26/08/2026
‼️ हार्दिक अनुरोध‼️
मिति २०८३।०५।१० गते बिहान अन्दाजी ९:०० बजे नेपाल चीन सिमाना भई बग्ने भोटेकोशी नदीमा आएको लेदोसहितको भीषण बाढीले रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवन जिल्लाका १४ भन्दा बढी स्थानीय तहमा पुगेको क्षतिबाट प्रभावित मानिसहरुको खोज, उद्धार तथा राहत व्यवस्थापनको सन्दर्भमा देहाय बमोजिम सूचना तथा जानकारी उपलब्ध गराई सहयोग गर्नुहुन सम्पूर्णमा अनुरोध छ।
१. खोज, उद्धार तथा राहतका लागि रिपोर्ट गर्न https://setu.ndrrma.gov.np मा क्लिक गरी विवरण भर्नुहोस्।
२. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगका लागि https://setu.ndrrma.gov.np क्लिक गरी Donate Now Option मा गई QR Code स्क्यान वा डाउनलोड गर्नुहोस्।
३. खोज, उद्धार तथा राहतका लागि देहायका आपत्कालीन नम्बरमा सम्पर्क गर्नुहोस्।
नेपाल प्रहरी : १००, NEOC/DEOC : १२३४, सशस्त्र प्रहरी बल, नेपाल : १११४, हेलो सरकार : ११११, NDRRMA : ९८५१३२०२६९
fans
Health Science Loksewa
HA loksewa preparation
HA Aspirant-Health Loksewa