हल्दिबारी गाँउपालिका ,स्वास्थ्य शाखा : Health Section

  • Home
  • Nepal
  • Jhapa District
  • हल्दिबारी गाँउपालिका ,स्वास्थ्य शाखा : Health Section

हल्दिबारी गाँउपालिका ,स्वास्थ्य शाखा : Health Section Basic health for all

28/08/2026

श्री लक्ष्मी मा.वि. मा कीटजन्य रोग जापानिज इन्सेफलाइटिस (JE) सम्बन्धी जानकारी तथा सचेतना प्रदान गर्दै हल्दीबारी गाउँपालिका–३ मा स्थित हल्दिबारि आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा न. ३ का स्वास्थ्यकर्मी मिलन उप्रेती ज्यू।

डेंगु तथा जापानीज इन्सेफ्लाइटिससम्बन्धी सचेतनामूलक तथा लार्भा खोजी तथा नष्ट कार्यक्रमहल्दीबारी गाउँपालिका–३ अन्तर्गत रहे...
26/08/2026

डेंगु तथा जापानीज इन्सेफ्लाइटिससम्बन्धी सचेतनामूलक तथा लार्भा खोजी तथा नष्ट कार्यक्रम

हल्दीबारी गाउँपालिका–३ अन्तर्गत रहेका श्री लक्ष्मी माध्यमिक विद्यालय तथा श्री रामेश्वर प्राथमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई डेंगु तथा जापानीज इन्सेफ्लाइटिस रोगसम्बन्धी सचेतना तथा आवश्यक जानकारी प्रदान गरिएको छ।

साथै विद्यालय वरपरका क्षेत्रहरू तथा बजारमा लामखुट्टेको सम्भावित प्रजननस्थल पहिचान गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने कार्यक्रम समेत सम्पन्न गरिएको छ। कार्यक्रममा डेंगु तथा जापानीज इन्सेफ्लाइटिसबाट बच्न अपनाउनुपर्ने उपाय, लामखुट्टेको टोकाइबाट बच्ने तरिका तथा घर, विद्यालय र समुदाय वरपर पानी जम्न नदिई लामखुट्टेको बासस्थान नष्ट गर्ने विषयमा जानकारी प्रदान गरिएको छ।

हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित मासिक बैठक गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुखको उ...
24/08/2026

हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित मासिक बैठक गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुखको उपस्थितिमा सम्पन्न भएको छ। बैठकमा स्वास्थ्य संस्थाबाट सञ्चालित कार्यक्रमहरूको प्रगति समीक्षा, कार्यक्रम सञ्चालनमा देखिएका समस्या तथा चुनौतीहरू, समाधानका उपाय, आगामी कार्ययोजना तथा आवश्यक समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।

23/08/2026

जापानीज इन्सेफलाइटिस भनेको के हो?

हल्दिबारी गाउँपालिकाका विद्यालयका शिक्षकहरूलाई कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम नेपा...
21/08/2026

हल्दिबारी गाउँपालिकाका विद्यालयका शिक्षकहरूलाई कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम नेपाल लेप्रोसी फेलोसिप (NLF) द्वारा आयोजना गरिएको थियो। कार्यक्रममा कुष्ठरोगका लक्षण, समयमै पहिचान, उपचार तथा कुष्ठरोगप्रति रहेको भ्रम र भेदभाव न्यूनीकरणका विषयमा जानकारी प्रदान गरिएको थियो।

हल्दीबारी गाउँपालिकामा ९४.२६% स्वास्थ्य बीमा कवरेज! 🎉बाँकी रहनुभएका नागरिकहरू पनि स्वास्थ्य बीमामा आबद्ध भई आफ्नो स्वास्...
17/08/2026

हल्दीबारी गाउँपालिकामा ९४.२६% स्वास्थ्य बीमा कवरेज! 🎉

बाँकी रहनुभएका नागरिकहरू पनि स्वास्थ्य बीमामा आबद्ध भई आफ्नो स्वास्थ्य र भविष्य सुरक्षित गरौँ।

🦟 डेंगु तथा जापानी इन्सेफ्लाइटिस सम्बन्धी सचेतनामूलक कार्यक्रमहल्दिबारी गाउँपालिका–३ मा अवस्थित Children Garden English ...
14/08/2026

🦟 डेंगु तथा जापानी इन्सेफ्लाइटिस सम्बन्धी सचेतनामूलक कार्यक्रम

हल्दिबारी गाउँपालिका–३ मा अवस्थित Children Garden English School तथा श्री पञ्चायत माध्यमिक विद्यालय मा विद्यार्थीहरूलाई लक्षित गरी डेंगु तथा जापानी इन्सेफ्लाइटिस रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रममा डेंगु तथा जापानी इन्सेफ्लाइटिस रोगको परिचय, सर्ने माध्यम, प्रमुख लक्षण, जोखिम तथा रोकथामका उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको थियो। साथै, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घर तथा विद्यालय परिसरमा पानी जम्न नदिने र व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिने विषयमा सचेत गराइएको थियो।

विद्यार्थीहरूलाई स्वास्थ्यसम्बन्धी सन्देशहरू आफ्नो परिवार तथा समुदायसम्म पुर्‍याउन प्रेरित गर्दै कार्यक्रम सम्पन्न गरिएको छ।

विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा हल्दीबारी गाउँपालिकाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूबाट समुदायस्तरमा आमा, गर्भ...
07/08/2026

विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा हल्दीबारी गाउँपालिकाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूबाट समुदायस्तरमा आमा, गर्भवती तथा सुत्केरी महिलाहरूलाई लक्षित गरी स्तनपान प्रवर्द्धन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन।

अनुरोध !!
07/08/2026

अनुरोध !!

Address

Haldibari Muncipality Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when हल्दिबारी गाँउपालिका ,स्वास्थ्य शाखा : Health Section posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share