16/06/2026
मान्छे सफलता देख्छन्, तर त्यसपछाडिको दुःख प्रायः देख्दैनन्। आज सामाजिक सञ्जालमा लोकप्रिय सेफ सन्तोष साह पक्राउ परेको समाचार भाइरल बन्यो। बेलायतको उच्चस्तरीय होटलमा राम्रो आम्दानी गर्दै पनि उनले टेलिभिजन प्रतियोगितामार्फत नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै छुट्टै पहिचान बनाए। त्यसपछि सुविधा र स्थायित्व छोडेर स्वदेशमै केही गर्ने दृढ सपनाका साथ नेपाल फर्किए।
जनकपुरको स्थानीय स्वादलाई फाइन डाइनिङमार्फत विश्वसामु चिनाउने उद्देश्यले “मिथिला थाली” सुरु गरे र त्यसलाई विस्तार गर्दै काठमाडौंमा पनि शाखाहरू खोले। तर व्यापारिक चुनौती, देशको आर्थिक अवस्था र व्यवस्थापनका जटिलताका कारण उनले समयमै लगानीको दायित्व पूरा गर्न सकेनन्। पटक–पटक चेक बाउन्स भएपछि उनीमाथि बैंकिङ कसुर लागेको खबर आएको छ।
यो घटना केवल एक व्यक्तिको कथा होइन; यो स्वदेश फर्केर केही गर्ने प्रयास गर्ने धेरै युवाको यथार्थ हो। सफलता पछाडि लुकेको संघर्ष, पीडा र चुनौतीलाई बुझ्ने समय हो। सन्तोष साहको यो कठिन अवस्था छिट्टै समाधान होस् भन्ने कामना। Santosh Shah
I am heartily support with chef santosh shah, I was the chef only promoted maithali food in Nepal 🇳🇵,India and USA , but he is promoting in maithali food in international level.