Nepal Pharmaceutical Association - NPA Sudurpashchim province

Nepal Pharmaceutical Association - NPA Sudurpashchim province NPA सबै भन्दा पुरानो सम्पुर्ण फर्मासिस्ट र सहायक फर्मासिस्ट को साझा छाता सङगठन हो । जुन बि.स. २०२८ साल मा स्थापना भएको थियो ।

नेपाल फार्मेशि काउन्सिल सदस्य पद को लागि अन्तर्वार्ता सुचना ।।
03/09/2026

नेपाल फार्मेशि काउन्सिल सदस्य पद को लागि अन्तर्वार्ता सुचना ।।

 #नेपाल फार्मेसी परिषद्को ३१ औ नाम दर्ता परीक्षा उतिर्ण फार्मेसी सहायकहरु को नाम दर्ता प्रमाण -पत्र वितरण सम्बन्धी जरुरी...
02/09/2026

#नेपाल फार्मेसी परिषद्को ३१ औ नाम दर्ता परीक्षा उतिर्ण फार्मेसी सहायकहरु को नाम दर्ता प्रमाण -पत्र वितरण सम्बन्धी जरुरी सूचना!

Gandaki Province Pharmacy Supervisor Question Paper
02/09/2026

Gandaki Province Pharmacy Supervisor Question Paper

औषधि फिर्ता (Recall) गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।
01/09/2026

औषधि फिर्ता (Recall) गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।

विपद्को समयमा मानवीय सहयोगका लागि धन्यवाद 🙏🇳🇵देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा डुबानबाट प्रभावित नागरिकहरू...
28/08/2026

विपद्को समयमा मानवीय सहयोगका लागि धन्यवाद 🙏🇳🇵

देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि देउराली–जनता फर्मास्युटिकल्स प्रा.लि. (DJPL) ले आफ्नो CSR पहलअन्तर्गत राहत सामग्री उपलब्ध गराएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

DJPL द्वारा विभिन्न प्रकारका अत्यावश्यक औषधि, खाद्यान्न, खानेपानी तथा कम्बल लगायतका राहत सामग्रीहरू उपलब्ध गराइएको छ।

उक्त राहत सामग्री जिल्ला प्राकृतिक विपद् राहत समितिमार्फत नुवाकोटको त्रिशूलीस्थित सैनिक तालिम केन्द्रमा नेपाली सेनालाई हस्तान्तरण गरिएको हो। नेपाली सेनामार्फत उक्त सामग्रीहरू विपद्बाट प्रभावित तथा आवश्यकता परेका समुदायसम्म पुर्‍याइनेछ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको स्वास्थ्य, सुरक्षा र दैनिक जीवनमा केही राहत पुगोस् भन्ने उद्देश्यले गरिएको यो सहयोग DJPL को सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको प्रशंसनीय उदाहरण हो।

यस मानवीय सहयोगका लागि देउराली–जनता फर्मास्युटिकल्स परिवारप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौँ। 🙏

विपद मा साथ दिऔँ।
मानवताको हात बढाऔँ।
सँगै उभिऔँ, सँगै पुनर्निर्माण गरौँ। 🇳🇵

रक्षा बन्धनको हार्दिक शुभकामना 🙏❤️भाइ–बहिनीबीचको पवित्र प्रेम, आत्मीयता, विश्वास र जीवनभरको साथलाई अझ मजबुत बनाउने विशेष...
28/08/2026

रक्षा बन्धनको हार्दिक शुभकामना 🙏❤️

भाइ–बहिनीबीचको पवित्र प्रेम, आत्मीयता, विश्वास र जीवनभरको साथलाई अझ मजबुत बनाउने विशेष पर्व रक्षा बन्धनको हार्दिक शुभकामना।

यस पावन अवसरले दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह, सम्मान र एकतालाई अझ प्रगाढ बनाउँदै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। 💐

सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना!

🙏🌸 शुभ रक्षा बन्धन 🌸🙏

Maha Om Raj Joshi
#सचिब
Nepal Pharmaceutical Association - NPA Sudurpashchim province

दिल्ली अपराध शाखाले महँगो क्यान्सर औषधिहरूको कथित कालो बजारीबारे एउटा ठूलो खुलासा गरेको छ। अनुसन्धानले देखाएको छ कि एक ल...
27/08/2026

दिल्ली अपराध शाखाले महँगो क्यान्सर औषधिहरूको कथित कालो बजारीबारे एउटा ठूलो खुलासा गरेको छ। अनुसन्धानले देखाएको छ कि एक लाख रुपैयाँसम्ममा बिक्री भइरहेको अभास्टिन (Avastin) इन्जेक्सनमा पानी मात्रै राखिएको थियो।

औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न चाहनुहुने व्यक्ति तथा निकायले तत्काल निम्न औषधिहरू सहयोग गर्न सक्नुहुनेछ: स्वास्थ्...
27/08/2026

औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न चाहनुहुने व्यक्ति तथा निकायले तत्काल निम्न औषधिहरू सहयोग गर्न सक्नुहुनेछ: स्वास्थ्य मन्त्रालय

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार तथा स्वास्थ्य सेवाका लागि ध्यानाकर्षणचीनको...
26/08/2026

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार तथा स्वास्थ्य सेवाका लागि ध्यानाकर्षण

चीनको तिब्बत क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट रसुवा, नुवाकोट लगायतका क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल फर्मास्युटिकल एसोसिएसन, सुदूरपश्चिम प्रदेश समिति गहिरो दुःख एवं चिन्ता व्यक्त गर्दछ।

बाढीका कारण ठूलो संख्यामा नागरिकको ज्यान गएको, सयौँ व्यक्ति सम्पर्कविहीन भएको तथा टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती लगायतका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको घटनाले हामी अत्यन्त मर्माहत भएका छौँ। साथै, विदेशी तथा नेपाली पर्यटकहरू समेत सम्पर्कविहीन भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौँ।

यस दुःखद विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा सम्पर्कविहीन सम्पूर्ण नागरिकहरूको सकुशल उद्धारको कामना गर्दछौँ।

यस विपद्को समयमा उद्धार, राहत तथा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित स्वास्थ्य संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।

विशेषगरी प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको पर्याप्त आपूर्ति, सुरक्षित भण्डारण र उचित वितरण सुनिश्चित गर्न, घाइते तथा प्रभावित नागरिकलाई आवश्यक उपचार तथा औषधि सहज रूपमा उपलब्ध गराउन र विपद्पश्चात् फैलिन सक्ने संक्रामक रोग नियन्त्रणका लागि आवश्यक पूर्वतयारी गर्न अनुरोध गर्दछौँ।

साथै, औषधिको व्यवस्थापन, सुरक्षित वितरण तथा तर्कसंगत प्रयोगमा फार्मासिस्ट तथा फार्मेसी सहायकहरूको महत्वपूर्ण भूमिका रहने भएकाले विपद् प्रभावित क्षेत्रमा आवश्यकताअनुसार फार्मेसी जनशक्तिको समेत परिचालन गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछौँ। औषधिको कृत्रिम अभाव, कालोबजारी तथा अनुचित मूल्यवृद्धि हुन नदिन प्रभावकारी अनुगमन गर्न समेत अनुरोध गर्दछौँ।

नेपाल फर्मास्युटिकल एसोसिएसन, सुदूरपश्चिम प्रदेश समिति यस मानवीय विपद्को समयमा उद्धार, राहत, स्वास्थ्य सेवा तथा औषधि व्यवस्थापनका लागि आवश्यक समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछ।

Maha Om Raj Joshi

Nepal Pharmaceutical Association - NPA Sudurpashchim province

१६ बैशाखमा तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसीको नाममा तामझामको साथ उद्घाटन गरेको सो फार्मेसी एउटा निजी संस्थाले नगरपालि...
25/08/2026

१६ बैशाखमा तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसीको नाममा तामझामको साथ उद्घाटन गरेको सो फार्मेसी एउटा निजी संस्थाले नगरपालिकासंग ठेक्का लिएर चलाएको पाइएको छ ।

नगरपालिकाले बुट्स मेडिको प्रालिलाई ठेक्कामा दिएको हो । ठेक्का सम्झौँतामा नगरपालिकाले बार्षिक २ लाख ५० हजार भाडा बोहोर्ने र फार्मेसीले २५ प्रतिशत औषधीमा छुट दिने भन्ने लगायतको छ ।

औषधी व्यवस्था विभागले रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालित सुलभ फार्मेसीमा औषधी आपूर्ति गर्न त्यस क्षेत्रका ३० वटा थोक विक्रेताका नाममा पत्राचार गरेको छ ।

आफूले सञ्चालन गरेको सुलभ फार्मेसीमा त्यस क्षेत्रका थोक विक्रेताहरुले औषधी आपूर्ति नगरेको भन्दै नगरपालिकाले केही दिन अघि प्रधानमन्त्री कार्यालयमा गुनासो गरेको थियो ।

प्रधानमन्त्री कार्यालयले सो गुनासोको सम्वोधन गर्न औषधी व्यवस्था विभागलाई निर्देशन दिएपछि विभागले औषधीका थोक विक्रेता तथा व्यावसायिक फर्महरुलाई औषधी आपूर्ति नरोक्न पत्राचार गरेको हो ।

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Nepal Pharmaceutical Association - NPA Sudurpashchim province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Pharmaceutical Association - NPA Sudurpashchim province:

Shortcuts

Share