25/07/2023
⛈️☔💦 वर्षा ऋतुचर्या भाग २ - पथ्य-अपथ्य आहार विहार 💦☔⛈️
✖️ अपथ्य आहार विहार : ✖️
👹👹👹👹👹👹👹👹👹
वर्षाऋतुमा शरीरको अग्निलाई मन्द र वातलाई प्रकुपित गराउनेवाला सबै खानेकुरा र कर्मलाई त्यागेर निरोगी रहन सकिन्छ।
- वर्षाऋतुमा चिसो पानी, सरबत, लौका, घिरौंला आदि जस्ता अग्नि कम गराउनेवाला खानेकुरा निषेधित छ। दिउँसो सुत्नाले कफ बढ्दछ जसकारण अग्नि झन् मन्द हुन्छ, त्यसैले यो याममा दिउँसोमा सुत्न निषेध गरिएको छ।
- वर्षाऋतुमा मैथुन(सम्भोग) गर्नाले वायुको प्रकोप हुन्छ र ज्वरो आउँछ, त्यसैले मैथुनक्रिया पनि यो याममा गर्न अत्यन्तै घातक हुन्छ।
- अत्याधिक व्यायाम गर्नाले पनि वायु प्रकुपित हुन्छ, त्यसैले व्यायाम र दौडधूपबाट बच्नु पनि राम्रो हुन्छ।
✔️ पथ्य आहार विहार : ✔️
😃😃😃😃😃😃😃😃
यो ऋतुमा वात(वायु)लाई शान्त पार्ने र जठराग्नि बढाउने कार्य गरेर रोगबाट बच्न धेरै सजिलो हुन्छ, त्यसैले वर्षायाममा खट्टो-अमिलो, नुनिलो र चिल्लो खानेकुरा खाँदा शरीर निरोगी रहन्छ।
- भारी वर्षाको दिनमा तेलमा तारेको पकौडा खाँदा जठराग्नि प्रबल हुन्छ, त्यसैले स्वभाविक रूपमा पकौडा खान जिब्रो लालयित हुन्छ। तर शुद्ध तोरी या तिलको तेलमा मात्रै पकौडा बनाउनु राम्रो हुन्छ। रिफाइन्ड तेलमा बनेको पकौडाले उल्टै नकारात्मक असर गरेर बिरामी बनाउँछ, त्यसैले भुलेर पनि रिफाइन्ड तेल प्रयोग गर्नुहुँदैन।
- अग्निलाई प्रबल गराउने अदुवा, खुर्सानी र खट्टो करौंदा खाँदा अग्नि प्रबल हुन्छ, त्यसैले यस ऋतुमा उपरोक्त सबै चिजहरू खानासँगै खानुपर्छ।
- ज्वरो आइहालेमा गौमूत्र(काठे गाईको), अदुवा, तुलसी तीनवटै मिसाएर एकसाथ सेवन गरेर प्राकृतिक रूपमा ज्वरोलाई निको पार्न सकिन्छ। किनकी उपरोक्त तीनवटै औषधीले वायुलाई क्षमन(शमन) र अग्निलाई प्रबल गर्छ।
मंदाग्निलाई प्रबल र वातरोग दुवैलाई एकसाथ शान्त पार्ने लघु(हलुका), स्निग्ध(चिल्लो) र उष्ण(गरम्) खानेकुराको सेवन गर्नु अतिउत्तम हुन्छ।
- बोक्रासहितको मूंगको दाल र मसूरो कालो दाल पच्नमा लघु(हल्का) र अग्निवर्धक(अग्नि बढाउने) हुनाले उत्तम हुन्छ। यिनको यूष(सूप/रस)मा शुद्ध गौघृत(काठे गाईको) मिसाएर पिउनाले अग्निवर्धन हुन्छ।
- षड्-रस(६ वटा स्वाद)मध्ये खट्टो, नुनिलो र थोरै तीतो उत्तम हुन्छ। यसै कारणले वर्षाऋतुमा खट्टो करौंदा एवं थोरै हरियो खुर्सानी हालेर खानासित खाँदा मंदाग्निको दीपन भएर त्यसको प्रकोप कम हुन्छ। अग्निलाई प्रबल गराएर उपरोक्त लिखित बिमारीहरूबाट सजिलैसंग बच्न सकिन्छ।
- वर्षाऋतुमा पुरानो जौ, गहुँ र चामल जस्ता अन्नहरू सधैं खानुपर्छ किनभने तिनीहरू नयाँ अन्नभन्दा पचाउन लघु(हल्का) हुन्छन्।
- वर्षायाममा महीको सेवन गर्नु सर्वोत्तम कार्य हो किनकी मही लघु एवं अग्निलाई बढाउने अतिउत्तम पदार्थ हो। महीलाई झन् बढी अग्निवर्धक बनाउन त्यसमा जीरा, सींधेनुन र शुद्ध हींगले झाने हुन्छ। यसरी बनाइएको महीमा अग्निलाई दीपन गरेर वर्षाबाट हुने सबै रोगबाट बचाउने र रोग लागिहालेमा तिनलाई जित्ने अजेयशक्ति हुन्छ।
- जसको जठराग्नि(भोक) अलि तेज छ, उनले यो ऋतुमा थोरै मात्रामा दही(उष्ण प्रकृतिको हुनाले)को सेवन पनि गर्नसक्छन्। यत्ति ध्यान रहोस् कि दहीलाई कहिल्यै पनि सात दिनसम्म लगातार खानुहुन्न, नत्र त्यसले कब्जियत गराउँछ।
- नीम, चिराइतो र गिलोय(चिनीलहरो) जस्ता तीतो र टर्रो औषधिको सट्टा उष्ण(गरम्) प्रकृतिको तुलसी, अदुवा, सोंठ, गौमूत्र(काठे गाईको) आदि सेवन गर्नु राम्रो हुन्छ। उपरोक्त विचार ऋतुजन्य रोगहरुलाई ध्यानमा राखेर लेखिएको हो।
- यो ऋतुमा उष्ण प्रकृतिको गौमूत्र(काठे गाईको) पिउनाले अग्नि बलियो हुन्छ, साथै वायुनाशक हुनाले गौमूत्रको सेवन यस मौसममा हुने रोगहरुको लागि अतिउत्तम मानिन्छ।
महर्षि वाग्भट्टले बताएको वर्षायामको पथ्य गर्नेहरूले नियमहरूलाई ध्यानमा राख्दै यस ऋतुमा पनि परम्आनन्द लिंदै स्वस्थ शरीरको कल्पना एवं धारण गर्न निकै सजिलो छ। आयुर्वेदमा आधारित दिनचर्या अपनाए जीवनमा आनन्द बढ्दछ र शरीरलाई निरोगी राख्दै अकालमृत्युबाट बच्न सकिन्छ।
हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल