12/02/2025
समग्रमा माघ महिना ब्यस्त र उपलब्धि मुलक रहेको महसुस भएको छ जस्मा निम्न कामहरू सम्पन्न गरियो
१ - स्वास्थ्य सिबिर जस्मा ४८५ जना ले स्वास्थ्य सेवा लिनु भयो जस्मा ३५ जना को रगत समुह पत्ता लगाइयो भोलि अत्यावश्यक परेका बेला काम दिने छ , २९१ जना को blood sugar को अवस्था जस्मा १५ जना लाई थप जाचको लागी प्रेषण गरियो , रक्त चापको अवस्थामा २५जना लाई प्रेषण गरियो र बालबालिकाहरु को पोषण अवस्था को अनुगमन गरियो । यो कार्यक्रम को लागी वडा कार्यालय ,अध्यक्ष ज्यु को विशेष साथ रहेकोमा अध्यक्ष ज्यु लाई विशेष धन्यवाद , जनप्रतिनिधि ज्युहरु लाई पनि धन्यवाद, स्वास्थ्य शाखा ले सहजीकरण गरिदिनु भएकोमा सुन्दर सर र सम्पुर्ण लाई ,पा.स्वा.के.मुलपानी लाई र बिनोद सर लाई विशेष धन्यवाद र उपस्थित सम्पुर्ण लाई धन्यवाद ब्याट गर्दछौ
२- महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको अर्धबार्सिक समिक्षा सम्पन्न गरियो
३- HPV खोप सम्बन्धि अभिमुखिकरण गोष्ठी साथै खोप अभियान सम्पन्न गरियो सहयोग को लागि सम्पुर्णमा आभार व्यक्त गर्दछौं