Dhuradham Gwallek Medicare Center Aithpur kanchanpur

  • Home
  • Dhuradham Gwallek Medicare Center Aithpur kanchanpur

Dhuradham Gwallek Medicare Center Aithpur kanchanpur Let Your Health Shine Bright

28/01/2026
24/05/2025

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू
१. घाउ सफा गर्नुहोस्
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै धसेर धुनुहोस् । यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ ।
२. घाउलाई कीटाणु रहित बनाउनुहोस् । सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस् ।
३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नुहोस् ।घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस् । डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस् । जति सक्दो छिटो खोप लागाउनुहोस् ।
खोप जिल्ला अस्पतालहरुमा निशुल्क उपलब्ध हुन्छ ।

रेबीज खोप तालिका
० औं दिन (टोकेको दिन): पहिलो रेबीज खोप

३ औं दिन: दोस्रो खोप

७ औं दिन: तेस्रो खोप

१४ औं दिन: चौथो खोप

२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, ० औं दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ ।
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नु अनिवार्य हुन्छ ।
नोट:-
समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस् ।

14/04/2025

happy new year to all

अब छाला को समस्या छ भने चिन्ता नलिनुस शिभमन्दिर नजिक धुराधाम  ग्वाल्लेक मिडिकियर सेन्टर
01/03/2025

अब छाला को समस्या छ भने चिन्ता नलिनुस
शिभमन्दिर नजिक धुराधाम ग्वाल्लेक मिडिकियर सेन्टर

01/03/2025

welcome to all nyc visit

24/12/2024

रुघा, खोकी, टाउको दुखाइ, हल्का ज्वरो जस्ता लक्षणहरू देखा पर्दा तुरुन्तै साइनेक्स, पारासिटामोल जस्ता औषधि सेवन गर्नु आवश्यक नहुन सक्छ। प्रारम्भिक अवस्थामा घरेलु उपचारहरू प्रभावकारी हुन सक्छन्। यहाँ केही सुझावहरू छन्:

तातो पेय पदार्थको सेवन: तातो पानी, सुप, अदुवा हालेको चिया, तुलसीको काढा जस्ता पेय पदार्थले घाँटीको खसखस कम गर्न र शरीरलाई आराम दिन मद्दत गर्छ।

नुनपानीले कुल्ला गर्ने: मनतातो पानीमा नुन मिलाएर घाँटी कुल्ला गर्दा घाँटीको दुखाइ कम हुन्छ।

बाफ लिने: तातो पानीको बाफ लिँदा नाक बन्द भएको समस्या कम हुन्छ र सास फेर्न सजिलो हुन्छ।

आराम गर्ने: पर्याप्त आराम र निद्राले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले रोगसँग लड्न मद्दत पुर्‍याउँछ।

पोषिलो आहार: भिटामिन 'सी' युक्त फलफूल (जस्तै कागती, सुन्तला) र पोषिलो खाना सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

यदि पाँचदेखि सात दिनसम्म पनि लक्षणहरू कम हुँदैनन्, ज्वरो बढ्दै जान्छ, खकार र सिँगान पहेँलो हुन्छ, सास फेर्न गाह्रो हुन्छ भने चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ। औषधि सेवन गर्नु परेमा पनि चिकित्सकको सल्लाहअनुसार मात्र लिनुपर्छ, किनभने आफूखुसी औषधि सेवन गर्दा साइड इफेक्ट हुन सक्छन्।

Address

Shivmandir Aithpur Chok Bankhet -5

10400

Website

Alerts

Be the first to know and let us send you an email when Dhuradham Gwallek Medicare Center Aithpur kanchanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Health & Beauty Business?

Share