30/12/2025
करिब एक महिना अघि म सितापाइला अबस्थित इचँगुनारायण मन्दीर गएको थिए, गेट को माथी दुईटा पाटी का चिन्हहरु देखे , म मन्दिर भित्र नछिरिकन सिधै वडा कार्यालय गए वडा मा गए पछि वडा अध्यक्ष मिटिङमा भएको र 1 घन्टा कुर्न भनियो म सग कुर्ने समय थिएन अनि म मन्दिर व्यवस्थापन समिति अध्यक्ष को घर गए त्यहा अध्यक्ष थिएनन् तर उन्का एक छोरा सग भेटे ! उन्लाइ मैले सोधे मन्दिर को माथी गेटमा किन पाटी को चिन्ह ? भगवान पनि यो पाटि र त्यो पाटी को हुन्छ भन्दा यो धेरै पुरानो हो र पाटी प्रति हाम्रो आस्था हो भन्नू हो ! म तीन छ्क परे आस्था भनेको त मैले भगवान लाई मात्र सोचेको थिए, भगवान को आस्था मा शक्ति हुन्छ यो धुर्ब सत्य पनि हो र पबित्र हुन्छ जहाँ भेदभाब हुदैन, हरेक प्राणीको उत्तिकै बराबर सम्मान र अस्तित्व सुइँकार हुन्छ तर पाटी कसरी आस्था हुन्छ ?? जहाँ 15 बर्ष देखी जनता लुटिएको छ, दुरदराज मा जनता अझै भोकै, नागै छन, एक पेट पाल्न खाडी मा पसिना बगाउनु परेको छ , आफ्नो परिवार सग छुट्टीनु परेको छ भने पाटी भित्र आबद्ध लाई मालामाल छ अनि येस्तो विभेद गर्ने पाटी को नि "आस्था"?? जहाँ पाटीको नेतृत्व कर्ता नै अहङ्कार र इगो ले भरिएको छ ! मेरै उमेर को हुनुहुन्थ्यो त्यो अध्यक्ष को छोरा मैले भने तपाई जति को युवा ले येस्तो भन्नू हुन्छ भनेर सोचेको थिएन आफै बिचार गर्नुस भनेर म आफ्नो रुम फर्किए र आज धेरै दिन पछि केहि काम ले मन्दीर को छेउछाउ पुगे र गेट मा झट्ट आँखा पर्यो , जहाँ पाटी का चिन्हहरु उप्काइएका थिए 😊