02/06/2026
🏥 नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न 🏥
पाटन इन्टरनेशनल हस्पिटल द्वारा आयोजित वृहत् नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।
यस स्वास्थ्य शिविरमार्फत २०० भन्दा बढी सेवाग्राहीहरूले प्रत्यक्ष लाभ प्राप्त गर्नुभएको छ। शिविरमा सुगर, कोलेस्ट्रोल, मुटु, आँखा, किड्नी, दन्त, महिला स्वास्थ्य, निःसन्तान दम्पती परामर्श तथा हड्डी–नशा सम्बन्धी विशेषज्ञ परामर्श लगायतका सम्पूर्ण सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो।
समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनस्तरसम्म पुर्याउने हाम्रो अभियानमा सहभागी सम्पूर्ण सेवाग्राही, सहयोगी संस्था, प्राविधिक सहयोगीहरू तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
विशेष धन्यवाद यस कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण आयोजक टोली, चिकित्सकहरू, नर्सिङ टोली, प्राविधिक कर्मचारीहरू, प्रशासनिक कर्मचारीहरू तथा स्वयंसेवकहरूलाई। तपाईंहरूको समर्पण, मेहनत र सेवाभावकै कारण यो कार्यक्रम भव्य रूपमा सम्पन्न हुन सकेको हो।
🤝 Organized By:
• Patan International Hospital
• Lions Club of Kathmandu Patan Star
• Nepal Organization for Social Empowerment (NOSE) Foundation
💙 Technical Support By:
• Nepal Medicare Center
• Patan Heart Clinic
• Subha Diagnostic
• Patan International Hospital – Dental Department
• Patan International Optical
"International Excellence with a National Essence"
"अन्तर्राष्ट्रिय उपचार, राष्ट्रिय समर्पण।"
📍 पाटन इन्टरनेशनल हस्पिटल, लुखुसी–ग्वार्को, ललितपुर
📞 ०१-५४०२१०० | ०१-५४०२२००