22/04/2025
२०८९ पुस २६ गते टिचिङ हस्पिटलमा मेरो जीवनमा दुखद घटना घट्यो । मेरो दुवै मृगौला फेल भईसकेको रहेछ । म र मेरो श्रीमति आत्तिए , रोए । मेरो होस जोस सबै शुन्य भयो , डर चिन्ता त्रासले म शिथिल भएँ अब अघि कसरी बढ्ने कुनै मेलो मेसो मिलाउन सकेन । म सामान्य परिवारको मान्छे भएकै कारण मैले मनमनै मृत्युलाई स्विकार गरिसकेको थिए त्यतिकैमा मेरो परिवार मेरो ठुलो आँट हौसला बनेर उभिदियो । देश विदेशमा रहेको आफन्त इष्टमित्रहरु सबै सबैले हौसला दिन थाल्नुभयो त्यसपछि भने बाँच्छु कि भन्ने झिनो आस पलाएर आयो । नेपालमा मलाई बचाउने अभियानमा विशाल हृदय बनाएर मेरो परिवार, मेरो सिङ्गो भुजुङ गाउँका टोलहरु, मेरो भाईखलक, मेरो रिमै मैमै फोदाहरु, भुजुङमा रहेका रोधीहरु , आफन्तहरु, भुजुङ युम्पो तमु समाज पोखरा, भुजुङ समाज बेशीसहर , भुजुङ समाज काठमाण्डौ, भुजुङ समाज चितवन सबै लाग्नुभयो साथै क्व्होला सोंथार गाउँपलिकाको संस्थापक अध्यक्ष प्रेम घले ज्युले पनि आफ्नै छोरालाई झै गरी आफ्नो गाउँ र इष्टामित्र हरुलाई भनेर मलाई बचाउन लाग्नुभयो । मलाई माया गरेर हङकङ, अमेरिका , युके, पोर्चुगल, दुवाई, कतार, फ्रान्स, मलेसिया, इन्डिया सुरत, रोमनिया, साइप्रस आदि थुप्रै देशहरुबाट मेरो साथीभाई आफन्ताहरुले सहयोग रकम सङकलन गरेर पठाएको थियो । मेरो परिवारमा कसैको किट्नी दिन नमिल्ने भएपछि मैले लमजुङ जिल्ला सामुदायिक आस्पतालमा डाइलसिस गराईरहे साथै टिचिङ हस्पिटलमा डाक्टर संग ट्रान्सप्लान्टको लागी सयौं चोटि धाईरहे । धेरै पछि दोर्दी गाउं पलिका -५ पाचोक का सिङराज भाईलाई मेरो श्रीमति को किट्नी दिन मिल्यो र सिङराजको आमा सेति को मलाई दिन मिल्ने भयो । निरन्तर डाक्टर संगको भेट र सल्लाह अनुसार वि. सं. २०८१ चैत २७ गते टिचिङ हस्पिटल महाराजगन्ज काठमाण्डौमा किट्नी ट्रान्सप्लान्ट भयो र आज वैशाख ९ गते म हस्पिटल बाट डिस्चार्ज भएको छु । तपाईहरुको आर्थिक सहयोग र हौसलाले नै मैले नयां जीवन पाएको छु । मेरो अप्रेशन मा खटिनुहुने डा. पवनको टिम , नेफ्रो हेर्नुहुने डा. उत्तम भट्टको टिम लाई धेरै धेरै धन्यवाद साथै
सम्पुर्ण चिर अपरिचित सहयोगी महानुभावहरुमा हार्दिक कृतज्ञता र आभार प्रकट गर्दछु । आसा छ तपाईहरुले दिनुभएको नयाँ जीवन राम्रो हुनेछ ।