Suju medical hall

Suju medical hall be positive be healthy only 2words can change your life so
let's which one choose

28/01/2024
28/01/2024

औषधि किन्दा ध्यान दिनु पर्ने कुराहरु

हामी सबैले नियमित रुपमा फार्मेसीबाट औषधि किनिरहेकै हुन्छौं। सामान्य अरु उपभोग्य सामानहरु खरिद गर्दा हामिले धेरै कुराको ज्ञान लिने गरेको भए पनि औषधि जस्तो संवेदनशील कुरा किन्दा हामीले केही पनि ध्यान नदिएको पाइन्छ। औषधि किन्दा धेरै कुरामा ख्याल गर्न आवश्यक छ। विशेषगरी औषधि किन्दा निम्न ६ वटा विषयमा ध्यान दिनुपर्ने हुन्छ ।

१. फार्मेसीको लाइसेन्स हेर्नुहोस्
यो सबै भन्दा महत्वपूर्र्ण पाटो हो । अहिले पनि नेपाली बजार मा धेरै फार्मसीहरु लाइसेन्स बिना गैर कानुनी रुपमा सन्चालित पाइएको छ । त्यस्ता फार्मेसीबाट औषधि खरिद गर्दा न्यून गुणस्तरको तथा नेपालमा दर्ता नै नभएका औषधि बेच्ने सम्भावना हुन्छ। गैरकानुनी रुपमा नेपाल भित्रिएका गुणस्तर नभएका औषधि ती फार्मेसीले बेच्ने खतरा रहन्छ।

२. धेरै डिस्काउन्ट पाइने र ज्यादै सस्तो औषधिको प्रलोभनमा नपर्नुहोस्
तपाइलाई कुनै पनि फार्मसिले अत्यन्तै भारी डिस्काउन्टमा औषधि बिक्री गरिरहेको छ भने त्यसको गुणस्तर न्यून हुन सक्छ। औषधि सुलभ दरमा बिक्री गर्ने फार्मेसीबाट खरिद गर्दा सबै भन्दा उपयुक्त हुन्छ ।

३. फार्मासिस्टको उपलब्धता
योग्य र रजिस्टर्र्ड फर्मासिस्ट उपलब्ध फार्मेसीबाट औषधि खरिद गर्नु पर्दछ । यसरी एउटा औषधि विज्ञ भएको फार्मेसिमा तपाईंको औषधि अथवा रोग सम्बन्धी प्रश्न गर्न तथा उचित औषधिको बारेमा काउन्सेलिङ लिन सकिन्छ। जसले गर्दा तपाईंलाई औषधि सेवन र रोग व्यवस्थापनको विषयमा आत्मविश्वास पनि बढ्छ ।

४. प्रेस्किप्सन माग्ने फार्मेसीबाट औषधि किन्नुहोस्
बिना प्रेस्किप्सन आफूखुशी औषधि प्रयोग गर्दा शरीरमा हानी हुन सक्दछ। जुन फार्मेसीले तपाईंसँग प्रेस्किप्सन माग्दछ, उक्त फार्मेसीले त्यस्ता कुरालाई मध्येनजर गरेको हुन्छ । त्यस्ता फार्मेसीबाट सधैँ औषधि खरिद गर्दा तपाईंले उच्च गुणस्तरको साथै उपयुक्त औषधि प्राप्त गर्नु हुनेछ।

५. बिल माग्नुहोस्
तपाईंले कुन औषधि कहिले र कहाँबाट खरिद गर्नु भएको भन्ने कुराको प्रमाण भनेकै बिल हो । त्यसैले औषधि किन्दा एउटा उपभोक्ता भएको हकले बिल सधैँ माग्ने गर्नुहोस्।

६. औषधि लिनु अघि निम्न कुराहरुमा दोहोरो जाँच गर्नुहोस्
- औषधिको जेनेरिक नाम
- औषधिको डोज
- एक्स्पाइरी मिती
- प्रयोग गर्ने बिधी
- उत्पादकको नाम र ठेगाना

Evelotion
03/04/2023

Evelotion

New looks ma visiting card aayo hai
10/02/2022

New looks ma visiting card aayo hai

10/02/2022

This month going to my pharmacy in digital system hope all of you support me and help me

Address

Sayogi Nagar Kotewsor
Kathmandu

Telephone

+9779849803762

Website

Alerts

Be the first to know and let us send you an email when Suju medical hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share