Good Health

Good Health Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Good Health, Medical and health, Kathmandu, .
(1)

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः Empowering health & wellness in Nepal || 40K+ strong community || Sharing the latest health news & innovations for healthcare workers and public || Join us for a healthier tomorrow|| 🇳🇵🇳🇵

लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३स्विकृत मितिः २०८३ / ०२ / २५ (माननीय मन्त्रीस्...
15/06/2026

लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३
स्विकृत मितिः २०८३ / ०२ / २५ (माननीय मन्त्रीस्तर)
================================================
नेपालको संविधानले प्रत्याभूत गरेको प्रत्येक नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न विपन्न, असहाय र बेवारिसे नागरिकका लागि अस्पतालहरूले छुट्ट्याउनुपर्ने कुल शैय्याको दश प्रतिशत निःशुल्क उपचार सेवालाई थप पारदर्शी, व्यवस्थित र पहुँचयोग्य बनाउन र सो सेवाको एकीकृत सञ्चालन तथा व्यवस्थापनका लागि लक्षित वर्ग निःशुल्क उपचार पोर्टल सञ्चालन गर्नको लागी कार्यबिधि जारी भएको छ । #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य सूचना स्वास्थ्य खोज Ministry of Health and Population-Nepal

14/06/2026

गर्भवती र सुत्केरी अवस्थामा ध्यान दिनु पर्ने कुराहरु।। जसले गर्दा आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन सकिन्छ ।
===============================================
नेपालमा मातृ मृत्युदर (प्रतिएक लाख जीवित जन्ममा १५१ जना, जनगणना २०७८ अनुसार) अझै पनि एउटा गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा रहेको छ ।

१. गर्भधारण पूर्व र गर्भको सुरुवाती तयारी
गर्भधारण योजना (Pre-conception planning): गर्भ बस्नुअघि नै मधुमेह, उच्च रक्तचाप, थाइराइड र रक्तअल्पता (Anemia) जस्ता दीर्घरोगको परीक्षण र व्यवस्थापन आवश्यक हुन्छ।
फोलिक एसिड (Folic Acid): शिशुको स्नायु प्रणालीसम्बन्धी जन्मजात त्रुटिहरू (Neural Tube Defects) रोक्न गर्भधारणको योजना बनाउँदादेखि नै फोलिक एसिड सेवन गर्नुपर्छ।
अस्वस्थकर बानी त्याग: धूम्रपान, मद्यपान र जथाभाबी औषधिको सेवनले भ्रूणलाई गम्भीर असर पुर्‍याउँछ।

२. गर्भावस्थाका तीन चरण र ध्यान दिनुपर्ने कुराहरू

पहिलो त्रैमासिक (०–१२ हप्ता): यो शिशुको मस्तिष्क र मुटुजस्ता मुख्य अंगहरू बन्ने संवेदनशील समय हो। यस बेला प्रारम्भिक रगत, पिसाब, थाइराइड, एचआईभी, हेपाटाइटिस बी र सी जस्ता अनिवार्य जाँच गराउनुपर्छ।
दोस्रो त्रैमासिक (१३–२७ हप्ता): यो समयमा शिशुको वृद्धि तीव्र हुन्छ र आमाले बच्चाको हलचल (Quickening) महसुस गर्न थाल्छिन्।
तेस्रो त्रैमासिक (२८ हप्तादेखि जन्मसम्म): यो सुत्केरीको अन्तिम तयारी र विशेष हेरचाहको समय हो।
नेपाल सरकारको स्वास्थ्य मापदण्ड: सामान्य अवस्थामा पनि प्रत्येक गर्भवती महिलाले कम्तीमा चार पटक अनिवार्य रूपमा गर्भ जाँच (ANC Visit) गराउनुपर्ने व्यवस्था छ, जसले सम्भावित जोखिमको समयमै पहिचान गर्न मद्दत गर्छ।

३. तुरुन्तै अस्पताल जानुपर्ने 'खतराका लक्षणहरू'

यदि गर्भवती वा सुत्केरी महिलामा तलका मध्ये कुनै पनि लक्षण देखिएमा ढिला नगरी तुरुन्तै स्वास्थ्य संस्था लैजानुपर्छ:
योनीबाट अत्यधिक वा अलिकति पनि रगत बगेमा
कडा रूपमा पेट दुखेमा
कडा टाउको दुख्ने, आँखा तिमिरमिराउने वा अनुहार र हात-खुट्टा अत्यधिक सुन्निने (Pre-eclampsia का लक्षण)
उच्च ज्वरो आउने वा काम्ने
बच्चाको हलचल कम हुने वा महसुस नहुने
सुत्केरी हुनुअघि नै पानीको फोका फुट्ने (पानी बग्ने)
बेहोस हुने वा कम्पन (फिट्स) आउने

समयमै गरिने स्वास्थ्य परीक्षण, सन्तुलित पोषण, संस्थागत प्रसूति (अस्पतालमा डेलिभरी) र खतराका लक्षणहरूबारे परिवारमा चेतना भएमा धेरैजसो मातृ र नवजात शिशुको अकाल मृत्युलाई रोक्न सकिन्छ। #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य सूचना स्वास्थ्य खोज Ministry of Health and Population-Nepal

लैङ्गिक समानता र समता    #स्वास्थ्यजनचेतना         Good Health स्वास्थ्य सूचना स्वास्थ्य खोज Ministry of Health and Popu...
14/06/2026

लैङ्गिक समानता र समता #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य सूचना स्वास्थ्य खोज Ministry of Health and Population-Nepal

स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७३,      #स्वास्थ्यजनचेतना       Good Healt...
13/06/2026

स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७३, #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य सूचना स्वास्थ्य खोज Ministry of Health and Population-Nepal

महामारी र विपद्को समयमा महिला राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका ।।      #स्वास्थ्यजनचेतना         Good ...
13/06/2026

महामारी र विपद्को समयमा महिला राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका ।। #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य सूचना Ministry of Health and Population-Nepal स्वास्थ्य खोज

हड्ताल गर्न निषेध गरी यो आदेश जारी गरेको छ ।।नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अ...
09/06/2026

हड्ताल गर्न निषेध गरी यो आदेश जारी गरेको छ ।।नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी देहायका २५ आवश्यक सेवामा निषेध गरेको हो ।। #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य सूचना स्वास्थ्य खोज Loksewa Nepal

१. डाँक, तरा वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईजहाज मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा
३. हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान
ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सजस्ता सेवाहरू)
१३. औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१४. फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
१५. बैंकिङ सेवा
१६. बिमा सेवा
१७. विद्युत् सेवा
१८. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
२०. मास्कसम्बन्धी सेवा
२१. ह्यान्ड स्यानिटाइजरसम्बन्धी सेवा
२२. भेटेरिनरी सेवा
२३. कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा
२४. राहदानी विभागबाट प्रदान हुने सेवा
२५. इन्टरनेट सेवा ।

नेपालको संविधान, कानुन तथा नीतिमा स्वास्थ्य सम्बन्धी व्यवस्था        #स्वास्थ्यजनचेतना   Good Health स्वास्थ्य खोज Minis...
08/06/2026

नेपालको संविधान, कानुन तथा नीतिमा स्वास्थ्य सम्बन्धी व्यवस्था #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य खोज Ministry of Health and Population-Nepal स्वास्थ्य सूचना Top fans Loksewa Nepal

The 13 Essential Vitamins Vitamin Helps form and maintain healthy skin, teeth, bones and soft tissue      #स्वास्थ्यजनचे...
07/06/2026

The 13 Essential Vitamins Vitamin Helps form and maintain healthy skin, teeth, bones and soft tissue #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य खोज स्वास्थ्य सूचना 🎉

07/06/2026

🚫🍋 अत्यधिक विषादीयुक्त आँप नष्ट गरिंदै!
जनताको स्वास्थ्यभन्दा ठूलो कुनै व्यापार हुँदैन। विषादीयुक्त फलफूल बिक्री गर्नु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड हो। सुरक्षित खाद्य पदार्थ हाम्रो अधिकार हो, यसमा सबै सचेत बनौं। यस्ता व्यापारीलाई कडा भन्दा कडा कारबाही गर्न सरकार समक्ष अनुरोध गर्दछौ । भिडियो सामाजिक सञ्जालबाट #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य सूचना स्वास्थ्य खोज Ministry of Health and Population-Nepal

🩺 कुन रोगमा कुन परीक्षण आवश्यक पर्छ? जानकारीको लागि....स्वास्थ्य समस्याको सही पहिचान र समयमै उपचारका लागि उचित प्रयोगशाल...
07/06/2026

🩺 कुन रोगमा कुन परीक्षण आवश्यक पर्छ? जानकारीको लागि....
स्वास्थ्य समस्याको सही पहिचान र समयमै उपचारका लागि उचित प्रयोगशाला तथा रेडियोलोजी परीक्षण अत्यन्त महत्त्वपूर्ण हुन्छ। रोग अनुसार सामान्यतया गरिने केही प्रमुख परीक्षणहरू #स्वास्थ्यजनचेतना Good Health स्वास्थ्य सूचना स्वास्थ्य खोज Ministry of Health and Population-Nepal Loksewa Nepal

Address

Kathmandu

0977

Telephone

+9779851018589

Website

Alerts

Be the first to know and let us send you an email when Good Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Good Health:

  • Want your business to be the top-listed Health & Beauty Business?

Share