कहिले आवश्यक हुन्छ?
✅ लक्षण बारम्बार दोहोरिने भएमा
✅ कारण पत्ता लाग्न नसकेको भएमा
✅ मौसम परिवर्तनसँगै समस्या बढ्ने भएमा
✅ धुलो, पाल्तु जनावर, फफूँदी वा खानासँग सम्बन्धित समस्या देखिएमा
✅ एलर्जीका कारण निद्रा, पढाइ वा दैनिक जीवन प्रभावित भएको भएमा
✅ दम नियन्त्रणमा नआएको भएमा
✅ बारम्बार डाबर वा शरीर सुन्निने समस्या भएमा
समयमै एलर्जीको सही परीक्षण र कारणको पहिचानले प्रभावकारी उपचार तथा भविष्यमा हुने जटिलताबाट बच्न मद्दत गर्छ।
Signs and Symptoms That May Indicate the Need for Allergy Testing
You may benefit from allergy testing if you have:
Respiratory Symptoms
* Frequent sneezing
* Runny or blocked nose
* Itchy nose, eyes, or throat
* Recurrent sinus infections
* Chronic cough, especially at night
* Wheezing or shortness of breath
* Asthma symptoms that worsen with certain triggers
Skin Symptoms
* Recurrent hives (urticaria)
* Itchy skin rashes
* Eczema (atopic dermatitis)
* Swelling of the lips, eyelids, or face (angioedema)
Eye Symptoms
* Red, itchy, watery eyes
* Recurrent allergic conjunctivitis
Food-Related Symptoms
* Itching or swelling in the mouth after eating certain foods
* Hives after eating specific foods
* Abdominal pain, nausea, vomiting, or diarrhea after food exposure
* Severe allergic reactions (anaphylaxis)
Drug Allergy Symptoms
* Rash or hives after taking medications
* Swelling, breathing difficulty, or other allergic reactions after medication use
Insect Sting Reactions
* Severe swelling after bee, wasp, or ant stings
* Generalized allergic reactions following insect stings
When Allergy Testing Is Particularly Helpful
* Symptoms occur repeatedly without a clear cause
* Symptoms worsen during certain seasons
* Symptoms occur around pets, dust, mold, or specific foods
* Allergy symptoms are affecting sleep, school, work, or daily activities
* Asthma is difficult to control
* Recurrent episodes of hives or angioedema
Important: Allergy testing should be guided by your symptoms and medical history. A positive allergy test alone does not always mean that an allergen is causing your symptoms. An allergy specialist can help interpret the results correctly.
#