18/09/2026
स्वास्थ्य मन्त्रीज्यू, तपाईंको कार्यकालमा स्वास्थ्यकर्मी र चिकित्सकमाथि कुटपिट तथा दुर्व्यवहारका घटना दोहोरिनु, अर्कोतर्फ अस्पतालको गेटमै सुत्केरी महिलाले बच्चा जन्माउनुपर्ने अवस्था आउनु—यी सामान्य घटना होइनन्।
जब देशभर हरेक हप्ता कुनै न कुनै ठाउँमा स्वास्थ्यकर्मीमाथि आक्रमण हुन्छन् र अस्पतालको व्यवस्थापन तथा नेतृत्वको कमजोरीका कारण बिरामीले आधारभूत सेवा समेत पाउन कठिन हुन्छ, तब जिम्मेवार निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ।
मन्त्रीज्यू, तपाईं मान्नुहोस् वा नमान्नुहोस्, तर यस्ता घटनाले तपाईंको नेतृत्वमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
कुर्सी सम्हाल्नु मात्र नेतृत्व होइन, संकटमा स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा, अस्पतालको व्यवस्थापन र स्वास्थ्य सेवाको सुधार सुनिश्चित गर्नु पनि नेतृत्व हो।
जिम्मेवार सल्लाहकार राख्नुहोस्, स्वास्थ्य क्षेत्रको वास्तविक समस्या बुझ्नुहोस् र इमानदारीपूर्वक काम गर्नुहोस्।
कति समयसम्म यस्तै चल्ने हो, मन्त्रीज्यू?
अब भाषण होइन, परिणाम चाहिएको छ।