15/10/2024
राष्ट्रिय भिटामिन ए कार्यक्रम
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कार्तिक २ र ३ गते ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔं, साथै १५ महिनासम्म लगाउनु पर्ने कुनै नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाऔं ।
थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।