Dr Manoj Karki

Dr Manoj Karki मधुमेह, थाईराइड र अरु हर्मोन रोगका बारेमा महत्वपूर्ण जनचेतनामूलक जानकारी दिनु यस पेजको मुल उदेश्य हो।

14/05/2026

थाइराइडको औषधि कति समयसम्म लिनुपर्छ?

13/05/2026

हाइपोथाइराइडिज्ममा थाइराइड हर्मोन कम हुँदा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ, जसले तौल बढ्न सक्छ। बिरामीलाई थकान, अल्छीपन हुन सक्छ। त्यसैले केही बिरामीमा थाइराइड हर्मोन कम हुँदा तौल बढ्ने देखिन्छ। तर सबै तौल बढ्नुको कारण हाइपोथाइराइडिज्म मात्र हुँदैन। धेरै खाने बानी, व्यायामको कमी, तनाव, निद्राको समस्या, केही औषधि वा अन्य हर्मोनको समस्या पनि तौल बढ्ने कारण हुन सक्छ।यदि बिरामीले नियमित रूपमा थाइराइडको औषधि (लेभोथाइरोक्सिन) खाइरहेको र थाइराइडको रिपोर्ट सामान्य छ भने, त्यसपछि पनि तौल बढिरहेमा यसको कारण अन्य हुन सक्छ।

03/05/2026

How to Plan pregnancy in diabetes?

Plan pregnancy in diabetes with good control (HbA1c

29/04/2026

मधुमेहमा खाना खाएपछि (पोस्टप्रान्डियल) रगतमा चिनी नियन्त्रण गर्ने उपायहरू:

• खाना खाएपछि १०–१५ मिनेट हिँड्नुहोस्: यसले रगतमा चिनीको प्रयोग बढाउँछ।
• खानामा सलाद थप्नुहोस्: यसले खाना पछि चिनी बढ्ने दर कम गर्न मद्दत गर्छ।
• कार्बोहाइड्रेट कम गर्नुहोस्: चामल, रोटी, गहुँजन्य परिकारको सेवन घटाउनुहोस्।
• यदि नियन्त्रणमा आउँदैन भने चिकित्सकसँग परामर्श गरी औषधि समायोजन गराउनुहोस्।

20/04/2026

Levothyroxine लिनु पर्ने तरिका

Levothyroxine बिहान खाली पेटमा, खाना खानु अघि ३०–६० मिनेट पहिले दैनिक एउटै समयमा लिनुपर्छ। एक गिलास पानीसँग निल्नुहोस् । क्याल्सियम, आइरन, एन्टासिड खानेकुरासँग कम्तीमा ४ घण्टाको अन्तर राख्नुपर्छ ताकि औषधि राम्रोसँग काम गरोस्।
​ ​ ​

19/04/2026

If you are planning pregnancy or already pregnant, check your thyroid function test (TFT). Thyroid hormones are essential for your baby’s brain development and your health. Early testing helps detect problems like Hypothyroidism or Hyperthyroidism and allows timely treatment for a safe pregnancy.

16/04/2026

थाइराइडको औषधि कति समयसम्म लिनुपर्छ?
हाइपोथाइराइडिज्ममा लेभोथाइरोक्सिन लिनु महत्त्वपूर्ण हुन्छ किनकि यसले शरीरमा कमी भएको थाइराइड हर्मोन पूर्ति गर्छ। यसले थकान, तौल बढ्नु, चिसो असहिष्णुता जस्ता लक्षण सुधार गर्छ। उपचार नगरेमा मुटु समस्या, बाँझोपन र गम्भीर अवस्थामा ज्यानै जोखिममा पर्न सक्छ। गर्भावस्थामा बच्चाको मस्तिष्क विकासका लागि पनि आवश्यक हुन्छ।

09/04/2026

गर्भावस्थामा मधुमेह (Gestational Diabetes)

गर्भावस्थामा पहिलो पटक देखिने मधुमेहलाई गर्भावधि मधुमेह भनिन्छ। यस अवस्थामा शरीरले इन्सुलिन प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन, जसले रगतमा चिनीको मात्रा बढाउँछ। यो अवस्था प्रायः गर्भावस्थाको दोस्रो वा तेस्रो त्रैमासिकमा देखा पर्छ र आमा तथा शिशुको स्वास्थ्यमा असर पार्न सक्छ।

18/12/2025

16/12/2025

हाइपोथाइरॉइडिज्ममा बारम्बार थाइराइड एन्टिबडी परीक्षण गरिँदैन, किनकि एन्टिबडीको स्तरले रोगको गम्भीरता, उपचारको प्रभाव, वा औषधिको मात्रा परिवर्तन गर्नुपर्ने आवश्यकता देखाउँदैन।

06/12/2025

गर्भावस्थामा मधुमेह भएका महिलामा लक्षित blood sugar कति हुनुपर्छ?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr Manoj Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr Manoj Karki:

Share