18/08/2020
कोभिड – १९ को संक्रमण दिनदिनै बढिरहेको सन्दर्भमा यसको व्यवस्थापनमा थप चुनौति थपिदै गइरहेको छ । कोभिड – १९ को उपचारकालागि कुनै औषधी वा खोपको विकास नभएको अवस्थामा शारीरिक व्यायम र सन्तुलित तथा पोषणयूक्त आहार नै रोगलाई परास्त गर्ने अस्त्र मानिदै आएको छ । सोही सन्दर्भमा देशका विभिन्न Quarantine तथा Isolation मा उपलब्ध गराइएको स्वच्छता र पौष्टिक्ता बारे बहस भइरहेको सुन्न र देख्न सकिन्छ । भर्खरै पनि केही स्थानिय सरकारले बनाएका डाइट चार्ट बारे सामाजिक संजालमा टिकाटिप्पणी भएको देख्दा यि सबै अवस्थालाई मध्य नजर गर्दै डाइट सेवा प्रा. लि. ले कोरोना संक्रमित (सामान्य वा लक्षण नभएका) व्यक्तिहरुका लागि २००० Kcal बराबरको नमूना मेनु प्लान यहाँ प्रस्तुत गरेको छ । साथै यही पोष्ट मार्फत Quarantine र Isolation केन्द्रहरु संचालन गरिरहेका स्थानिय तह तथा अस्पतालहारुले हामीलाई हाम्रो फेसबुक पेज वा इमेलः [email protected] मा सम्पर्क गरेमा हामी निशुल्क मेनु प्लान बनाउने प्रतिबद्धता व्यक्त गर्दछौ ।
नोटः होम आइसोलेसन वा क्वारेन्टिनमा रहनुभएकोले पनि पोषण परामर्शको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
#संकटको #समयमा #सबैले #आ– #आफ्नो #स्थानबाट #सहयोग #गरे #संकटलाई #जित्न #सकिन्छ