Vipassana Pharmacy

Vipassana Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vipassana Pharmacy, Medical and health, Butwal/11 Kalikanagar , Near to shivalaya Mandir, Butwal.

Our Vision
स्वस्थ, समृद्ध र सशक्त समाज निर्माण गर्नु हाम्रो उद्देश्य हो।
हाम्रा सेवाहरूले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई सुदृढ गर्दै, स्वस्थ जीवनशैली र दीर्घकालीन समृद्धिलाई प्रवर्द्धन गर्नेछ।

थोक औषधि ब्यबसायिले खुद्रामा औषधि बेच्नु अपराध हो ।
09/07/2026

थोक औषधि ब्यबसायिले खुद्रामा औषधि बेच्नु अपराध हो ।

“हरेक चुरोटले तपाईंको रक्तनली नष्ट गरिरहेको हुन्छ, युवाहरूले यो कुरा बुझ्नै चाहँदैनन्” : प्रो. डा. भगवान कोइरालावरिष्ठ म...
09/07/2026

“हरेक चुरोटले तपाईंको रक्तनली नष्ट गरिरहेको हुन्छ, युवाहरूले यो कुरा बुझ्नै चाहँदैनन्” : प्रो. डा. भगवान कोइराला

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रो. डा. भगवान कोइराला भन्छन्–“चुरोट भन्ने कुरा मानिसहरूले अझै पनि राम्रोसँग बुझेका छैनन्। विशेषगरी युवायुवतीहरू रमाइलोका लागि चुरोट सेवन गर्छन्। तर, प्रत्येक चुरोटले हाम्रो शरीरका रक्तनली (ब्लड भेसल) लाई बिस्तारै नष्ट गरिरहेको हुन्छ।

रक्तनलीको भित्री तहलाई ‘इन्डोथेलियम’ भनिन्छ। चुरोटमा रहेको निकोटिनले यही इन्डोथेलियमलाई क्षति पुर्‍याउँछ। जब इन्डोथेलियममा साना–साना चिरा वा क्षति हुन्छ, त्यही ठाउँमा बोसो जम्न थाल्छ। साथै, रगत जमाउने तत्व प्लेटलेट पनि त्यहाँ टाँसिन थाल्छ।

सामान्य अवस्थामा स्वस्थ इन्डोथेलियममा बोसो र प्लेटलेट सजिलै टाँसिँदैनन्। तर निकोटिनका कारण इन्डोथेलियम बिग्रिएपछि बोसो जम्ने, रक्तनली साँघुरिने र अन्ततः रगतको डल्लो (क्लट) बन्ने जोखिम बढ्छ। यही प्रक्रियाले मुटुघात र पक्षघातजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ।

प्रो. डा. कोइरालाका अनुसार अत्यधिक मानसिक तनावमा रहने व्यक्तिहरूमा पनि इन्डोथेलियममा क्षति पुग्ने सम्भावना हुन्छ। त्यसले प्लेटलेटलाई सक्रिय बनाइ रगत जम्ने तथा क्लट बन्ने जोखिम बढाउँछ। त्यसैले चुरोट सेवन मुटु र रक्तनलीका लागि अत्यन्तै हानिकारक बानी हो।

27/06/2026
नयाँ वर्ष २०८३ को शुभ  अवसरमा,हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा आत्मीय जनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत...
14/04/2026

नयाँ वर्ष २०८३ को शुभ अवसरमा,हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा आत्मीय जनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, उमंग र निरोगीपन लिएर आओस्।
तपाईको स्वास्थ्य नै हाम्रो प्राथमिकता हो।
स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्!
विपश्यना हेल्थ क्लिनिक

विपश्यना हेल्थ क्लिनिकका संस्थापक सदस्य एवं हाम्रा समर्पित र मेहनती फार्मासिस्ट Mahesh Pandeyलाई जन्मदिनको धेरै-धेरै  शु...
11/01/2026

विपश्यना हेल्थ क्लिनिकका संस्थापक सदस्य एवं हाम्रा समर्पित र मेहनती फार्मासिस्ट Mahesh Pandeyलाई जन्मदिनको धेरै-धेरै शुभकामना व्यक्त गर्दछौं।

यो संस्थाको स्थापनाकाल देखि नै तपाईंले गर्नुभएको त्याग, कठोर परिश्रम र निस्वार्थ समर्पणकै नतिजा हो कि आज विपश्यना हेल्थ क्लिनिकले हरेक दिन सफलताको नयाँ उचाइ लिइरहेको छ। तपाईंको दूरदर्शी सोच र संस्थाप्रतिको लगाव हामी सबैका लागि प्रेरणाको स्रोत हो।

तपाईंको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौं!

विपश्यना हेल्थ क्लिनिक परिवार बुटवल, नेपाल

Address

Butwal/11 Kalikanagar , Near To Shivalaya Mandir
Butwal
00977

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when Vipassana Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share