Neuro Cardio & Multispeciality Hospital

Neuro Cardio & Multispeciality Hospital Pioneering with pride in health care in eastern Nepal.

विगत २५ वर्षदेखि 'आशा, उपचार र मानवता' को मूल मन्त्रसहित सेवा प्रदान गर्दै आएको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी अस...
01/09/2026

विगत २५ वर्षदेखि 'आशा, उपचार र मानवता' को मूल मन्त्रसहित सेवा प्रदान गर्दै आएको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी अस्पताल र लेटाङ्ग एड्भान्स हस्पिटल प्रा.लि. बीच स्वास्थ्य सेवालाई थप सुदृढ बनाउने उद्देश्यले सम्झौता भएको छ।

यो सहकार्यले बिरामीको उपचार प्रक्रियालाई थप सहज, सरल र प्रभावकारी बनाउनुका साथै समुदायको स्वास्थ्य भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। दुबै अस्पतालको विशेषज्ञता र प्रविधिलाई जोड्दै हामी गुणस्तरीय स्वास्थ्य सेवामा नयाँ उचाइ प्राप्त गर्न प्रतिबद्ध छौँ।

Neuro Cardio and Multispeciality Hospital is hiring!Are you a dedicated Medical Officer looking for a rewarding role in ...
01/09/2026

Neuro Cardio and Multispeciality Hospital is hiring!
Are you a dedicated Medical Officer looking for a rewarding role in a leading institution specializing in Neuro, Cardio & Multispecialty care?

Apply Today! Email your CV and scanned certificates to: [email protected]
Or drop them off at our HR Department.

01/09/2026

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको २६औँ वार्षिकोत्सवको अवसरमा उदयपुरको गाईघाटमा आयोजित 'न्यूरो २६ गाईघाट रन' मिनी म्याराथन भव्य रूपमा सम्पन्न भएको छ!

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतज्यूबाट उद्घाटन भएको यस दौडमा २०६ जना उत्साहजनक धावकहरूको सहभागिताले गाईघाटकै सडक गुञ्जायमान बनेको थियो। अस्पतालकि कार्यकारी निर्देशक डा. अनिशा विष्ट, अपरेसनल डाइरेक्टर श्री राजेश भट्टराई, हस्पिटल टिम र स्थानीय गाईघाटवासीहरूको ऊर्जावान् उपस्थितिमा यो मिनी म्याराथन साँच्चै ऐतिहासिक बन्यो।

स्वास्थ्य सचेतना फैलाउने यो प्रयासमा जोडिनुभएका सम्पूर्ण सहभागीहरूमा हार्दिक धन्यवाद!

पूर्वी नेपालका नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप न्यूरो हस्पिटलले आफ्नो व...
30/08/2026

पूर्वी नेपालका नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप न्यूरो हस्पिटलले आफ्नो वार्षिकोत्सव अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। सो अवसरमा ग्रामीण भेगमा खटिनुहुने १०० भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिनुका साथै जनप्रेमी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग, साइकल पार्किङ स्ट्यान्ड निर्माण र खानेपानी तथा शौचालय मर्मतका लागि आर्थिक सहयोग हस्तान्तरण गरियो।

त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत, उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगत, जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राई, हस्पिटलका अध्यक्ष डा. बीरेन्द्र कुमार बिष्ट, कार्यकारी निर्देशक डा. अनिशा बिष्ट र अपरेसनल डाइरेक्टर राजेश भट्टराईको उपस्थिति रहेको उक्त कार्यक्रममा बृहत् निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरियो। शिविरमा डा. रोशन खतिवडा, डा. अमित देव, डा. प्रज्ज्वल खतिवडा, डा. रमाकान्त राय, डा. आशिष राज बिष्ट, डा. अमित प्रताप शाह र डा. जितेन्द्र मण्डल लगायत वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूलाई निःशुल्क परीक्षण, परामर्श तथा औषधि वितरण गरेको थियो।

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको २६औँ वार्षिकोत्सवको अवसरमा उदयपुरको गाईघाटमा 'न्यूरो २६ गाईघाट रन' मिनी ...
30/08/2026

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको २६औँ वार्षिकोत्सवको अवसरमा उदयपुरको गाईघाटमा 'न्यूरो २६ गाईघाट रन' मिनी म्याराथन भव्य रूपमा सम्पन्न भएको छ।

२०८३ भदौ १३ गते शनिबार आयोजित उक्त म्याराथनको समुद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतज्यूले गर्नुभएको थियो। कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्ट, अपरेसनल डाइरेक्टर श्री राजेश भट्टराई लगायत अस्पतालका कर्मचारीहरूतथा स्थानीय गाईघाटवासीहरूको बाक्लो उपस्थिति रहेको थियो। स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले आयोजित यस म्याराथनमा कुल २०६ जना धावकहरूले उत्साहजनक सहभागिता जनाएका थिए।



l

सार्वजनिक अपिल तथा समवेदनामिति २०८३ भदौ १० गते रसुवा तथा त्यस आसपासका क्षेत्रमा आएको भीषण बाढी र पहिरोले पुर्‍याएको अपूर...
27/08/2026

सार्वजनिक अपिल तथा समवेदना

मिति २०८३ भदौ १० गते रसुवा तथा त्यस आसपासका क्षेत्रमा आएको भीषण बाढी र पहिरोले पुर्‍याएको अपूरणीय क्षतिप्रति न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल परिवार गहिरो दुःख व्यक्त गर्दछ।

यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। यस कठिन परिस्थितिमा प्रभावित सम्पूर्ण नागरिक, परिवार तथा समुदायसँग हामी पूर्ण ऐक्यबद्धता जाहेर गर्दछौँ।

साथै, विपद्को यो विषम परिस्थितिमा आफ्नो जीवनको प्रवाह नगरी अहोरात्र उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक एवं सहयोगी हातहरूप्रति उच्च सम्मान तथा हार्दिक आभार व्यक्त गर्दछौँ।

अझै पनि जोखिम कायम रहेकाले सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र आधिकारिक निकायहरूबाट जारी सूचना तथा निर्देशनहरूको पूर्ण पालना गर्न विनम्र अनुरोध गर्दछौँ।

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल परिवार

स्वास्थ्यप्रति सचेतना र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलक...
26/08/2026

स्वास्थ्यप्रति सचेतना र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको आयोजनामा Neuro Gaighat Run 26 – Mini Marathon हुँदैछ।
दौड केवल प्रतिस्पर्धा होइन, स्वस्थ रहन र आफू वरपरका मानिसहरूलाई पनि स्वस्थ जीवनतर्फ प्रेरित गर्ने एउटा माध्यम हो। परिवार, साथीभाइ र समुदायसँगै सहभागी भएर यस अभियानलाई सफल बनाऔँ।

२०८३ भदौ १३ गते, शनिबार बिहान ६:३० बजे, गाईघाटको पिपल चौकबाट दौड सुरु हुनेछ। आउनुहोस्, केही कदम स्वास्थ्यका लागि चालौँ र सँगै एउटा सकारात्मक सन्देश फैलाऔँ।

26/08/2026

जब मुटुको जटिल समस्याले अकस्मात जीवन जोखिममा पर्छ, तब प्रत्येक सेकेन्ड महत्त्वपूर्ण हुन्छ। न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको विशेषज्ञ कार्डियोलोजी टोलीले गम्भीर मुटुरोगीको सफलतापुर्वक Implantable Cardioverter-Defibrillator (ICD) राखेर नयाँ जीवन दिन सफल भएको छ।

उपचारपछि निको भएर मुस्कुराउँदै घर फर्किनुभएका हाम्रा बिरामीको यो यात्राले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गरेको छ।

न्युरो हस्पिटल निरन्तर २४ सै घण्टा उच्चस्तरीय प्रविधि र दक्ष चिकित्सकहरूमार्फत जटिलभन्दा जटिल स्वास्थ्य समस्याको प्रभावकारी उपचार गर्न प्रतिबद्ध छ। किनकि प्रत्येक जीवन अमूल्य छ।

बिरामीको आफ्नै शब्दमा उहाँको प्रेरणादायी अनुभव सुन्न पुरा भिडियो हेर्नुहोस्!

25/08/2026

स्वास्थ्य सेवामा २६ औं गौरवशाली वर्ष प्रवेशको अवसरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्राङ्गणमा वार्षिकोत्सव समारोह हर्षोल्लासका साथ सम्पन्न भएको छ।
कार्यक्रममा अपरेसनल डाइरेक्टर श्री राजेश भट्टराई, एकेडेमिक निर्देशक एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. नबीन कुमार कर्ण, मेडिकल निर्देशक एवं वरिष्ठ फिजिसियन डा. विवेक कट्टेल, अस्पताल निर्देशक डा. ऋतिक विष्टलगायत वरिष्ठ कन्सल्टेन्टहरू, विभाग प्रमुखहरू र सम्पूर्ण कर्मचारी वर्गको उत्साहजनक उपस्थिति रहेको थियो।
हामीमाथि निरन्तर विश्वास र भरोसा राख्नुहुने सम्पूर्ण बिरामीहरू, शुभचिन्तकहरू र अहोरात्र खट्ने टोलीलाई हार्दिक धन्यवाद! आगामी दिनहरूमा अझै उत्कृष्ट र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हामी सदैव प्रतिबद्ध छौं।

स्वास्थ्य सेवाको २६ औं गौरवशाली वर्ष प्रवेशको अवसरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्राङ्गणमा हर्षोल्लास...
24/08/2026

स्वास्थ्य सेवाको २६ औं गौरवशाली वर्ष प्रवेशको अवसरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्राङ्गणमा हर्षोल्लासका साथ वार्षिकोत्सव समारोह मनाइएको छ।

उक्त विशेष कार्यक्रममा अपरेसनल डाइरेक्टर श्री राजेश भट्टराई, एकेडेमिक निर्देशक एवं वरिष्ठ अर्थोपेडिक सर्जन नबीन कुमार कर्ण , मेडिकल निर्देशक एवं वरिष्ठ फिजिसियन डा. विवेक कट्टेल, अस्पताल निर्देशक डा. ऋतिक विष्ट, वरिष्ठ कन्सल्टेन्टहरू, विभाग प्रमुखहरू तथा सम्पूर्ण कर्मचारी वर्गको उपस्थिति रहेको थियो।

हामीमाथि निरन्तर विश्वास र भरोसा राख्नुहुने हाम्रा सम्पूर्ण बिरामीहरू, शुभचिन्तकहरू र सम्पूर्ण कर्मचारीहरू लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा अझै उत्कृष्ट र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हामी सदैव प्रतिबद्ध छौं।

Address

Jahada Road
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Neuro Cardio & Multispeciality Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neuro Cardio & Multispeciality Hospital:

Shortcuts

Share