10/05/2026
चूरोट तान्ने बानी छ ? चिया सँग चुरोट चाहिन्छ ? 🤫
धूम्रपानका हानिकारक असरहरू :
🫁 १. फोक्सोमा - फोक्सोको क्यान्सर हुन सक्छ, दम, खोकी र सास फेर्न गाह्रो हुने समस्या बढ्छ।
❤️ २. मुटु तथा रक्तनलीमा- रक्तचाप बढ्छ, हृदयघात (Heart Attack) को जोखिम बढ्छ।
🩸 ३. PVD (Peripheral Vascular Disease) - धूम्रपानले हातखुट्टाका रक्तनलीहरूमा असर पारेर Peripheral Vascular Disease (PVD) गराउन सक्छ। जसकारण खुट्टा दुख्ने, हिँड्दा बढी पीडा हुने, खुट्टामा रगतको प्रवाह कम हुने, घाउ ढिलो निको हुने हुन्छ।
⚠️ ४. Buerger’s Disease (बुर्जर रोग)- यो धूम्रपान गर्ने मानिसमा देखिने गम्भीर रक्तनली रोग हो।यसमा हातखुट्टाका साना रक्तनलीहरू सुन्निन्छन्, रगतको प्रवाह बन्द हुन सक्छ, औंला कालो हुने वा काट्नुपर्ने अवस्था आउन सक्छ।
🦷 ५. मुख र दाँतमा - मुखको दुर्गन्ध आउँछ, दाँत पहेंलो र कमजोर हुन्छ, मुख तथा घाँटीको क्यान्सर हुन सक्छ।
🧠 ६. मानसिक र शारीरिक असर- लत लाग्छ, शरीर कमजोर र थकान बढी हुन्छ।
👶 ७. गर्भवती महिला र बालबालिकामा- बच्चा कम तौलको जन्मिन सक्छ। passive smoking का कारण परिवारलाई पनि असर पर्छ
त्यसैले स्वस्थ जीवनका लागि धूम्रपानबाट टाढा रहनु अत्यन्त आवश्यक छ। चुरोटको धुँवा भन्दा बाहिर निस्केर स्वच्छ हावा लिने गरौँ।