थर्पु आधारभुत अस्पताल

  • Home
  • Nepal
  • Tanahun
  • थर्पु आधारभुत अस्पताल

थर्पु आधारभुत अस्पताल स्वच्छ परिवार , सुखको आधार

आ .ब २०८३/०८४ को ९ औं  संस्थागत सुरक्षित सुत्केरी मिति २०८३/०५/०९गते  दिउँसो १२:५०मिनेटमा  यस थर्पु आधारभूत अस्पतालमा ३४...
25/08/2026

आ .ब २०८३/०८४ को ९ औं संस्थागत सुरक्षित सुत्केरी

मिति २०८३/०५/०९गते दिउँसो १२:५०मिनेटमा यस थर्पु आधारभूत अस्पतालमा ३४०० ग्रामको स्वस्थ शिशुको जन्म भएको छ ।आमा र शिशुको अवस्था सामान्य रहेको छ । सुत्केरी हुन आएमा नि:शुल्क ल्याउन र पुर्‍याउन एम्बुलेन्स सेवा संचालनमा रहेकोले निशुल्क एम्बुलेन्स सेवाको लाभ पनि प्राप्त गर्नु भएको छ । साथै सेवामा खटिने स्वास्थ्यकर्मीहरु लाई हार्दिक धन्यवाद ।

सर्पले 🐍 टोकीहालेमा के गर्ने??😱 र के गर्नू हुदैन?🤔
20/08/2026

सर्पले 🐍 टोकीहालेमा के गर्ने??😱 र के गर्नू हुदैन?🤔

यस थर्पु आधारभुत अस्पतालमा कार्यरत डाक्टर बिनोद श्रेष्ठ जू लाई जन्म दिनको धेरै धेरै शुभकामना 🙏❤️चिकित्सा क्षेत्रमा पुर्य...
18/08/2026

यस थर्पु आधारभुत अस्पतालमा कार्यरत डाक्टर बिनोद श्रेष्ठ जू लाई जन्म दिनको धेरै धेरै शुभकामना 🙏❤️
चिकित्सा क्षेत्रमा पुर्याउनु भएको योगदानको लागि धन्यवाद। जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य र सुख-शान्तिको कामना! Doctor Binod Shrestha 🙏👏🎂

म्याग्दे गाउँपालिका र हिमालय आँखा अस्पतालको आयोजनामा थर्पु आधारभुत अस्पतालमा मिति २०८३-०४-२४ गते देखि सञ्चालित विद्यालयम...
14/08/2026

म्याग्दे गाउँपालिका र हिमालय आँखा अस्पतालको आयोजनामा थर्पु आधारभुत अस्पतालमा मिति २०८३-०४-२४ गते देखि सञ्चालित विद्यालयमा अध्ययनरत विध्यार्थिहरुको लागि निशुल्क आँखा शिविरको छैटौं दिन सम्म १८०० जना विध्यार्थिहरुले सेवा पाएका छन

बार्षिक सेवा प्रवाह विवरण
05/08/2026

बार्षिक सेवा प्रवाह विवरण

गर्भावस्थामा Syphilis Test (VDRL/RPR) किन गर्नुपर्छ?VDRL (Venereal Disease Research Laboratory) र RPR (Rapid Plasma Reag...
03/08/2026

गर्भावस्थामा Syphilis Test (VDRL/RPR) किन गर्नुपर्छ?
VDRL (Venereal Disease Research Laboratory) र RPR (Rapid Plasma Reagin) सिफिलिस (Syphilis) नामक ब्याक्टेरियाबाट हुने यौनसञ्चारित संक्रमण (STI) पत्ता लगाउन गरिने स्क्रिनिङ रगत परीक्षण हुन्।
किन गर्नुपर्छ?
🩸 १. सिफिलिस संक्रमण छ कि छैन पत्ता लगाउन
गर्भवती आमामा संक्रमण भए/नभएको समयमै थाहा हुन्छ।
👶 २. आमाबाट बच्चामा सिफिलिस सर्नबाट बचाउन
उपचार नगरिएमा संक्रमण गर्भमै बच्चामा सर्न सक्छ (Congenital Syphilis)।
⚠️ ३. गम्भीर जटिलता रोक्न
गर्भपतन (Miscarriage)
मृत शिशु जन्मिने (Stillbirth)
समयअगावै प्रसव
जन्मजात सिफिलिस
नवजात शिशुमा गम्भीर स्वास्थ्य समस्या
💉 ४. समयमै उपचार सुरु गर्न
सिफिलिस पुष्टि भएमा Penicillin उपचारले आमा र बच्चा दुवैलाई जटिलताबाट बचाउन मद्दत गर्छ।
कहिले गरिन्छ?
पहिलो ANC (Antenatal Care) भेटमै VDRL वा RPR परीक्षण गराउन सिफारिस गरिन्छ।
उच्च जोखिम भएका महिलामा चिकित्सकको सल्लाहअनुसार गर्भावस्थाको पछिल्लो समयमा पुनः परीक्षण गर्न सकिन्छ।
Healthy Habits 🌿
✔️ नियमित ANC जाँच गराउनुहोस्।
✔️ चिकित्सकले सिफारिस गरेका सबै परीक्षण समयमै गराउनुहोस्।
✔️ सुरक्षित यौन व्यवहार अपनाउनुहोस्।
✔️ संक्रमण पुष्टि भएमा चिकित्सकको सल्लाहअनुसार पूरा उपचार गर्नुहोस्।
✔️ सन्तुलित र पोषणयुक्त खाना खानुहोस्।
मुख्य सन्देश
VDRL/RPR Test ले सिफिलिस संक्रमण समयमै पत्ता लगाई उपचार सुरु गर्न मद्दत गर्छ, जसले आमा र बच्चा दुवैलाई गम्भीर जटिलताबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।

🙏 स्तनपान, अमृत समान 🙏स्तनपानलाई प्रोत्साहन गरौँ, शिशुलाई स्वस्थ र सुरक्षित बनाऔँ। ❤️👶Encourage Breastfeeding and Keep Y...
01/08/2026

🙏 स्तनपान, अमृत समान 🙏
स्तनपानलाई प्रोत्साहन गरौँ, शिशुलाई स्वस्थ र सुरक्षित बनाऔँ। ❤️👶
Encourage Breastfeeding and Keep Your Baby Healthy.

🙏

थर्पु आधारभुत अस्पतालका कुशल ,कर्तव्यनिष्ठ तथा सेवाभावमा समर्पित मेडिकल अधिकृत डा.विनोद श्रेष्ठ म्याग्दे गाउँपालिकाको आ....
27/07/2026

थर्पु आधारभुत अस्पतालका कुशल ,कर्तव्यनिष्ठ तथा सेवाभावमा समर्पित मेडिकल अधिकृत डा.विनोद श्रेष्ठ म्याग्दे गाउँपालिकाको आ.व २०८३/०८४ को वजेट निति तथा कार्यक्रम सार्वजनिकिकरण समारोहमा उत्कृष्ट कर्मचारिको रुपमा सम्मानित हुनुभएकोमा हार्दिक बधाइ तथा शुभकामना 😊

बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम !!१०-१९ वर्ष उमेरका किशोरीहरूलाई आइरन-फोलिक एसिड (IFA) चक्की खुवाउने कार्यक्रम !
24/07/2026

बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम !!
१०-१९ वर्ष उमेरका किशोरीहरूलाई आइरन-फोलिक एसिड (IFA) चक्की खुवाउने कार्यक्रम !

म्याग्दे ४, थर्पु आधारभूत अस्पतालबाट नर्सिङ  कर्मचारीहरु द्वारा सुत्केरी तथा नवजात शिशु जाँच घरभेट कार्यक्रम  निरन्तर रु...
10/05/2026

म्याग्दे ४, थर्पु आधारभूत अस्पतालबाट नर्सिङ कर्मचारीहरु द्वारा सुत्केरी तथा नवजात शिशु जाँच घरभेट कार्यक्रम निरन्तर रुपमा गरिदै आइरहेको छ जसमा नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्य अवस्थाको जानकारी तथा खतराकाे चिन्हवारे सचेत गराइएको छ ।🙏🙏

Address

Myagde/4 Tharpu
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when थर्पु आधारभुत अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share