01/08/2026
- अर्थात् नेपालीमा अत्यधिक चिन्ता वा डर भन्ने बुझिन्छ यो चाहिँ सामान्य चिन्ताभन्दा बढी हुने मानसिक अवस्था हो। यसले दैनिक जीवनमा काम, निद्रा र सम्बन्धमा असर पार्न सक्छ।
का सामान्य लक्षणहरू
*कुनै स्पष्ट कारण बिना धेरै चिन्ता लागिरहनु
मुटु छिटो धड्किनु
*सास फेर्न गाह्रो वा छाती भारी भएको महसुस हुनु
*हातखुट्टा काम्नु वा पसिना आउनु
*टाउको भारी हुनु वा चक्कर लाग्नु
*निद्रा नलाग्नु वा बीचमा ब्युँझिनु
*ध्यान केन्द्रित गर्न गाह्रो हुनु
*सानो कुरामा पनि डर लाग्नु वा आत्तिनु
बेचैनी, झर्को लाग्नु वा चिडचिडापन
हुन सक्छ
बाट सुरक्षित रहने उपायहरू
*नियमित ७–८ घण्टा राम्रो सँग सुत्ने ।
*दैनिक कम्तिमा २०–३० मिनेट हिँड्ने वा हल्का व्यायाम गर्ने।
*गहिरो सास फेर्ने अभ्यास गर्ने
*चिया, कफी, एनर्जी ड्रिंक र धेरै क्याफिन जस्ता पेय पदार्थहरू को सेवन कम गर्ने ।
*सन्तुलित खाना खाने र पर्याप्त पानी पिउने।
*परिवार वा विश्वासिलो साथीसँग आफ्नो भावना खुलाएर कुरा गर्ने। आफूलाई एक्लै बनाएर नबस्ने
*सामाजिक सञ्जाल र तनाव बढाउने समाचार धेरै समयसम्म नहेर्ने।
*आफूलाई मनपर्ने काम, ध्यान (meditation) वा प्रार्थनामा समय दिनु।
#तर निम्न अवस्थामा भने चाहिँ डाक्टरसँगै भेटेर परामर्श लिनु उचित हुन्छ।
* एकदमै धेरै चिन्ता लामो समयसम्म निरन्तर भइराखेमा ,
*काम, परिवार वा दैनिक जीवनमा असर पर्न थालेको छ भने ,
*बारम्बार प्यानिक अट्याक (अचानक अत्यधिक डर र शारीरिक लक्षण) आउँछ
वा आफूलाई हानि पुर्याउने विचार आउँछ भने तुरुन्त डाक्टरसँग भेटेर परामर्श लिनु उचित हुन्छ।