28/08/2026
रसुवा लगायत भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रहरूमा भएको हालैको दुखद विपद्ले हामी सबैलाई स्तब्ध बनाएको छ। यस कठिन घडीमा हामी राष्ट्रिय शोकमा छौँ र आफन्त गुमाउनुभएका सम्पूर्ण परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्दछौँ। साथै, अझै पनि सम्पर्कविहीन तथा बेपत्ता हुनुभएकाहरूका लागि प्रार्थना गर्दै उहाँहरूको सकुशल उद्धारको कामना गर्दछौँ।
यसका साथै अहोरात्र उद्धार र राहतमा खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवकहरू र सम्पूर्णको कार्यप्रति उच्च सम्मान प्रकट गर्दछौँ। यस्तो विपद्को समयमा एक-अर्कालाई सहयोग गर्नु र ऐक्यबद्धता जनाउनु नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। कृपया सबैजना सुरक्षित रहनुहोला। 🙏❤️☘️
– उपकुलपति कार्यालय तथा सम्पूर्ण मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (MBAHS) परिवार