18/08/2026
🌸 फेरि भेटौँला कार्यक्रम 🌸
अस्पतालमा कार्यरत फार्मेसी अधिकृत श्री एलिना शर्माज्यूको सम्मानमा आयोजित “फेरि भेटौँला” कार्यक्रममा उहाँले अस्पतालमा कार्यरत रहँदा पुर्याउनुभएको अमूल्य योगदानको उच्च कदर गर्दै हार्दिक सम्मान तथा शुभकामना व्यक्त गरियो।
औषधि व्यवस्थापन तथा फार्मेसी सेवाको प्रभावकारी सञ्चालनसँगै EMR प्रणालीको कार्यान्वयन, व्यवस्थापन तथा अभिलेखीकरणमा उहाँले पुर्याउनुभएको महत्वपूर्ण योगदान अस्पतालका लागि सदैव स्मरणीय रहनेछ। आफ्नो जिम्मेवारीप्रति इमानदार, लगनशील, जिम्मेवार र समर्पित रहँदै उहाँले सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
त्यसका साथै, उहाँको मिलनसार, सहयोगी, सरल र हँसिलो स्वभाव, सबैसँग सहज रूपमा घुलमिल हुने व्यवहार तथा सहकर्मीहरूप्रतिको आत्मीयता सबैका लागि प्रेरणादायी रह्यो। कार्यस्थलमा उहाँले निर्माण गर्नुभएको सकारात्मक र मैत्रीपूर्ण वातावरण तथा सहकर्मीहरूसँगको आत्मीय सम्बन्ध सधैँ सम्झनामा रहनेछ।
अस्पताल परिवार उहाँले पुर्याउनुभएको योगदानप्रति हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दछ।
आगामी कार्ययात्रा अझ सफल, सुखद, उपलब्धिमूलक तथा उज्ज्वल रहोस् भन्ने हार्दिक शुभकामना।
फेरि भेटौँला! 🌷
तपाईंको योगदान र आत्मीयता सधैँ हाम्रो सम्झनामा रहनेछ।