26/08/2026
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि २०८३ भदौ ८ गते सोमबार आयोजना गरिएको Radiation Protection in Nuclear Medicine सम्बन्धि तालिम सम्पन्न भएको छ ।
यस तालिममा Nuclear Medicine को परिचय, महत्त्व र Radiation को आधारभूत सिद्धान्तहरू, Ionizing Radiation का प्रकारहरू जस्तै Alpha, Beta र Gamma Radiation को पहिचान र तिनको जैविक प्रभावहरू, Radiation Protection का तीन मुख्य सिद्धान्तहरू जस्तै Time, Distance र Shielding को सही कार्यान्वयन, ALARA (As Low As Reasonably Achievable) सिद्धान्तको परिचय र महत्त्व, Radioactive Materials को सुरक्षित Handling, भण्डारण र निष्कासनका मापदण्डहरू, Radiation Monitoring Devices जस्तै Dosimeter र Geiger Counter को सही प्रयोग, Nuclear Medicine मा प्रयोग हुने Radiopharmaceuticals को परिचय र सुरक्षित प्रयोग, Radiation Exposure बाट हुन सक्ने स्वास्थ्यमा पर्ने प्रभावहरू र रोकथामका उपायहरू, Radiation Emergency को पहिचान र तत्काल व्यवस्थापन, Nuclear Medicine विभागमा बिरामीको Nursing Care र सुरक्षित व्यवस्थापन, स्वास्थ्यकर्मी र बिरामीका लागि विशेष Radiation Protection का मापदण्डहरू तथा Radiation Protection सम्बन्धी कानुनी व्यवस्था र नियामक निकायहरूको जानकारी लगायतका महत्त्वपूर्ण विषयहरू समेटिएका थिए।