22/06/2024
Awareness Post: गर्मी बढेसँगै सर्पहरू सक्रिय हुन्छन् । आहार खोज्न र बसोबास गर्न मानिसको बासस्थान नजिक आउँछन् जसकारण सर्पदंश हुने बढी सम्भावना हुन्छ । त्यसैले मानिस र सर्प बिचको द्वन्द न्यूनीकरण गर्न यस कुराहरूमा ध्यान दिनुहोला:
• राति हिँड्दा टर्च लाइटको प्रयोग गरौँ,
• घाँस काट्न जाँदा, पहिले घाँसमा सर्प छ वा छैन हेर्ने गरौँ,
• अभिभावकले बच्चाहरूलाई साँझसम्म घाँसे मैदानमा खेल्न अनुमति नदिनुहोला,
• दाउराको, घाँसको भारी सकेसम्म घर नजिक नराखौँ र प्रयोग गर्नु अघि राम्रोसँग हेर्ने गरौँ,
• सर्प सुख्खा र ओभानो ठाउँ बस्ने भएकाले त्यस्ता ठाउँहरुमा काम गर्दा सतर्क रहनुहोला,
• ढुङ्गा, दाउरा र काठको काम गर्दा सतर्क रहनुहोला,
• घरमा भएका चर, प्वालहरू टालौँ र झ्याल, ढोका राम्रोसँग बन्द गरौँ,
• सक्दो भुइँमा नसुतौँ र सुत्दा झुलको प्रयोग गरौँ,
• मुसालाई खाद्यान्नको भण्डारमा प्रवेश हुन नदिनुहोला जसकारण सर्पहरू पनि घर भित्र पस्ने छैनन्,
• सर्पले मानिसलाई बिनाकारण कहिल्यै नटोक्ने हुँदा त्यसलाई देखेको बेला छुने, चलाउने, जिस्काउने वा मार्ने काममा अग्रसर नबनौं,
• सर्प घरभित्र पसेको खण्डमा नजिकै रहेको वन कार्यालय वा सर्प उद्धारकर्तालाई सम्पर्क गरौँ,
• केही गरि सर्पले टोकिहालेमा नआत्तिकन समयमै सर्पदंश उपचार अस्पताल जानुपर्छ र झारफुक तिर जानु हुँदैन ।
आफु पनि सचेत रहौँ, अरुलाई पनि सचेत बनाऔँ । वातावरणको एक अभिन्न अंग भएकाले "सर्प बचाऔँ, पर्यावरण जोगाऔँ "