It’s for You - Together We Rise

It’s for You - Together We Rise One minute in this page can change your life’s. Give your valuable time in right field.

इबोला रोग बारेमा जनहितमा जारी सन्देश।Ministry of Health and Population-NepalNational Health Education Information and Co...
24/05/2026

इबोला रोग बारेमा जनहितमा जारी सन्देश।Ministry of Health and Population-NepalNational Health Education Information and Communication CentreDisaster Response on FacebookSagun's BlogWorld Health Organization South-East Asia Region - WHO SEAROIt’s for You - Together We RiseMd Bädrê Alãm

Did you know? Environmental risks are a major cause of death today. - Air pollution contributed to 6.6 million deaths in...
18/05/2026

Did you know?
Environmental risks are a major cause of death today.

- Air pollution contributed to 6.6 million deaths in 2021
- Inadequate water, sanitation and hygiene were linked to 1.4 million deaths in 2019

A/q to :- World Health Statistics Report 2026
Disaster Response on FacebookSagun's BlogIt’s for You - Together We RiseWorld Health Organization South-East Asia Region - WHO SEAROMinistry of Health and Population-NepalNational Health Education Information and Communication Centre@

05/04/2026

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू,
सादर नमस्कार।
तपाईंको नेतृत्वमा नेपालको स्वास्थ्य क्षेत्र सुधारतर्फ अघि बढिरहेको वर्तमान सन्दर्भमा, जनस्वास्थ्य (Public Health) क्षेत्रमा कार्यरत जनशक्तिको अवस्था, चुनौती, अवसर तथा अपेक्षाहरूलाई समेट्दै यो पत्र प्रस्तुत गरिएको छ।
नेपालमा जनस्वास्थ्य क्षेत्रको वर्तमान अवस्था
जनस्वास्थ्य क्षेत्र देशको समग्र स्वास्थ्य सुधार, रोग रोकथाम, स्वास्थ्य प्रवर्द्धन, आपतकालीन तयारी तथा नीति निर्माणको प्रमुख आधार हो। तर यस क्षेत्रमा कार्यरत जनशक्ति—जसमा Public Health Graduates र Health Workers लगायत पर्छन्—अहिले पनि स्पष्ट संरचना, अवसर, सुरक्षा र उचित मूल्याङ्कनबाट वञ्चित छन्।
हामीमध्ये धेरैजना देशमै सेवा गर्न इच्छुक छौं, तर स्पष्ट करियर मार्ग, स्थिर रोजगारी र उचित पारिश्रमिकको अभावले विदेश पलायनको अवस्था बढ्दो छ।
१. रोजगारीका अवसर (Job Opportunities) को अभाव
नेपालमा Public Health Graduates को संख्या बढ्दै गएको भए पनि सरकारी तथा गैर-सरकारी क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन। धेरै qualified जनशक्ति बेरोजगार वा underemployed अवस्थामा छन्।
सुझाव:
संघ, प्रदेश र स्थानीय तहमा Public Health पदहरू वृद्धि गरियोस्।
प्रत्येक स्थानीय तहमा कम्तीमा एक Public Health Officer अनिवार्य व्यवस्था गरियोस्।
स्वास्थ्य सम्बन्धी सबै कार्यक्रमहरूमा Public Health Professionals लाई प्राथमिकता दिइयोस्।

२. करार (Contract) र अस्थायी रोजगारीको समस्या
धेरैजसो Public Health Professionals करार वा project-based रूपमा काम गरिरहेका छन्, जहाँ job security, leave, insurance र अन्य सुविधा सुनिश्चित छैन।

सुझाव:
करार कर्मचारीलाई पनि स्थायी सरह सुविधा (leave, insurance, allowance) प्रदान गरियोस्।
दीर्घकालीन रूपमा कार्यरत करार कर्मचारीलाई स्थायी प्रक्रियामा समावेश गरियोस्।
Project-based system लाई व्यवस्थित र सुरक्षित बनाइयोस्।

३. पारिश्रमिक (Salary) र भत्ता (Allowance) असमानता
सरकारी, निजी र NGO/INGO क्षेत्रमा कार्यरत Public Health Professionals बीच अत्यधिक salary disparity देखिन्छ। धेरैले न्यून पारिश्रमिकमा उच्च जिम्मेवारी वहन गरिरहेका छन्।

सुझाव:
Qualification र experience अनुसार minimum salary standard निर्धारण गरियोस्।
Risk, field work, travel र emergency response का लागि विशेष allowance व्यवस्था गरियोस्।
समान कामको लागि समान पारिश्रमिक सुनिश्चित गरियोस्।

४. Job Security र Career Path को अस्पष्टता
Public Health क्षेत्रमा स्पष्ट career ladder र promotion system छैन। यसले motivation घटाउने र long-term commitment कमजोर बनाउने गरेको छ।

सुझाव:
Public Health क्षेत्रका लागि स्पष्ट career progression framework तयार गरियोस्।
Entry-level देखि senior-level सम्म पद संरचना (levels) निर्धारण गरियोस्।
Performance-based promotion system लागू गरियोस्।

५. Workload र Field Challenges
Public Health Professionals ले दुर्गम क्षेत्र, विपद्, महामारी तथा सीमित स्रोतसाधनमा काम गर्नुपर्छ। तर workload अनुसार support र सुविधा पर्याप्त छैन।

सुझाव:
Field-based कामका लागि adequate logistic support (transportation, सुरक्षा) सुनिश्चित गरियोस्।
Workload अनुसार human resource distribution मिलाइयोस्।
Emergency response मा काम गर्ने जनशक्तिलाई विशेष protection र incentive दिइयोस्।

६. शिक्षा र सीप विकास (Education & Skill Development)
हालको Public Health शिक्षा प्रणालीमा practical exposure, research skill र field-based learning सीमित छ। साथै, continuous professional development को अवसर कम छ।

सुझाव:
Curriculum लाई international standard अनुसार अद्यावधिक गरियोस्।
Research, data analysis र program management मा skill development बढाइयोस्।
नियमित training, workshop र capacity-building कार्यक्रम सञ्चालन गरियोस्।

७. नीति निर्माणमा सहभागिता (Policy Inclusion)
Public Health Professionals लाई नीति निर्माण तथा निर्णय प्रक्रियामा पर्याप्त समावेश गरिएको छैन, जसले ground-level समस्याहरू समाधानमा असर पुर्‍याउँछ।
सुझाव:
नीति निर्माणमा Public Health Experts को प्रतिनिधित्व सुनिश्चित गरियोस्।
Field-level feedback लाई policy-making मा समावेश गरियोस्।
Evidence-based decision making लाई प्राथमिकता दिइयोस्।

निष्कर्ष
माननीय मन्त्रीज्यू,
जनस्वास्थ्य क्षेत्र देशको दीर्घकालीन स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण र समृद्धिको आधार हो। यदि यस क्षेत्रमा कार्यरत जनशक्ति असुरक्षित, असन्तुष्ट र अवसरविहीन छन् भने, समग्र स्वास्थ्य प्रणाली कमजोर बन्ने निश्चित छ।
हामी देशमै सेवा गर्न चाहन्छौं, तर त्यसका लागि सुरक्षित रोजगारी, सम्मानजनक पारिश्रमिक, स्पष्ट करियर मार्ग र सक्षम कार्य वातावरण आवश्यक छ।
अतः, माथि उल्लेखित चुनौतीहरूलाई सम्बोधन गर्दै आवश्यक नीति सुधार, संरचनात्मक परिवर्तन र सेवा सुनिश्चितता तुरुन्त कार्यान्वयन गरियोस् भन्ने हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।

Akhilesh Rao, Public Health Officer-Marchawari RM

हावाहुरी चलेका बेला के गर्ने ? के नगर्ने ?It’s for You - Together We RiseDisaster Response on FacebookSagun's Blog Md Bä...
16/03/2026

हावाहुरी चलेका बेला के गर्ने ? के नगर्ने ?
It’s for You - Together We Rise
Disaster Response on Facebook
Sagun's Blog Md Bädrê Alãm

आजको प्रतिबद्धताले भोलिको स्वास्थ्य सुरक्षित हुन्छ 👉 क्यान्सर जस्ता नसर्ने रोगहरू रोक्न सचेत बनौं र स्वस्थ बानी अपनाऔं।I...
05/02/2026

आजको प्रतिबद्धताले भोलिको स्वास्थ्य सुरक्षित हुन्छ
👉 क्यान्सर जस्ता नसर्ने रोगहरू रोक्न सचेत बनौं र स्वस्थ बानी अपनाऔं।
It’s for You - Together We Rise
World Health Organization South-East Asia Region - WHO SEARO

पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम बारेमा जानकारी। मिति र समय: माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म ...
03/02/2026

पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम बारेमा जानकारी।

मिति र समय: माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म (स्थानीय तह अनुसार मिति र समय फरक–फरक हुन सक्छ)

कहाँ लगाउने: आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझ्नुहोस्।

कसलाई खोप दिइँदैछ?

✔️ कक्षा ६ का सबै छात्रा
✔️ विद्यालय बाहिरका १० वर्षका किशोरी
✔️ गत वर्षको एच.पि.भी. खोप अभियानमा छुट भएका:

– हाल कक्षा ७–१० का छात्रा
– ११–१४ वर्षका विद्यालय बाहिरका किशोरी

जनहितमा जारी।

Nearly 1 in 6 deaths worldwide are due to cancer.Prevention, early detection, and timely care can save lives.
02/02/2026

Nearly 1 in 6 deaths worldwide are due to cancer.

Prevention, early detection, and timely care can save lives.

🤔 दादुरा–रुबेला रोग लाग्दा देखिने मुख्य चिन्ह र लक्षणहरू के के हुन ? 👇         It’s for You - Together We Rise
02/02/2026

🤔 दादुरा–रुबेला रोग लाग्दा देखिने मुख्य चिन्ह र लक्षणहरू के के हुन ? 👇


It’s for You - Together We Rise

Timely diagnosis saves lives. Take a second look 👀 at your  .⁣ If you notice changes to your breasts, such as a lump, pi...
02/02/2026

Timely diagnosis saves lives. Take a second look 👀 at your .⁣ If you notice changes to your breasts, such as a lump, pitting of the skin or pain, go and see a health practitioner for a check-up. ⁣

Most breast lumps are not cancerous. Those that are, can be more effectively treated if identified early.

✅ Check your breasts ⁣
✅ Get screened regularly ⁣
✅ See your doctor ⁣
✅ Get your annual mammogram done

गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ्य रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई विभिन्न ...
01/02/2026

गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ्य रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई विभिन्न पोषकतत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो, जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ ।


It’s for You - Together We Rise

Address

Janakpur
45600,45700

Website

Alerts

Be the first to know and let us send you an email when It’s for You - Together We Rise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share