Piles Laser Treatment Centre Butwal - Megha Medical

Piles Laser Treatment Centre Butwal - Megha Medical Advanced Laser Treatment for Piles at Megha Medical in Butwal. Safe, effective, and pain-free solutions for a healthier life.

“विदाइ २०८२, स्वागत २०८३”२०८२ लाई विदाइ गर्दैनयाँ वर्ष २०८३ को स्वागत गर्दैछौँ।हे नयाँ वर्ष २०८३,तिमी शान्ति लिएर आऊ—किन...
13/04/2026

“विदाइ २०८२, स्वागत २०८३”

२०८२ लाई विदाइ गर्दै
नयाँ वर्ष २०८३ को स्वागत गर्दैछौँ।

हे नयाँ वर्ष २०८३,
तिमी शान्ति लिएर आऊ—
किनकि बितेका वर्षहरूले
नेपाल मात्र होइन,
सारा विश्वका लाखौँ सन्तान गुमाएको
पीडादायी ध्वनि सुनाएका छन्।

त्यसैले,
युद्धको विरासतबाट बुद्धत्व जन्माउने
संकल्प लिएर आऊ।
विधवाको सिन्दूर र
भत्किएका बासहरू फर्किन नसके पनि,
तिमी एक्काइसौँ शताब्दीको नयाँ बिहानी बनी
नेपालीहरूको मनमा आशा र विश्वास जगाऊ।

अतीतका ओसिला घाउ पुछ्दै,
मित्रताको डोरी फेरि गाँस्दै,
बसाइँ सरेका आफ्नाहरूलाई घर फर्काउने
आत्मीयता लिएर आऊ।

युगौँसम्म शान्तिको परेवा उडाउने
सन्देश लिएर आऊ।
खस्किँदै गएको अर्थतन्त्रलाई
सही मार्गमा डोर्याउने अठोट लिएर आऊ।

सुख, शान्ति र समृद्धिसहित
नयाँ वर्ष २०८३
नयाँ जोश, जागर, उत्साह र उमङ्गले
भरिपूर्ण बनोस्।

यहाँ सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🌼

Address

Maitri Path/06
Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Piles Laser Treatment Centre Butwal - Megha Medical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share