Healthcare.com.tips - हेल्थ कियर

Healthcare.com.tips - हेल्थ कियर No one deserves to be someone else's dirty little secret. If you truly care about someone, you shar

टेन्सन घटाउने ५ टिपs

भागदौड तथा व्यस्तताले भरिपूर्ण
अहिलेको जिवनशैलीमा जो कोही कामकाजी मान्छे
बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न
कुनै तनाबमा रहिरहनुपर्छ । समयमा काम
पूरा नभएको तनाव,
कार्यक्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै
राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाब,
सिमित तलब अर्थात् पैसाले घर

व्यवहारका असिमित
आवश्यकता पूरा गर्नुपर्ने तनाव
आदि आदि घरेलु तथा बाह्य तनावहरु
मान्छेले झेल

िरहेको हुन्छ ।
विज्ञहरुका अनुसार मान्छेमा तनावै नहुने
कुराको कल्पना गर्न सकिन्न र
केही हदसम्मको तनावले
मान्छेका लागि राम्रो गर्ने
उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह
गर्छ तर तनावले सीमा नाघ्यो भने
त्यो हानिकारक हुन्छ । त्यसले
मान्छेको शारीरिक, मानसिक
तथा सामाजिक स्वास्थ्यमै हानी गर्दछ ।
तनावले उच्च रक्तचाप तथा हृदयाघात
जस्ता समस्याको खतरा बढ्छ । त्यसैले
तनावलाई बढ्न दिनुहुँदैन । आखिर
तनावलाई कसरी नियन्त्रण गर्ने त ?
हामीले यहाँ केही टिप्स प्रस्तुत
गरेका छौँ ।
१. बुढापाकाहरुसँग भेट गर्नुहोस् र
कुराकानी गर्नुहोस् । तपाइँलाई निकै तनाव
भएको छ भने तपाइँका वृद्ध
हजुरबा हजुरआमालाई भेट्नुहोस् र उहाँहरुसँगै
बसेर दिन बिताउनुहोस् । आफ्ना वृद्ध
अभिभावकलाई भेट्न सम्भव छैन भने
नजिकैका बुढापाकालाई भेट्न जानुहोस् ।
बुढा पाकासँगको बसाइले तपाइँलाई
शान्ति मिल्छ र मनको तनाव कम हुन्छ ।
२. खानपान बदल्नुहोस् : तपाइँलाई कुनै कुराले
तनाव दिइरहेको छ भने सधै खाएर दिक्क
भएको चिज भन्दा नयाँ चिज खाने
कोसिस गर्नुहोस् । अझ तपाइँले नयाँ पेय
पदार्थको स्वाद लिएर तनावलाई भगाउन
सक्नुहुन्छ । तपाइँले मदिरा नै खानुपर्छ
भन्ने छैन मकटेल्स लिएर आनन्द लुट्न
सक्नुहुन्छ र तातेको दिमागलाई मथ्थर
पार्न सक्नुहुन्छ ।
३. नङलाई बनाउनुस् कलात्मक : अरु
मानिसभन्दा अलग देखिने
चाहना जो कोही महिलाको हुन्छ । हरेक
महिला आफ्नो पोशाक, तथा श्रृंगार र
लुक्सलाई लिएर निकै चनाखो हुन्छन् ।
नेल आर्ट अर्थात् नङलाई सुन्दर
तथा विभिन्न नेल पालिस लगाएर
आकर्षक बनाउने
कला पनि यहीँ मध्येको एक प्यासन हो ।
वास्तवमा नङको श्रृंगार पनि एक
रोमाञ्चक काम हो । यसलाई महिलाले
फुर्सदको दिन अर्थात्
छुट्टीको समयमा मन बहलाउन
तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् ।
४. विभिन्न घरायासी काम अर्थात् घरेलु
सामान बनाउने काममा व्यस्त
रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ ।
महिलाको हकमा प्लास्टिक
वा कपडाका रंगीचंगी फूल बनाउने, घर
कोठा सफाचट् पार्ने जस्ता कामले मन
बहलाउन सहयोग गर्छ । त्यस्तै
पूराना कापी किताबको अध्ययन,
घरकोठा तथा बगैँचाको सरसफाइ, सीप
भएमा फूलदानी वा टोकरी बनाउने,
घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने
जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन
मद्धत गर्छ । तनाव हटाउन
खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल
कामहरु गर्ने गर्नुपर्छ ।
५. पूराना कपडाको रिडिजाइन । के तपाइँ
सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क
हुनुभएको छ ? यदि त्यस्तो हो भने तपाइँले
आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन
सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ
भने आफैले पूराना कपडालाई
नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ ।
यदि तपाइँलाई आउँदैन भने
चित्तबुझ्दो डिजाइनमा रिपेयर
गरिदिन सूचिकारकहाँ लुगा लिएर
जानुहोस् । पूराना कपडालाई
नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले
नौलो अनुभुति पाउन सक्नुहुन्छ ।
आफ्नो नयाँ लुक्स देख्दा तपाइँ
भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव
घटेको महसुस हुनेछ ।
यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव
घट्छ भन्ने कुरा सायद तपाइँलाई
यसअघि थाहा नहुनसक्छ । सन्तुलित
भोजन, नियमित व्यायाम, स्वस्थ
सामाजिक जिवन, सहकार्य, ध्यान
तथा योगा गर्ने
तथा बढि महत्वाकांक्षा नराख्ने
जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग
पूराउँछन् । हेर्दा निकै साधारण
जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव
घटाउला र ? भन्ने प्रश्न पनि हुनसक्छ ।
तर एकचोटी अपनाएर त हेर्नुस्,
तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ ।

27/05/2026

Healthy food

01/08/2020

Depression का बिरामीलाई कसरी सहयोग गर्ने?

01/08/2020

घुँडाको जोर्नीको Ligament र Meniscus Tear

01/08/2020

कुर्कुच्चा, पैताला आदि दुख्ने समस्या (Achilles Tendinitis, Sprained Ankle, Bursitis, Plantar Fasciitis, Tarsal Tunnel Syndrome)

28/07/2020

यो पेजमा स्वास्थ्य सम्बन्धि विबिध कुराहरुको मात्र जानकारी गराइन्छ । यस भन्दा बाहिरि कुनै पनि कुराहरु सेयर तथा समावेश गरिने छैन । "स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो" भन्ने कुरालाई सधै हाम्रो मानसिकतामा राख्नु पर्दछ । धेरैलाई आफ्नो स्वास्थ्य सम्बन्धि केहि ज्ञान नभएका कारण दिनप्रतिदिन बिरामिको शिकार बन्न पुग्छन हो त्यसैले हामिले यो पेज मार्फत जहिले स्वास्थ्य सम्बन्धि कुराहरु सेयर गरेर तपाईहरु माझ पस्कने छौ र तपाइहरुलाई धेरै ज्ञान दिएर बिरामि हुन बाट जोगाउने छौ ।

27/07/2020

Seizure commonly known as mirgi right in Nepal is common manifestation of disease of brain.

05/05/2020
02/03/2020

住所

Murakami-shi, Niigata
958-0851

電話番号

0836697209

ウェブサイト

アラート

Healthcare.com.tips - हेल्थ कियरがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する