राष्ट्रिय स्वतन्त्र पार्टी Supporter

  • Home
  • राष्ट्रिय स्वतन्त्र पार्टी Supporter

राष्ट्रिय स्वतन्त्र पार्टी Supporter "घण्टी मात्रै हैन, सत्यको प्रेमी पनि हो म!" �

18/12/2025

सत्य ढिलो हुन सक्छ, तर हार्दैन।
रवि लामिछाने रिहा हुनु भएको छ।
न्यायप्रति विश्वास अझ बलियो बनोस्।

Rabindra misra lekhnu hunxरवि लामिछानेले कारागारबाट लेखेको पत्रमा धेरैले याद नगरेका ४ महत्वपूर्ण बुँदा:१। उनले पत्रमा गत...
01/07/2025

Rabindra misra lekhnu hunx

रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा धेरैले याद नगरेका ४ महत्वपूर्ण बुँदा:

१। उनले पत्रमा गत ’३६ वर्ष’ को कटू आलोचना गरेका छन्। त्यो भनेको २०४६ सालपछिको अवस्था हो।

२। उनले पत्रमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ हुनु पर्छ भनेका छन्। ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ भनेका छैनन्।

३। उनले पत्रमा ‘प्रदेशसभा खारेज हुनुपर्छ’ भनेका छन्। त्यो भनेको नेपालको वर्तमान परिप्रेक्ष्यमा ‘संघियता खारेजी’ हो भनेर बुझे हुन्छ।

४। उनले पत्रमा ‘संविधान संशोधन होइन, पुनर्लेखन’ हुनुपर्छ भनेका छन्। पुनर्लेखनको अर्थ गहिरो हुन्छ।

यी दूरगामी महत्व राख्ने चार बुँदालाई सँगै राखेर विश्लेषण गर्ने जिम्मा मैले पाठकहरूमैँ छोडेँ।

रवी लामेछानेलाई कानूनी प्रक्रियामा अनावश्यक दुख दिइएको र राज्य प्रतिशोधपूर्ण भएको कुरा त मैले पहिल्यैदेखि भन्दै आएकै हुँ।

⚽ अहिले नेपाल महिला फुटबल टिम लाओस विरुद्ध मैदानमा भिड्दैछ!हाम्रो छोरीहरूले जुन जोश, हिम्मत र तालमेल देखाइरहेका छन्, त्य...
29/06/2025

⚽ अहिले नेपाल महिला फुटबल टिम लाओस विरुद्ध मैदानमा भिड्दैछ!
हाम्रो छोरीहरूले जुन जोश, हिम्मत र तालमेल देखाइरहेका छन्, त्यो गर्वको कुरा हो।
खेलको नतिजा जे भए पनि नेपालको नाम माथि राख्ने चेलीहरूलाई सम्मान छ!
खेल मैदानमा देशको झन्डा उचाल्न सक्ने चेलीहरू सधैं हाम्रो प्रेरणा हुन्। 🇳🇵❤️

29/06/2025

celebrate 15 Asar

निजी जीवनलाई offline राख्नुहोस,हरेक कुरा सामाजिक सञ्जालमा सेयर गर्नु हुँदैन। हरेक क्षण सबैलाई देखाउनैपर्छ भन्ने छैन,केही...
27/06/2025

निजी जीवनलाई offline राख्नुहोस,हरेक कुरा सामाजिक सञ्जालमा सेयर गर्नु हुँदैन। हरेक क्षण सबैलाई देखाउनैपर्छ भन्ने छैन,केही कुराहरू आफ्नै मै राख्दा अझ मूल्यवान् हुन्छन्। सुख–दुःख बाँड्न पनि सिमाना चाहिन्छ,नत्र तपाई आफन्त माझ होइन, आलोचकहरू माझ खुला किताबजस्तै देखिनुहुनेछ शान्ति चाहिन्छ भने गोपनीयता पनि आवश्यक छ।।।
शुभ रात्री 🙏🙏🙏

Ghanti bajaunu sadhan tayari garum hai
26/06/2025

Ghanti bajaunu sadhan tayari garum hai

एकजना मूर्तिकारले कठोर हथौडाले बारम्बार प्रहार गर्दै एक ढुंगालाई मुर्ति बनाउँदै थियो।हजारौं चोट, पीडा र समय सहेर त्यो ढु...
26/06/2025

एकजना मूर्तिकारले कठोर हथौडाले बारम्बार प्रहार गर्दै एक ढुंगालाई मुर्ति बनाउँदै थियो।
हजारौं चोट, पीडा र समय सहेर त्यो ढुंगा एक दिन सुन्दर मुर्ति बन्यो।
अनि त्यो मुर्ति मन्दिरमा राखियो।
दिनहुँ भक्तजनहरू आए,
फूल चढाए, ढोग गरे, पूजा गरे।
त्यही मन्दिरको छेउमा अर्काे ढुंगा थियो—
उही पहाडबाट ल्याइएको, तर जसलाई कोही हेर्दैनथ्यो।
न त फूल चढिन्थ्यो,
बरु त्यसमाथि जुत्ताहरू राख्थे, पानी बग्थ्यो।
एकदिन त्यो ढुंगाले सोध्योः
“हामी एउटै ठाउँबाट आएका थियौं, तर तिमीलाई मान्छेहरूले पूजा गर्छन्, मलाई त हेला गर्छन्। किन?”
मूर्ति शान्त मुस्कानसाथ बोल्योः
“किनभने तिमी चोट सहन सकेनौ, म भने हरेक चोट चुपचाप सहँदै गए र यही सहनशीलताले मलाई पूजनीय बनायो।”

✨ नैतिक शिक्षा:
सहने क्षमता नै सशक्तता हो।
जीवनमा चोट आउँछ, दुख पर्छ, संघर्ष हुन्छ —
तर जसले त्यो पीडालाई स्वीकार्छ, रूप दिन्छ,
त्यो नै एकदिन पूजनीय बन्छ। सफल हुन्छ।
शुभ बिहानी❤️🙏

25/06/2025

"हस्ताक्षरमार्फत जनताको आवाज!" ✍️
रास्वपाको सिग्नेचर अभियान जनतासँग प्रत्यक्ष जोडिने साहसी प्रयास हो।
नेताले बोल्ने मात्र होइन, जनताले पनि अब कागजमा आफ्नो अपेक्षा राख्ने समय आएको छ।
यो अभियान परिवर्तनको बीउ हो — अब हरेक साइन एउटा नयाँ नेपालको संकेत हो। 🇳🇵"

#जनताकोआवाज #रविलामिछाने

Address


Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी Supporter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Health & Beauty Business?

Share