Loksewa Preparation Target groups

Loksewa Preparation Target groups In this group H.A /staff nurse /cma/ anm all mcq submit ... new update

20/07/2026

श्रीमान् प्रधानमन्त्री ज्यू, मिति: २०८३/०४/०४
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं।

विषय: मुख्य सचिवको अध्यक्षतामा भएको स्थायी पदपूर्ति
रोक्ने निर्णय तत्काल खारेज गरी लोकसेवा आयोगको
वार्षिक कार्यतालिकाअनुसार विज्ञापन सुनिश्चित गरियोस्।

माननीय प्रधानमन्त्रीज्यू,
लोकसेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक भएपछि देशभरका हजारौँ तयारीरत युवामा आशा र उत्साह जागेको थियो। तर, मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्ति नगर्ने तथा लोकसेवा आयोगमा माग नगर्ने/नगराउने निर्णय गरेको भन्ने जानकारी सार्वजनिक भएपछि लाखौँ तयारीरत युवाको भविष्य अन्योलमा परेको छ।

हामी सरकारसँग कुनै विशेष सुविधा मागिरहेका छैनौँ। हाम्रो माग केवल संविधान, कानुन, योग्यता, निष्पक्ष प्रतिस्पर्धा र लोकसेवा आयोगको वार्षिक कार्यतालिकाको सम्मान हो।

अतः, लोकसेवा आयोगको नियमित पदपूर्ति प्रक्रियामा अवरोध पुर्‍याउने उक्त निर्णय तत्काल खारेज गरी वार्षिक कार्यतालिकाअनुसार विज्ञापन प्रकाशित गर्न आवश्यक पहल गरियोस्।

हजारौँ युवाको भविष्यसँग जोडिएको विषयलाई हल्का रूपमा नलिइयोस्। हामी सडकमा उत्रिन चाहँदैनौँ, तर युवाको भविष्य अन्योलमा पार्ने निर्णय कायम रहेमा आफ्ना संवैधानिक अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाउन बाध्य हुनेछौँ। त्यस अवस्थाको जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्नेछ।

हाम्रो स्पष्ट माग:
√ मुख्य सचिवको अध्यक्षतामा भएको उक्त निर्णय तत्काल खारेज गरियोस्।

√ लोकसेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार विज्ञापन समयमै प्रकाशित गरियोस्।

√ तयारीरत युवाको भविष्यसँग कुनै पनि प्रकारको खेलवाड नगरियोस्।

भवदीय,
लोकसेवा तयारीरत सम्पूर्ण उम्मेदवारहरूको तर्फबाट

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रस्तावित नयाँ संगठन संरचना !!
28/05/2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रस्तावित नयाँ संगठन संरचना !!

20/05/2026

कर्मचारीलाई खुसिको खबर: कर्मचारीको तलब बढाउने ड्राफ्ट तयार !महंगीले आकाश छुँदा पनि विगत ३ वर्षदेखि तलब नबढेर निराश बनेका राष्ट्र सेवक कर्मचारीहरुको लागि तलब भत्ता पुनरावलोकन समितिले वृद्धिको मस्यौदा (ड्राफ्ट) तयार पारिसकेको छ ।❤️

राज्यको ढुकुटी रित्तो भए पनि अनावश्यक दरबन्दी काटेर र मन्त्रालयको पुनर्संरचना गरेर तलब बढाउने सरकारको रणनीति छ ।
जेठ १५ गते संसदमा पेश हुने आगामी बजेटमार्फत तलब वृद्धिको आधिकारिक घोषणा हुने भएको छ ।

CTEVT, शैक्षिक शत्र २०८३/०८४ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फ भर्ना प्रक्रियाका लागि Online आवेदन फारा...
12/05/2026

CTEVT, शैक्षिक शत्र २०८३/०८४ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फ भर्ना प्रक्रियाका लागि Online आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!

लुम्बिनी प्रदेश दाेस्राे आवधिक याेजना काे विभिन्न परिसूचकहरुकाे अवस्था र लक्ष्य ।
30/03/2026

लुम्बिनी प्रदेश दाेस्राे आवधिक याेजना काे विभिन्न परिसूचकहरुकाे अवस्था र लक्ष्य ।

29/03/2026

स्वास्थ्य क्षेत्र सुधारको लागि गर्नुपर्ने केहि कामहरु:

१. संघीयता अनुसार स्वास्थ्य सेवा ऐन निर्माण र कार्यान्वयन
२. संघ–प्रदेश–स्थानीय तहबीच भूमिका स्पष्टता र समन्वय सुदृढीकरण
३. स्वास्थ्य नीति, रणनीति र कानुनहरूको पुनरावलोकन र समायोजन
४. स्वास्थ्य क्षेत्रमा पारदर्शी र merit-based नियुक्ति प्रणाली
५. राजनीतिक हस्तक्षेप मुक्त स्वास्थ्य प्रणाली
६. स्वास्थ्य क्षेत्रमा श्रमशोषण नियन्त्रण
७. एकीकृत राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापना
८. खाद्य तथा औषधि नियमनका लागि एकीकृत निकाय गठन
९. स्वतन्त्र सेवाको गुणस्तर नियामक स्थापना
१०. स्थानीय स्वास्थ्य प्रणालीमा न्यूनतम ३ अधिकृत प्राविधिक जनशक्ति सुनिश्चित
११. प्रदेश तथा जिल्ला स्वास्थ्य संरचनामा एकरूपता कायम, जिल्ला स्वास्थ्य कार्यालयलाई ७, ८ र ९ को संघीय कार्यान्यन निकायको रुपमा विस्तार
१२. स्वास्थ्य संस्थाको जनसंख्याको आधारमा पुन-र्वर्गीकरण र सेवा निर्धारण
१३. प्रभावकारी referral (प्रेषण) प्रणाली विकास
१४. सेवा पहुँच र गुणस्तर सुधारमा केन्द्रित प्रणाली विकास
१५. स्वास्थ्यकर्मी अभाव र पलायन रोक्न समाधानका लागि दीर्घकालीन योजना
१६. चिकित्सकहरुको retention का लागि विशेष प्रोत्साहन प्याकेज
१७. समान वितरण, तालिम र निरन्तर पेशागत विकास
१८. पारदर्शी सरुवा–बढुवा तथा online HR प्रणाली
१९. नयाँ विशेषज्ञता हरुको पढाई तथा पद सिर्जना (public health Law, Health Economist, Field epidemiologist, digital health expert आदि)
२०. नेपालको जनशक्ति खपद गर्ने देशहरु सहित रोजगारसम्बन्धी सहकार्य र जनशक्ति उत्पादनमा लगानी आकर्षण
२१. dual practice अन्त्यका लागि सेवा सुविधा सुधार
२२. जनतालाई एकीकृत डिजिटल हेल्थ रेकर्ड प्रणाली (QR आधारित) विकास
२३. Mobile app मार्फत स्वास्थ्य सूचना जनतासम्म पहुँच, जनचेतना र समुदायमा आधारित स्वास्थ्य शिक्षा प्रवर्द्धन
२४. Interoperable health data प्रणाली विकास
२५. औषधि तथा उपकरण खरिदका लागि छुट्टै खरिद ऐन/मापदण्ड
२६. नेपाल औषधि लिमिटेडलाई विस्तार, स्वदेशी औषधि उत्पादन र आत्मनिर्भरता प्रवर्द्धन
२७. आयुर्वेद तथा औषधि उद्योग विकासलाइ प्राथमिकताको उधोग क्षेत्र घोषणा
२८. राष्ट्रिय औषधि प्रयोगशाला सुदृढीकरण र दायरा विस्तार
२९. प्रविधि हस्तान्तरणका लागि अन्तर्राष्ट्रिय औषधि उत्पादकहरु सित सहकार्य
३०. स्वास्थ्य बजेट कम्तीमा १०% पुर्‍याउने लक्ष्य
३१. out-of-pocket खर्च घटाउने नीति
३२. कर–आधारित र बीमा मिश्रित स्वास्थ्य वित्त प्रणाली
३३. सामाजिक सुरक्षाका कार्यक्रमहरु र स्वास्थ्य बीमा कार्यक्रम एकीकरण
३४. चिनीजन्य पदार्थ, तम्बाकू, मदिरा जस्ता हानिकारक वस्तुमा कर वृद्धि
३५. “Health in All Policies” कार्यान्वयन
३६. जलवायु परिवर्तन, प्रदूषण, AMR र महामारी तयारीमा जोड

मन परे COPY PASTE गरेर जनहितमा जारी गरौँ।
धन्यवाद।
Sagun Paudel

🔴  #परीक्षा_मिति तोकिएको सूचना। ✅©️ बागमती प्रदेश
24/03/2026

🔴 #परीक्षा_मिति तोकिएको सूचना। ✅
©️ बागमती प्रदेश

Congratulations PM B***n Sahझापा-५ मा बालेन शाहको ऐतिहासिक विजयी! केपी ओलीलाई भारि मतले पराजय गर्दै, बालेनले खोले संसद् ...
07/03/2026

Congratulations PM B***n Sah
झापा-५ मा बालेन शाहको ऐतिहासिक विजयी! केपी ओलीलाई भारि मतले पराजय गर्दै, बालेनले खोले संसद् र भावी प्रधानमन्त्रीको ढोका!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन शाहले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 68,348 मतको भारी अन्तरले पराजित गर्दै इतिहास रचेका छन्। ओलीले यस क्षेत्रबाट मात्र 18,734 मत पाएका थिए। यो विजयीसँगै बालेनले संसद्को ढोका मात्र खोलेनन्, सिङ्गो देशको राजनीतिक कोर्स बदल्दै 'भावी प्रधानमन्त्री' का रूपमा आफूलाई निर्णायक शक्तिका रूपमा उभ्याएका छन्।

07/03/2026

बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ है ! !

(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।

(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।

06/03/2026

RSP win first seat from Kathmandu 1!

Ranju Darshana : 12078
Prabal Thapa : 5216
Rabindra Mishra (Halo) : 3185

Total Vote Count: 23226

Address

Birgunj
845306

Telephone

+919845866618

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Preparation Target groups posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Loksewa Preparation Target groups:

Shortcuts

Share