Arukharka health post आरुखर्क स्वास्थ्य चौकी

  • Home
  • Nepal
  • Syangja
  • Arukharka health post आरुखर्क स्वास्थ्य चौकी

Arukharka health post आरुखर्क स्वास्थ्य चौकी offical government organisations
(Health post)

ब्यानर अनुसार कार्यक्रम सम्पन्न भएका केही तस्बिरहरू ।।
07/08/2026

ब्यानर अनुसार कार्यक्रम सम्पन्न भएका केही तस्बिरहरू ।।

आज मिति २०८३/०४/२२गते, फेदीखोला गाउँपालिकाको पोषण विशेष अनुदान कार्यक्रम अन्तर्गत वडा नं ४ आरुखर्क Arukharka health post...
07/08/2026

आज मिति २०८३/०४/२२गते, फेदीखोला गाउँपालिकाको पोषण विशेष अनुदान कार्यक्रम अन्तर्गत वडा नं ४ आरुखर्क Arukharka health post आरुखर्क स्वास्थ्य चौकी मा सुनौला हजार दिनका आमा (गर्भवती तथा सुत्केरी महिला २५ जना )लाई पोषण सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न प्रकारका कृषि तथा तरकारीका बीउबिजन (Seed Kit) र आवश्यक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत काउली (Cauliflower), बन्दाकोपी (Cabbage), धनियाँ (Coriander), साग (Saag), सिमी (Bean), मुला (Radish), गाजर (Carrot), हजारी तथा गार्डेन पाइप (Garden Pipe) लगायतका कृषि सामग्री वितरण गरिएको थियो।

यस कार्यक्रमले घरमै पोषणयुक्त तरकारी उत्पादन गर्न प्रोत्साहन गर्नुका साथै गर्भवती तथा सुत्केरी महिला को पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साथै, फेदीखोला गाउँपालिकाले अगस्ट महिनाको पहिलो सातालाई स्तनपान सप्ताह का रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी मनाइरहेको छ। स्तनपानको महत्त्वबारे समुदायमा सचेतना अभिवृद्धि गर्दै शिशु तथा आमाको स्वास्थ्य र पोषण सुधारमा टेवा पुर्‍याउने उद्देश्यले उक्त सप्ताह मनाइँदै आएको छ।

आज यस विश्व स्तनपान सप्ताह २०२६ (साउन १६–२२ गते / अगस्ट १–७)  'दिगो जीवनको स्वस्थ सुरुवात: प्रभावकारी स्तनपानको लागि सबै...
07/08/2026

आज यस विश्व स्तनपान सप्ताह २०२६ (साउन १६–२२ गते / अगस्ट १–७) 'दिगो जीवनको स्वस्थ सुरुवात: प्रभावकारी स्तनपानको लागि सबैको साथ' (Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works) यहाँ उपस्थित सम्पूर्ण आमाहरू, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।आज हामी प्रत्येक वर्ष झैँ यस वर्ष पनि अगस्ट १ देखि ७ तारिखसम्म (साउन १६ देखि २२ गते) मनाइने विश्व स्तनपान सप्ताह २०२६ को विशेष अवसरमा यहाँ उपस्थित भएका छौँ। यस वर्षको विश्वव्यापी मूल नारा "दिगो जीवनको स्वस्थ सुरुवात: प्रभावकारी स्तनपानको लागि सबैको साथ" भन्ने रहेको छ। यो नाराले स्तनपान केवल आमाको मात्र जिम्मेवारी नभई सिङ्गो समाज, परिवार, स्वास्थ्यकर्मी र राज्यको साझा उत्तरदायित्व हो भन्ने कुरा स्पष्ट रूपमा उजागर गरेको छ।स्तनपान नवजात शिशुको जीवनको पहिलो खोप र अमृत समान हो। बच्चा जन्मिएको पहिलो एक घण्टाभित्र आमाको पहिलो गाढा पहेँलो दूध (कोलस्ट्रम) खुवाउनु पर्छ, जसले बच्चामा रोगसँग लड्ने क्षमताको विकास गर्छ। शिशु जन्मेको पहिलो छ महिनासम्म आमाको दूधबाहेक अन्य पानी वा आहार केही पनि खुवाउनु हुँदैन। छ महिनापछि बच्चाको शारीरिक तथा मानसिक वृद्धिका लागि अन्य पोषिलो थप खाना सँगसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म निरन्तर स्तनपान गराउनु पर्छ।स्तनपानले शिशुलाई झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण र कुपोषणबाट मात्र बचाउँदैन, भविष्यमा हुने दीर्घरोगहरूको जोखिमसमेत कम गर्छ। यसैगरी, स्तनपान गराउने आमालाई पनि प्रसवोत्तर रक्तस्राव कम गर्न, पाठेघरलाई पूर्ववत अवस्थामा ल्याउन तथा भविष्यमा आमालाई लाग्न सक्ने स्तन र पाठेघरको क्यान्सरको जोखिमबाट बचाउन महत्त्वपूर्ण सहयोग पुग्छ।आजको यस अभियानमार्फत म सम्पूर्ण परिवार र समाजलाई काम गर्ने आमाहरूका लागि उपयुक्त वातावरण सिर्जना गर्न, स्वास्थ्य संस्थाहरूमा स्तनपान मैत्री कक्षहरूको सुनिश्चितता गर्न तथा आमा र शिशुको स्वास्थ्यप्रतिको यो सुनौलो अवसरमा एकजुट भई साथ दिन हार्दिक अपिल गर्दछु।अन्तमा, आउनुहोस्, प्रभावकारी स्तनपान अभ्यासलाई सुदृढ गर्दै हाम्रा बालबालिकाको सुनौलो र दिगो भविष्यको सुनिश्चितता गरौ।

सूचना।
14/05/2026

सूचना।

भुमे देउराली टोल मा सुनौलो हजार दिनका आमा तथा किशोरीहरूको  समूह गठन कार्यक्रम।
07/05/2026

भुमे देउराली टोल मा सुनौलो हजार दिनका आमा तथा किशोरीहरूको समूह गठन कार्यक्रम।

वडा कार्यालय आरुखर्क
07/05/2026

वडा कार्यालय आरुखर्क

यहि मिति २०८३ साल बैशाख ६ र ७ गते देशैभर ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुव...
18/04/2026

यहि मिति २०८३ साल बैशाख ६ र ७ गते देशैभर ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाइँदै छ त्यसैले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत आफ्नो बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउनु हुन सबैमा अनुरोध छ।❤️🇳🇵🙏

18/03/2026
एचपीभी खोप कार्यक्रम २०८२ सफलतापूर्वक सम्पन्न यस फेदीखोला गाउँपालिका वडा नं ४ स्थित जन आदर्श माध्यमिक विधालय मा  कक्षा ६...
16/02/2026

एचपीभी खोप कार्यक्रम २०८२ सफलतापूर्वक सम्पन्न यस फेदीखोला गाउँपालिका वडा नं ४ स्थित जन आदर्श माध्यमिक विधालय मा कक्षा ६ मा अध्ययनरत सम्पूर्ण छात्राहरूले HPV खोप प्राप्त गरेका छन् ,
सबैको सहकार्य र समर्थनका लागि हार्दिक धन्यवाद। 💉🎉

आज मिति २०८२ साल फागुन महिनाको १ गते हाम्रो यस फेदीखोला गाउँपालिका वडा नं नम्बर ४ स्थित आरुखर्क स्वास्थ्य चौकीमा वडा खोप...
13/02/2026

आज मिति २०८२ साल फागुन महिनाको १ गते हाम्रो यस फेदीखोला गाउँपालिका वडा नं नम्बर ४ स्थित आरुखर्क स्वास्थ्य चौकीमा वडा खोप समन्वय समिति को बैठक मा HPV vaccination अभियान तपसिल को उपस्थिति मा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।

Address

Gandaki Provinance, Syangja District , Phedikhola Rural Municipilaty Ward No: 04 , Arukharka Health Post
Syangja
3308

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Arukharka health post आरुखर्क स्वास्थ्य चौकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share