30/04/2024
गर्मीमा तातो हावा " लू " बाट जोगिन गर्न हुने र गर्न नहुने कुराहरु-
गर्न हुने :
- बाहिर निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने हल्का खालको सितल हुने कपडा लगाउने
- धेरै पानी पिउने
- चिसो पानीले नुहाउने
- खेतबारी वा घर बाहिर काम गर्दा बिहान वा बेलुका गर्ने
- कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने
- फलफूल, काँक्रो लगायत गरमै बनाएको ताजा खानेकुरा खाने
गर्न नहुने:
- दिउँसो सकभर घर बाहिर ननिस्कने
- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
- भान्सामा धेरै समय नबस्ने, बस्न परेमा प्रशस्त पानी पिउने
-धूम्रपान तथा मदिरा सेवन नगर्ने
मुटुको चाल तीव्र हुने, श्वासप्श्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्याधिक दुख्ने, चक्कर लाग्ने, हनहनी ज्वरो आउने जस्ता समस्या देखिए विरामीलाई तुरुन्तै अस्पताल लैजाऔं ।
बालबलिका ,वृद्धवृद्धा तथा दीर्घरोगीको विशेष ख्याल गरौं ।
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre HEOC