25/12/2024
जेनेरिक औषधीको बहस, भ्रम र यथार्थ।
भ्रमहरु:
१. नेपालमा पाइने औषधीको गुणस्तर एउटै छ।
२. डाक्टरले जेनेरिक लेख्यो भने बिरामीले सस्तो दाममा औषधि पाउँछ।
३. नेपालमा जेनेरिक औषधी पाइन्छ।
४. नेपालका औषधी पसल फार्मासिष्टले चलाउँछन्।
यथार्थ:
१. नेपालमा जेनेरिक औषधी उत्पादन नै हुँदैनन्। सबै ब्रान्डेड जेनेरिक हुन्।
२. नेपालका बजारमा पाइने औषधीको गुणस्तरमा आकास पातालको फरक छ।
३. नेपालको हकमा डाक्टरले जेनेरिक औषधी लेख्नुको अर्थ औषधी छान्ने जिम्मा डाक्टरको हातबाट औषधी पसलेको हातमा दिनुमात्रै हो। अरु केहि होइन।
४. नेपालमा प्राय:जसो औषधी पसल फार्मासिष्टले होइन, औषधी पसलेले चलाउँछन्। एउटै फार्मासिष्टको सर्टिफिकेट ४-५ ठाउँमा किनेर टाँग्ने चलन छ।
५. औषधी पसलेले जेनेरिक लेख्दैमा सस्तो र राम्रो औषधी दिँदैनन्। आफुले नाफा ज्यादा पाउने औषधी दिन्छन्। तर डाक्टरले कम गुणस्तरको औषधी लेख्न मिल्दैन किनभने बिरामी सन्चो भएन भने उसकै टाउको दुख्ने हो।
६. औषधी पसल र बिरामीको सम्बन्धको केहि आयाम हुँदैन, पैसा तिर्यो बिल लियो सकियो। सन्चो नभए बिरामी औषधी पसलमा जाँदैन।
जेनेरिकको बिरोध गर्नु हुँदैन, गर्ने कुरै आउँदैन। तर निम्न पुर्वाधार चाहियो।
१. गुणस्तर र औषधीको दाम समान बनाउने।
२. फार्मासिष्टले मात्र औषधी वितरण गर्ने, पसलेले होइन।
३. औषधी कम्पनीलाइ जेनेरिक औषधी नै बनाउन लगाउने, ब्रान्ड नाम नलेखिकन।
४. औषधीलाइ अत्यावश्यक सेवा बनाएर यसको मार्केटिङ र ब्यापारिक उद्देश्य पुर्ण रुपमा बन्द गर्ने गराउने।
टल्किने कुरा सबै सुन हुँदैनन्। जेनेरिक औषधीको बहस जति लोक कल्याणकारी देखाउन खोजिँदैछ, वास्तविकता त्यस्तो हो जस्तो लाग्दैन।