जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ

  • Home
  • Nepal
  • Bajhang
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ, Medical and health, Bajhang, pankot, Bajhang.

बिरामी को बढ्दो चाप र सुदुरपश्चिम प्रदेश  सरकारको बजेट बिनियोजनमा ढिलाइ को कारण जिल्ला आयुर्वेद स्वास्थ केन्द्र बझाङमा आ...
30/08/2026

बिरामी को बढ्दो चाप र सुदुरपश्चिम प्रदेश सरकारको बजेट बिनियोजनमा ढिलाइ को कारण जिल्ला आयुर्वेद स्वास्थ केन्द्र बझाङमा आयुर्वेद औषधि अभाव भएपछि आज बिदाको दिन स्थानिय जडिबुटी (एरण्ड, निर्गुण्डी,तोरि , धतुरो, कन्टकारी, अश्वगन्धा, लसुन, मेथी र सैन्धव लवण आदि)को प्रयोग गरेर बाह्य प्रयोगको लागि निर्गुण्डी आदि वातशामक तैल निर्माण गरियो। तेल निर्माण कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण कर्मचारी टिम लाई धेरै धेरै धन्यवाद गर्दछौ।

#प्रयोग :
जोर्नी दुखाइ, मांसपेशीको जकडन, शरीरको रूखोपन, कम्मर दुखाइ तथा वातसम्बन्धी अन्य अवस्थाहरूमा प्रयोग गरिन्छ।

#सावधानी:
छालामा एलर्जी, घाउ वा संक्रमण भएको ठाउँमा चिकित्सकको सल्लाहबिना प्रयोग नगर्नुहोस्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङमा योगगुरु  मोहन बहादुर मल्ल ज्यु बाट  बिहान ठिक 4:30 देखि 6:00  बजे सम्म नियमित र...
25/08/2026

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङमा योगगुरु मोहन बहादुर मल्ल ज्यु बाट बिहान ठिक 4:30 देखि 6:00 बजे सम्म नियमित रुपमा नि.शुल्क योग कक्षा संचालन गर्नुका साथै नियमित योग गरिरहनु भयका योगिहरु को Bp,sugar , BMI सेवाहारु प्रदान र स्वास्थ जीवनशैली परामर्श तथा रोग अनुसार को योग र खानपान सम्बन्धी ज्ञान बारे जानकारी तथा सन्देश दिदै दैनिक योग कक्षा सञ्चालन भइ रहेको जानकारी सहित योग कक्षा मा उपस्थित हुन चाहाने ब्यक्ती ले माथी को समय अनुसार उपस्थित हुनका लाई हार्दिक आमन्त्रित गर्दछौं ।।

आज आयुर्बेद शिरोमणी बालब्रह्मचारी आचार्य श्री बालकृष्ण ज्यु को जन्मदिन  तथा जडिवुटी  दिवसको अबसर मा जिल्ला आयुर्वेद स्वा...
04/08/2026

आज आयुर्बेद शिरोमणी बालब्रह्मचारी आचार्य श्री बालकृष्ण ज्यु को जन्मदिन तथा जडिवुटी दिवसको अबसर मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ का कर्मचारी र पतञ्जलि योग समिति बझाङ्ग का सम्पुर्ण योग साधक ज्यु हरु को समुहले यसजिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ को परिसरमा /आगनमा विभिन्न प्रकारका जडिबुढीहरु बृक्ष रोपण गरियो। यस बृक्षा रोपण कार्यमा सहभागी हुने सम्पुर्ण ब्यक्तिहरु लाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ।

प्रेस बिज्ञप्ती
28/07/2026

प्रेस बिज्ञप्ती

सुचिकृत दर्ता गर्ने सम्बन्धमा ।
22/07/2026

सुचिकृत दर्ता गर्ने सम्बन्धमा ।

धन्यबाद ज्ञापन पत्र       आ.ब  २०८२/०८३ साल को सुरुवात देखि अन्तिम समय सम्म आ-आफ्नो क्षेत्र बाट जिल्ला आयुर्वेद स्वास्थ्...
16/07/2026

धन्यबाद ज्ञापन पत्र
आ.ब २०८२/०८३ साल को सुरुवात देखि अन्तिम समय सम्म आ-आफ्नो क्षेत्र बाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ लागायत बझाङ जिल्ला भरी का आयुर्वेद स्वास्थ्य संस्थाहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ सपोर्ट गरि हाम्रा सेवाहरु लाई जनता सम्म सहज र सरल तरिकाले सेवा प्रवाह गर्न र ब्यवस्थित तरिकाले नियमित कार्यालय सन्चालन तथा अन्य कार्यक्रम सन्चालनमा सहयोग गर्नुहुने बझाङ जिल्ला मा रहेका सबै आयुर्वेद स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी ,संघ, प्रदेश र स्थानिय सरकार तथा कार्यरत कर्मचारी ,मिडिया तथा सन्चारकर्मी ,आयुर्वेद कार्यालयमा विभिन्न सर- सामन तथा औषधि आपुर्तीकर्ता लगायत हाम्रो आयुर्वेद स्वास्थ्य संस्थामा सेवा लिन आउनु भयका सम्पुर्ण सेवाग्राही ज्युहरु र आयुर्वेद प्रती आस्थावान सम्पुर्ण ब्यक्तित्वहरु लाई हार्दिक धन्यबाद ब्यक्त गर्दै अब आउने दिन हरुमा पनि तपाईंहरु सम्पुर्णको साथ सपोर्ट को पुर्ण अपेक्षा राख्दछौ । धन्याबाद

यस बझाङ्ग जिल्ला मा रहेका सबै आयुर्वेद स्वास्थ्य संस्थाहरु ले  यस आ.ब 2082/083 मा आ-आफ्नो कार्य क्षेत्र मा भय गरेका   नि...
12/07/2026

यस बझाङ्ग जिल्ला मा रहेका सबै आयुर्वेद स्वास्थ्य संस्थाहरु ले यस आ.ब 2082/083 मा आ-आफ्नो कार्य क्षेत्र मा भय गरेका नियमित सेवा वा अन्य कार्यक्रम गर्ने क्रम मा भोग्नु परेका कमि कमजोरि , समस्या र चुनौती बारे छलफल गरि उक्त समस्याको सामाधान गर्न आउदा दिन मा गर्नु पर्ने पहल हरु बारे छलफल गरि यस अब आउने आ.ब मा बझाङ जिल्ला मा आयुर्वेद क्षेत्र लाई सहज र सरल तरिका ले सबै जनता सम्म सेवा प्रबाह हुने गरि सबैले हातेमालो गर्दै अघि बढ्न का लागि जिल्ला भित्र का आयुर्वेद स्वास्थ्यकर्मी हरु सङ अन्तरक्रीया /छलफल गरि कार्यक्रम सम्पन्न भयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ मा पहिलो पटक मात्रा वस्ति र दशमुलादि  निरुह वस्ती  सुचारु  भयको जानकारी गर्दछौ ।।
08/07/2026

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ मा पहिलो पटक मात्रा वस्ति र दशमुलादि निरुह वस्ती सुचारु भयको जानकारी गर्दछौ ।।

07/07/2026

एक जना जेष्ठनागरिक बा का कुरा सुनौ है त ।
आयुर्वेद उपचार बाट सन्चो भय पछि सारै खुसी भयर हामी लाई धन्यबाद दिदै हुनुहुन्छ ।।।।

राम्रो काम को सुरुवात आफै बाट गरौँ  । हामी ले त गरेऔँ  है  अब तपाईं को पालो ।
02/07/2026

राम्रो काम को सुरुवात आफै बाट गरौँ ।
हामी ले त गरेऔँ है अब तपाईं को पालो ।

Address

Bajhang, Pankot
Bajhang

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share