Dr.Rajan Poudel

Dr.Rajan Poudel Medical Doctor
Heath Care Team Leader of UN CAMAAY Volunteer 2020

के तपाईंको आत्तिने बानीको कारण थाइराइड त होइन?
03/05/2026

के तपाईंको आत्तिने बानीको कारण थाइराइड त होइन?

पहिचान गरौँ, बुझौँ, र समयमै सचेत बनौँ।स्वास्थ्यका हरेक संकेतलाई बेवास्ता नगरौँ।
02/05/2026

पहिचान गरौँ, बुझौँ, र समयमै सचेत बनौँ।
स्वास्थ्यका हरेक संकेतलाई बेवास्ता नगरौँ।

28/01/2021
Latest information regarding CAD on Nepalese Society.
11/10/2020

Latest information regarding CAD on Nepalese Society.

What is Coronary Artery Disease and it's prevention and treatment.

Latest update regarding Fatty Liver .
10/10/2020

Latest update regarding Fatty Liver .

What is Fatty Liver? Causes, Symptoms and Treatment of Fatty Liver.

Read this one .
24/09/2020

Read this one .

Pulse Oximeter for COVID-19 patients and cardiopulmonary patients

22/09/2020

स्तन क्यान्सर बारे जानकारी
१० कारण, ७ लक्षण, परीक्षण र उपचार

स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ।

स्तन क्यान्सरका लक्षण
—नदुख्ने गाँठो आएमा,
—स्तनको मुन्टाबाट रगत बगेमा,
—स्तनको मुन्टा भित्र जान थालेमा,
—छालामा निको नहुने घाउ आएमा,
—काखीमा गाँठागुँठी आएमा,
—स्तनको रङ परिवर्तन हुन थालेमा ।
—अन्ने आदि ।

स्तन क्यान्सरका कारण
स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे पनि निम्न कारणहरूलाई जोखिम मानिएको छः
—वंशाणुगत (रगतको नातामध्ये आमा, दिदी, बहिनी, छोरी कसै एकमा भएमा) कारण स्नत क्यान्सर हुन सक्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ ।
—हर्मोनहरुमा गडबडी हुनाले पनि स्तन क्यान्सर हुन सक्छ ।
—नियमित मदिरा सेवन गर्ने महिलामा ।
—परिवार नियोजनका साधान पिल्सहरु प्रयोग गर्ने महिलामा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ ।
—जिनमा खराबी आएमा पनि क्यान्सर हुन सक्छ ।
—दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि क्यान्सर हुन सक्छ ।
—महिनावारीको गडबडी छ भने पनि स्तन क्यान्सर हुन सक्छ ।
—बच्चा नभएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ ।
—बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको सम्भावना हुन्छ ।

स्तन क्यान्सरको परीक्षण
स्तन क्यान्सरको परीक्षण निकै प्रभावकारी छ । स्तन क्यान्सर भए-नभएको नियमित रूपमा आफैँले परीक्षण गर्न सकिन्छ भने चिकित्सकबाट पनि परीक्षण गराउन सकिन्छ । त्यसैगरी, ४० वर्षमाथिका महिलाले वर्षमा एकपटक स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्नुपर्छ जसले गिर्खाभित्र ठोस वा तरल पदार्थ के छ भन्ने पत्ता लगाउँछ ।
४० वर्षभन्दा कम उमेरका महिलाले स्तन क्यान्सरसँग सम्बन्धित कुनै लक्षण देखिएमा वा शंका लागेमा विभिन्न जाँच गरेर क्यान्सरको पहिचान गर्न सकिन्छ । स्तनको अल्ट्रासाउन्ड, बायोप्सी, सिटिस्क्यान, एमआरआई, पिइटी स्क्यान, छातीको एक्सरे आदि परीक्षण गर्नुपर्छ।
४० वर्षभन्दा माथिका महिलाले क्यान्सरको कुनै लक्षण वा शंका नलागे पनि हरेक वर्ष म्यामोग्राफी गर्नुपर्छ । स्तनको आकार, प्रकार, रङ, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परिवर्तन महसुस भएमा, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

उपचार
स्तन क्यान्सरको उपचार क्यान्सरको चरण, आकार, उमेर, हर्मोनको अवस्था, महिनावारी सुकेपछि वा अघि आदि अवस्थाका आधारमा हुन्छ । शल्यक्रिया (सर्जरी), केमोथेरापी, रेडियोथेरापी, हर्मोनलथेरापी र टार्गेटेड थेरापी यसका उपचार विधि हुन् । यी सबै उपचार सुविधा नेपालमा उपलब्ध छन् ।
यदि, स्तन क्यान्सर भइसकेको पत्ता लाग्यो भने सम्बन्धित सर्जनलाई नै देखाउनुपर्छ । क्यान्सरका लागि गरिने ब्रेस्ट सर्जरी र अन्य सर्जरी फरक कुरा हुन् । सर्जरी गर्दा स्तनको गाँठो मात्र निकालेर हुँदैन । छेउको लिम्फमोड लगायत हेर्नुपर्छ । धेरै जना बिरामी सही डाक्टरकोमा पुग्न नसकेर पनि उचित उपचार सेवाबाट वञ्चित हुने गरेका छन् ।
ब्रेस्ट सर्जरी दुई तरिकाले गरिन्छ । पहिलो हो स्तनलाई नफाली गरिने ‘ब्रेस्ट कन्र्जभेसन सर्जरी’ ।
यो सर्जरी सुरुवाती चरणमा पत्ता लागेको क्यान्सरका लागि उपयोगी हुन्छ । यसमा ट्युमरकासाथै एक सेन्टिमिटर जति मासु पनि निकालिन्छ । यदि, गिर्खा छ भने त्यो पनि निकालिन्छ । यो सर्जरी गरेपछि रेडियोथेरापी अनिवार्य रुपमा दिनुपर्ने हुन्छ ।
हिस्टोप्याथ रिपोर्ट हेरेर रेडियसन दिने-नदिने निर्धारण गरिन्छ । पूरै स्तन निकालेको छ र ट्युमरको आकार पाँच सेन्टिमिटरभन्दा बढी छ भने रेडिएसन चाहिन्छ । रेडिएसन भनेको विकीरणबाट क्यान्सरको सेललाई मार्ने विधि हो । जटिल अवस्थामा पुगेका बिरामीको रक्तस्राब भएको छ, दुखाइ अत्यधिक छ भने त्यसलाई रोक्न पनि रेडिएसन दिने गरिन्छ । क्यान्सरको मुख्य उपचार भनेकै सर्जरी र सर्जरीपछि रेडियोथेरापी हो ।
दोस्रो हो, म्याक्सोटोमी । यसको अर्थ हुन्छ, स्तन पूरै निकाल्ने । स्तन पूरै निकाल्ने भनेको काखीसम्म भएको ‘ग्लान्ड’हरु पनि निकाल्ने हो ।
ट्युमर असाध्यै ठूलो वा रगत बगिरहेको अवस्था छ भने गन्हाउने गर्छ । यस्तो अवस्थामा स्तन फाल्नुका साथै अरु नसाहरु सफा गर्नेगरी सर्जरी हुन्छ । यो बिरामी बाँचुन्जेल सहज जीवन जिउन सजिलो होस् भनेर गरिने उपचार विधि हो । यो चरणमा पुगेको क्यान्सर निको पार्न सकिँदैन तर दुखाइ कम गर्ने वातावरण बनाउन सकिन्छ ।
नेपालमा पनि सानै उमेरमा स्तन क्यान्सर हुने बिरामीको संख्या बढेको छ । बदलिँदो खानामा विभिन्न मिसावट र वंशाणुगत कारणले किशोरी र युवतीमा पनि क्यान्सर हुन्छ ।
युवतीहरुको स्तन क्यान्सरमा सर्जरी गर्दा स्तन वरिपरिको छाला र मुन्टोलाई जोगाउनुपर्छ । किनभने, युवतीका लागि सौन्दर्यका दृष्टिले पनि स्तनको महत्व हुन्छ । यसरी स्तनभित्रको मासुलाई हटाएर पुन ‘रिकन्स्ट्रक्सन’ गर्न सकिन्छ । रिकन्स्ट्रक्सन गर्दा उनको शरीरको अन्य भागको मासु राखेर गर्न सकिन्छ । अर्को सिलिकन पनि राख्न सकिन्छ ।
काटेर फ्यालिएको ठाउँमा आफ्नै शरीरको मासु राख्दा राम्रो हुन्छ । किनकि पछि रेडियोथेरापीबाट सेकाउनुपर्दा केही असर गर्दैन । तर, सिलिकन राखिएको छ भने समस्या पर्न सक्छ । सिलिकन राख्नेहरुलाई पहिला क्यान्सरको पूर्ण उपचार सकेर मात्रै राख्नुपर्छ । यी दुवै सेवा नेपालमा उपलब्ध छ ।
अर्को उपचारविधि केमोथेरापी हो । केमोथेरापी भनेको नसाबाट औषधि दिने विधि हो । केमोथेरापी पनि धेरै प्रकारका हुन्छन् । किमो दिने भनेको बिरामीको जेनेटिक आधारमा फरक हुन्छ । सामान्यतया स्तन क्यान्सरका सबै स्टेजमा केमोथेरापी चाहिन्छ । बिरामीलाई कुन केमो कति दिने भन्ने कुरा ल्याब रिपोर्ट र ‘हर्मोन रिसेप्टर’को अवस्था हेरेर गरिन्छ । हर्मोन रिसेप्टर तीन प्रकारका हुन्छ इआर, पिआर र एचइआर टू ।
केमोथेरापीपछि बिरामीको कपाल झर्छ । तर धेरैमा फेरि कपाल पलाउँदैन भन्ने भ्रम छ । तर, फेरि उस्तैगरी कपाल पलाउँछ । केमो लगाउँदा शरीरलाई गाह्रो हुन्छ भन्ने पनि भ्रम हो । साइड इफेक्ट चाहिँ हुन्छन् । तर, ती साइड इफेक्टबाट जोगाउने अन्य औषधि पनि दिइने भएकाले केमोबाट डराउनुपर्दैन ।
युवतीहरुमा हुने स्तन क्यान्सरको उपचार पाको उमेरकी महिलाको भन्दा चाँडो गर्नुपर्छ । युवा अवस्थामा मानिस जति सक्रिय हुन्छ, क्यान्सर पनि त्यत्तिकै सक्रिय रहन्छ । त्यसैले पाको उमेरका महिलाको तुलनामा युवतीहरुमा क्यान्सर छिटो फैलिने डर हुन्छ ।
स्तन क्यान्सर लाग्दैमा बिरामीको मृत्यु भइहाल्दैन । यदि, सुरुकै अवस्थामा पत्ता लाग्यो भने निको पार्न सकिन्छ । स्तन र ज्यान दुवै जोगाउन सकिन्छ । उपचार खर्च पनि जोगिन्छ । तर लाज र डरका कारण, चेतना नहुँदा, हेलचेक््रयाइँले बिरामीहरु जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गलत परम्पराले धेरैलाई पिरोलेको छ । त्यसैले क्यान्सरबारे चेतना जगाउन पनि उत्तिकै जरुरी छ ।

धेरै बिरामीको अनुरोधमा तयार भएको ।
26/08/2020

धेरै बिरामीको अनुरोधमा तयार भएको ।

Address

Glen Huntly Road
Melbourne, VIC
3163

Telephone

+9779863064864

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Rajan Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr.Rajan Poudel:

Share