10/06/2026
चर्चित राजनीतिज्ञ हृदयेश त्रिपाठीले नेपाली कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलहरूले अझै पनि सत्तामा फर्किने दिवास्वप्न देखिरहेको टिप्पणी गरेका छन्। त्रिपाठीका अनुसार, यी दलहरू प्रधानमन्त्री बालेन शाह नेतृत्वको रास्वपा सरकारले कुनै गल्ती गरोस् र आफूहरूको पुनरागमनको ढोका खुलोस् भनी पर्खिरहेका छन्। तर, उनले ती पुराना दलहरूको सत्तामा फर्किने त्यो सम्भावना अब सधैँका लागि समाप्त भइसकेको दाबी गरेका छन्।