Bhagya laxmi Clinic

Bhagya laxmi Clinic •Pharmacy
•Multi-Specialist OPD
•Lab
•ECG
•ECHO
•Emergency
•Minor OT

📢 विशेष सूचना – छाला रोग विशेषज्ञ OPDबिहीबार | दिउँसो ११ बजेछाला तथा कपाल रोगका विशेषज्ञ डाक्टरद्वारा विशेष परामर्श सेवा...
02/12/2025

📢 विशेष सूचना – छाला रोग विशेषज्ञ OPD

बिहीबार | दिउँसो ११ बजे
छाला तथा कपाल रोगका विशेषज्ञ डाक्टर
द्वारा विशेष परामर्श सेवा प्रदान गरिनेछ।

📞 सम्पर्क: ९८६३०१०६३१

हेर्ने रोगहरू:
• दाना (Acne)
• दाद–खाज (Fungal infection)
• खुजली, एलर्जी
• कालो दाग, Melasma
• कपाल झर्नु / टाउको रोग
• नङका समस्या
• Dermatitis / Eczema
• Psoriasis
• Vitiligo (सेतो दाग)
• Skin infection
• Wart / Skin tag removal

✨ समयमै आइ विशेषज्ञ सेवाको लाभ लिनुहोस्

19/05/2025

🫀🧠🩸

नवजात शिशुमा सेतो भोमिट (Whitish Vomit) र डकार (Burping) सम्बन्धी जानकारी॥जान्नै पर्ने कुरा बारे जनचेतना॥॥॥—के हो सेतो भ...
19/05/2025

नवजात शिशुमा सेतो भोमिट (Whitish Vomit) र डकार (Burping) सम्बन्धी जानकारी॥
जान्नै पर्ने कुरा बारे जनचेतना॥॥॥


के हो सेतो भोमिट?
नवजात शिशुले दुध पिइसकेपछि सेतो, दहीजस्तो भोमिट गर्न सक्छन्। यो धेरैजसो सामान्य हो, तर अभिभावकले खाय्ल साथसाथै सावधानी अपनाउनु आवश्यक छ।

कारण र उपाय

1. सामान्य कारण:
- अपरिपक्क पाचन प्रणाली (नयाँ जन्मिएको शिशुको पेट सानो हुन्छ )
- अधिक दुध पिउने(Overfeeding)
- दुधसँगै हावा पेटमा जाने(Air swallowing)

2. के गर्ने?
✅ थोरै-थोरै दुध खुवाउनुहोस्
✅ प्रत्येक ५-१० मिनेटमा डकार लगाउनुहोस् (तरिका तल हेर्नुहोस्)
✅ दुध पिउँदै गर्दा शिशुलाई ४५° कोणमा राख्नुहोस्
✅ फिडिंग पछि २०-३० मिनेट ठाडो राख्नुहोस्

—डकार किन लगाउनु पर्छ?
- नवजात शिशुहरूले दुध पिउँदा हावा पनि निल्छन्
- यसले पेट फुल्ने, असजिलो महसुस, र भोमिट गर्न सक्छ
- डकार लगाएर हावा निकाल्नाले शिशु आराम महसुस गर्छ

—डकार लगाउने विधि कसरीहो त॥:

काँधमा राखी डकार लगाउने (Shoulder Method)
- चरणहरू:
1. शिशुलाई आफ्नो काँधमा राख्नुहोस्(ढाड सिधा)
2. एक हातले शिशुको नितम्ब समात्नुहोस्
3. अर्को हातले हल्का-हल्का पछाडी थपथप गर्नुहोस्
4. २-४ मिनेट सम्म प्रयास गर्नुहोस् अथवा ध्याउ नगरुनझेल दोर्हाउनुहोस॥
महत्वपूर्ण सुझावहरू:
✔ प्रत्येक ५-१० मिनेटमा डकार लगाउनुहोस्
✔ फिडिंग पछि कम्तीमा १५ मिनेट ठाडो राख्नुहोस्
✔ धैर्य राख्नुहोस् - कहिलेकाहीँ डकार आउन २-३ मिनेट लाग्छ
कहिले चिन्ता गर्नुपर्छ?!!
❌ डकार लगाए पनि बारम्बार भोमिट हुँदै गरेको
❌ भोमिटसँग पहेंलो/हरियो तरल आउने
❌ शिशु सुस्त भएको वा रुन्न छोडेको
कहिले डाक्टरलाई भेट्ने?❗
-भोमिटसँग हरियो/पहेंलो तरल (पित्त) आउने
- बारम्बार फोहोर भोमिट फाल्ने (Projectile vomiting)
- शिशु सुस्त छ वा रुन छोडेको
- वजन नबढेको
महत्वपूर्ण सुझाव:
- ब्रेस्टफिडिङ्ग गर्दा शिशुले ठिकसँग मुख लगाएको छ/छैन जाँच्नुहोस
- अधिक दुध खुवाएर पेट नभर्नुहोस्
याद राख्नुहोस्:
“सेतो भोमिट सामान्य हो, तर सतर्कता जरुरी छ!”

👉 *यस जानकारी लाई अन्य अभिभावकहरूसँग सेयर गर्नुहोला॥
** #नवजात_हेरचाह #शिशु_स्वास्थ्य #डाक्टरको_सल्लाह**

सूचना !यही जेठ ८ गते ,बिहान ८:०० बजेभव्यलक्ष्मी क्लिनिक, हर्कटे, इलाममाPhysician Doctor (विशेषज्ञ डाक्टर) द्वारा OPD सेव...
19/05/2025

सूचना !

यही जेठ ८ गते ,बिहान ८:०० बजे
भव्यलक्ष्मी क्लिनिक, हर्कटे, इलाममा
Physician Doctor (विशेषज्ञ डाक्टर) द्वारा OPD सेवा उपलब्ध रहनेछ।
आवश्यक वा इच्छुक बिरामीहरूले पहिले नै नाम टिपाउन सक्नेछन्।
कृपया सम्पर्क गर्नुहोस्: 9863010631

स्थान: भव्यलक्ष्मी क्लिनिक, हर्कटे, इलाम
सेवा: फार्मेसी | ल्याब | आकस्मिक सेवा | विशेषज्ञ परामर्श

🙏
अब तपाईंको स्वास्थ्य समस्याको समाधानका लागि टाढा जानु पर्दैन!

सुगर, प्रेसर, थाइराइड, दम, बाथ वा अन्य स्वास्थ्य समस्याहरूको परामर्श र उपचार अब तपाईंको आफ्नै बजार, हर्कटे स्थित भग्यलक्ष्मी क्लिनिकमा उपलब्ध छ।

काठमाडौँ टिचिङ्ग हस्पिटलमा कार्यरत अनुभवी डा. प्रवीण भट्टराई (Internal Medicine),
MD Internal Medicine (त्री वि शिक्षण अस्पताल)
MBBS (त्री वि शिक्षण अस्पताल)
हाल मेची जोनल हस्पिटलमा कार्यरत छन् र उहाँको परामर्श तथा उपचार सेवा हरेक महिनाको दोस्रो बिहीबार भग्यलक्ष्मी क्लिनिकमा दिइनेछ।

आवश्यक तथा इच्छुक व्यक्तिहरूले सम्पर्क गर्नुहोला।

सम्पर्क स्थान: भग्यलक्ष्मी क्लिनिक, हर्कटे बजार
सम्पर्क नम्बर: 986-3010631

🛑सूचना ! सूचना !! सूचना !!!🛑के तपाईँ वा तपाईँका आफन्तहरूमा निम्न लक्षणहरू छन्?अब प्रत्येक महिनाको दोस्रो बुधबार दिउँसो ३...
17/05/2025

🛑सूचना ! सूचना !! सूचना !!!🛑

के तपाईँ वा तपाईँका आफन्तहरूमा निम्न लक्षणहरू छन्?

अब प्रत्येक महिनाको दोस्रो बुधबार दिउँसो ३ बजे वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डा. श्रीजना महर्जन (B&C अस्पतालमा कार्यरत) द्वारा मानसिक तथा नशा रोगसम्बन्धी जाँच गरिने जानकारी गराउन चाहन्छौं।

मानसिक रोग वा नशा सम्बन्धी समस्या हुन सक्ने लक्षणहरू:
•हातखुट्टा झमझम गर्ने वा पोल्ने
•अत्यधिक रक्सी, चुरोट वा लागुपदार्थ सेवन गर्ने
•सधैं झस्कने, डराउने वा तर्सिने
•शरीर अनियन्त्रित रूपमा काम्ने, मुख छोप्ने, बेलाबेला बेहोस हुने
•छारे रोग वा मृगी रोग हुनु
•आत्महत्या गर्ने सोच आउने वा प्रयास गर्ने
•लगातार टाउको दुख्ने वा भारी महसुस हुने
•उमेर नपुग्दै असामान्य रूपमा स्मरणशक्ति कमजोर हुँदै जाने
•ओछ्यानमा पिसाब फेर्ने समस्या हुने
•बच्चाको मानसिक वा शारीरिक विकास ढिलो हुने
•पढ्न नसक्ने, लठेब्रो हुने, ध्यान केन्द्रित गर्न नसक्ने
•बारम्बार एउटै सोच आइरहने वा एउटै काम दोहोर्याइरहने

उपचार र समाधान:
नशा तथा मानसिक रोग नियमित औषधि सेवन, मनोशिक्षा, मनोविमर्श तथा सकारात्मक जीवनशैली अपनाएर नियन्त्रण गर्न सकिन्छ।

यदि माथि उल्लेखित कुनै पनि लक्षण देखिएको छ र दैनिक जीवन प्रभावित भएको छ भने, नशा तथा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस।

सम्पर्क विवरण:
📞 सम्पर्क नम्बर: 9863010631
📍 सम्पर्क स्थान: भग्यलक्ष्मी क्लिनिक, हर्कटे

स्वास्थ्य सहायक अन्तर्गत प्रदान गरिने सेवा (जनरल मेडिसिन)Service provided by Health Assistant/ General Medicine: १. बाह्...
09/05/2025

स्वास्थ्य सहायक अन्तर्गत प्रदान गरिने सेवा (जनरल मेडिसिन)
Service provided by Health Assistant/ General Medicine:

१. बाह्य बिरामी सेवा (OPD);
•सामान्य स्वास्थ्य जाँच
•ज्वरो, संक्रमण, गैस्ट्राइटिस आदि जस्ता सामान्य रोगहरूको उपचार
•दीर्घकालीन रोगहरूको व्यवस्थापन (जस्तै उच्च रक्तचाप, मधुमेह, दम)
•पछिल्लो फलोअप जाँच

२. आकस्मिक सेवा;
•प्राथमिक उपचार र आकस्मिक अवस्था व्यवस्थापन
•सामान्य चोटपटक र घाउको उपचार
•सर्पदंश वा बिष सेवनको प्रारम्भिक उपचार
•निर्जलीकरण र सामान्य जलनको उपचार

३. साना शल्यक्रिया (Minor Procedures);
•टाँका लगाउने (सिलाई)
•फोका वा पिप भएको भागको फोरिएर सफा गर्ने (Incision & Drainage)
•बाहिरी बस्तु निकाल्ने (Foreign Body Removal)
•घाउको पट्टी लगाउने र ड्रेसिङ गर्ने

४. मातृ तथा शिशु स्वास्थ्य सेवा;
•गर्भवती महिलाको जाँच (Antenatal Check-up)
•बालबालिकाको तौल र पोषण निगरानी
•खोप सम्वन्धी सहयोग
•परिवार नियोजन सम्वन्धी परामर्श र सेवा

५. परीक्षण सेवा;
•सामान्य परीक्षणहरू (जस्तै रगतको चिनी, युरिन परीक्षण, RDT आदि)
•नमुना संकलन तथा आवश्यकता अनुसार रेफर गर्ने
•आधारभूत रिपोर्टको व्याख्या गर्ने

६. स्वास्थ्य शिक्षा र परामर्श;
•सरसफाइ, पोषण र रोग निवारण सम्वन्धी जानकारी
•मानसिक स्वास्थ्यको प्राथमिक सल्लाह
•कुलतबाट बच्न प्रेरणा दिने परामर्श

७. औषधि सेवा (यदि फार्मेसी उपलब्ध भएमा);
•औषधि वितरण
•औषधिको सेवन तरिका र सावधानीको जानकारी

८. रेफरल सेवा;
•जटिल अवस्थाका बिरामी पहिचान गर्ने
•उपयुक्त अस्पतालमा पठाउने व्यवस्था मिलाउने

"हरकटे, इलाममा अवस्थित भाग्यलक्ष्मी क्लिनिकमा औषधोपचार, आपतकालीन सेवा, प्रयोगशाला, फार्मेसी, एक्स-रे, ईसीजी, इको तथा बहुविद विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन हुने ओपीडी सेवा उपलब्ध छन्।"

Harkate Bazaar Kutidada dojo rong-3 ilam Rong Ward Six Shantinagar HealthPost Routine Of Harkate Banda लालीगुराँस वडा बालसञ्जाल Pathivara Temple Kutidada. Muralibhanjyang Healthpost मालुम आधारभूत विद्यालय Health Service Society स्वास्थ्य सेवा समाज District Hospital Ilam Shree Shanti Niketan Secondary Shool, Plant Science Stream Shantinagar HealthPost Hamro Ilam Padma Ambi School RalukaDevi HealthPost

Address

Harkate, Rong-3 Ilam
Ilam

Telephone

+9779863010631

Website

Alerts

Be the first to know and let us send you an email when Bhagya laxmi Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share