25/06/2026
रुपन्देही व्यापार सङ्घ अन्तर्गत औषधि वस्तुगत उपसमितिको आयोजनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी एक दिवसीय बृहत् सचेतना कार्यक्रम सम्पन्न भएको छ! सोमबार सङ्घको सचिवालयमा महिला व्यवसायी तथा स्थानीय महिलाहरूमा बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि रूपन्देही व्यापार सङ्घका अध्यक्ष प्रकाश ढकालले व्यापारी हक हित को संरक्षणसँगै सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि सङ्घको उत्तिकै जिम्मेवारी रहेको बताउँदै महिलाहरूको स्वास्थ्य नै परिवार र व्यवसायको मेरुदण्ड भएकोले क्यान्सर जस्तो घातक रोगबाट समाजमा लुकेर रहेका भ्रमहरु चिर्न र समयमै स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्न यस्ता कार्यक्रमले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो! कार्यक्रममा प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर शिला ढकाल ले पाठेघरको मुख र स्तन क्यान्सरको लक्षण रोकथामका उपायहरू तथा प्रारम्भिक पहिचानको महत्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। डाक्टर ढकाल ले क्यान्सर रोग सुरुवाती अवस्थामा पहिचान हुन सकेमा पूर्णरूपमा निको हुने तर चेतनाको अभाव र लज्जाबोधका कारण धेरै महिलाहरू अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेको कारण जटिल बन्ने गरेको बताउनुभयो उहाँले ३० वर्ष नागिसकेका महिलाहरुलाई वर्षको एकपटक प्याप स्मियर वा भिआइए परीक्षण गराउन सुझाव दिनुभयो! यस्तै कार्यक्रममा सङ्घका कार्य समिति सदस्य एवं उपसमिति इन्चार् केदारनाथ नेपालले औषधि वस्तुगत उपसमितिको कार्ययोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको बताउँदै नियमित रुपमा सामाजिक कार्यलाई निरन्तर दिने बताउनुभयो ! सङ्घ अन्तर्गतको औषधि वस्तुगत उपसमितिका संयोजक राजकुमार श्रेष्ठज्यूको अध्यक्षता सहसंयोजक निरु शर्मा ज्यू स्वागत मन्तव्य, सचिव अमृता भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख सहजीकरण डाक्टर शिला ढकाल ले गर्नुभएको थियो। यस कार्यक्रममा सहयोगी संस्थाको रूपमा देउराली जनता फार्मासिटी प्रा ली ले गर्नुभएको थियो ! यसको सहजीकरण शेषकान्त पोखरेलज्यूले गर्नुभएको थियो। कार्यक्रममा सहभागिताको तर्फबाट सरिता नेपाल र सरला नेपालले कार्यक्रमबाट प्राप्त अनुभवका बारेमा धारणा राख्नुभएको थियो। कार्यक्रममा संघ अन्तर्गतका १५० भन्दा बढी महिला उद्यमीहरूको सहभागिता रहेको थियो।