मृगौला पीडित टेक ब. गुरुङ सहयोगार्थ अभियान ।

  • Home
  • Nepal
  • Lamjung
  • मृगौला पीडित टेक ब. गुरुङ सहयोगार्थ अभियान ।

मृगौला पीडित टेक ब. गुरुङ सहयोगार्थ अभियान । Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मृगौला पीडित टेक ब. गुरुङ सहयोगार्थ अभियान ।, Medical and health, Besishahar, Lamjung.

२०८९ पुस २६ गते टिचिङ हस्पिटलमा मेरो जीवनमा दुखद घटना घट्यो । मेरो दुवै मृगौला फेल भईसकेको रहेछ । म र मेरो श्रीमति आत्ति...
22/04/2025

२०८९ पुस २६ गते टिचिङ हस्पिटलमा मेरो जीवनमा दुखद घटना घट्यो । मेरो दुवै मृगौला फेल भईसकेको रहेछ । म र मेरो श्रीमति आत्तिए , रोए । मेरो होस जोस सबै शुन्य भयो , डर चिन्ता त्रासले म शिथिल भएँ अब अघि कसरी बढ्ने कुनै मेलो मेसो मिलाउन सकेन । म सामान्य परिवारको मान्छे भएकै कारण मैले मनमनै मृत्युलाई स्विकार गरिसकेको थिए त्यतिकैमा मेरो परिवार मेरो ठुलो आँट हौसला बनेर उभिदियो । देश विदेशमा रहेको आफन्त इष्टमित्रहरु सबै सबैले हौसला दिन थाल्नुभयो त्यसपछि भने बाँच्छु कि भन्ने झिनो आस पलाएर आयो । नेपालमा मलाई बचाउने अभियानमा विशाल हृदय बनाएर मेरो परिवार, मेरो सिङ्गो भुजुङ गाउँका टोलहरु, मेरो भाईखलक, मेरो रिमै मैमै फोदाहरु, भुजुङमा रहेका रोधीहरु , आफन्तहरु, भुजुङ युम्पो तमु समाज पोखरा, भुजुङ समाज बेशीसहर , भुजुङ समाज काठमाण्डौ, भुजुङ समाज चितवन सबै लाग्नुभयो साथै क्व्होला सोंथार गाउँपलिकाको संस्थापक अध्यक्ष प्रेम घले ज्युले पनि आफ्नै छोरालाई झै गरी आफ्नो गाउँ र इष्टामित्र हरुलाई भनेर मलाई बचाउन लाग्नुभयो । मलाई माया गरेर हङकङ, अमेरिका , युके, पोर्चुगल, दुवाई, कतार, फ्रान्स, मलेसिया, इन्डिया सुरत, रोमनिया, साइप्रस आदि थुप्रै देशहरुबाट मेरो साथीभाई आफन्ताहरुले सहयोग रकम सङकलन गरेर पठाएको थियो । मेरो परिवारमा कसैको किट्नी दिन नमिल्ने भएपछि मैले लमजुङ जिल्ला सामुदायिक आस्पतालमा डाइलसिस गराईरहे साथै टिचिङ हस्पिटलमा डाक्टर संग ट्रान्सप्लान्टको लागी सयौं चोटि धाईरहे । धेरै पछि दोर्दी गाउं पलिका -५ पाचोक का सिङराज भाईलाई मेरो श्रीमति को किट्नी दिन मिल्यो र सिङराजको आमा सेति को मलाई दिन मिल्ने भयो । निरन्तर डाक्टर संगको भेट र सल्लाह अनुसार वि. सं. २०८१ चैत २७ गते टिचिङ हस्पिटल महाराजगन्ज काठमाण्डौमा किट्नी ट्रान्सप्लान्ट भयो र आज वैशाख ९ गते म हस्पिटल बाट डिस्चार्ज भएको छु । तपाईहरुको आर्थिक सहयोग र हौसलाले नै मैले नयां जीवन पाएको छु । मेरो अप्रेशन मा खटिनुहुने डा. पवनको टिम , नेफ्रो हेर्नुहुने डा. उत्तम भट्टको टिम लाई धेरै धेरै धन्यवाद साथै
सम्पुर्ण चिर अपरिचित सहयोगी महानुभावहरुमा हार्दिक कृतज्ञता र आभार प्रकट गर्दछु । आसा छ तपाईहरुले दिनुभएको नयाँ जीवन राम्रो हुनेछ ।

Address

Besishahar
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when मृगौला पीडित टेक ब. गुरुङ सहयोगार्थ अभियान । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share