05/04/2026
नमस्ते सम्पूर्ण साथीहरू!
आज म हजुरहरूलाई एउटा यस्तो वनस्पतिको बारेमा बताउन गइरहेको छु, जसलाई 'सुपरफूड' भनिन्छ। धेरैलाई यसको नाम थाहा होला, तर यसका फाइदाहरूबारे धेरैलाई कम जानकारी हुन सक्छ।
हो, यसको नाम हो— कुरिलो!
भनिन्छ नि, "कुरिलो खायो भने जिउ हुन्छ सुरिलो!" यो भनाइ मात्र होइन, यसको वास्तविकता पनि उस्तै छ।
हाम्रो पारिवारिक अनुभव:
विशेष गरी कोभिडको कठिन समयमा मेरो परिवारले कुरिलोको धेरै सेवन गर्यौँ। हाम्रो अनुभवमा, यसले शरीरलाई भित्रैबाट बलियो बनाउन र रोगसँग लड्ने शक्ति (Immunity) प्रदान गर्न निकै ठूलो भूमिका खेल्यो। हामी छिटो निको हुनुमा कुरिलोको ठूलो हात थियो।
कुरिलो किन खाने? (मुख्य फाइदाहरू):
👉🏿इम्युनिटी बुस्टर: भिटामिन C, E र जिंकले भरिपूर्ण हुने भएकोले संक्रमणबाट बचाउँछ।
👉🏿प्रजनन स्वास्थ्य (Reproductive Health): यसले महिला र पुरुष दुवैको हर्मोन सन्तुलन र प्रजनन क्षमतामा सुधार ल्याउँछ।
👉🏿गर्भवतीका लागि उपयुक्त: यसमा भएको 'फोलेट'ले गर्भको शिशुको विकासमा मद्दत गर्छ।
👉🏿मुटु र पाचन: फाइबर र पोटासियमले मुटु र पेट दुवैलाई स्वस्थ राख्छ।
कसरी खाने?
यसलाई सुप बनाएर वा हल्का बफाएर त खान सकिन्छ नै, तर हाम्रो नेपाली शैलीमा यसको अचार बनाएर खाँदा त झन् असाध्यै मीठो हुन्छ! जिब्रोलाई स्वाद पनि, शरीरलाई फाइदा पनि।
सावधानी:🙏
युरिक एसिड वा मृगौलाको पत्थरीको समस्या भएका साथीहरूले भने डाक्टरको सल्लाह लिएर मात्र खानुहोला।
प्रकृतिको यो वरदानलाई आफ्नो भान्सामा सामेल गरौँ र स्वस्थ रहौँ। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो!
केही महत्वपूर्ण डाटा (प्रति १०० ग्राम):
• भिटामिन K: ५०.६ mcg (हड्डीको लागि)
• फोलेट: १४९ mcg (प्रजनन र शिशुको लागि)
• पोटासियम: २०२ mg (मुटुको लागि)
• क्यालोरी: मात्र २०-२२ kcal (तौल घटाउन मद्दत गर्ने)
(स्रोतगुगल)