20/01/2026
⚠️ Nipah Alert ☣
भारतको पश्चिम बंगालमा हाल निपाह भाइरसको केही संक्रमितहरु (५ जना स्वास्थ्यकर्मी ) पहिचान भएका छन् । नेपालमा पनि सीमा नजिक र चमेरोको उपस्थितिका कारण जोखिम हुन सक्छ तसर्थ सतर्कता अपनाउन जरुरि छ।
निपाह भाइरस (Nipah virus वा NiV) एक जूनोटिक (पशुबाट मानिसमा सर्ने) भाइरस हो जसले गम्भीर रोग निम्त्याउँछ। यो मुख्य रूपमा फ्रुट ब्याट (फलफूल खाने चमेरो) मा प्राकृतिक रूपमा पाइन्छ। यसको संक्रमण भएका मानिसहरुमा ०-५०% मा कुनै समस्या नदेखिन सक्छ। समस्या देखिएका बिरामीहरुमा मृत्युदर ४०–७५% सम्म पुग्न सक्छ। मुख्य गरेर यसले मस्तिष्कमा समस्या (एनसेफलाइटिस) गराउदछ।
कसरी सर्छ?
• फल खाने चमेरो (फ्रुट ब्याट) बाट
• संक्रमित सुँगुर वा मानिसको सम्पर्कबाट (" बार्किंग पिग सिन्ड्रोम " र "न्युरोलोजिकल सिम्टम")
• संक्रमित व्यक्तिको श्वास वा थुकबाट (नजिकको सम्पर्कमा)
लक्षणहरू (४–१४ दिनपछि देखिन्छ):
• ज्वरो, टाउको दुखाइ
• मांसपेशी दुख्ने, घाँटी दुख्ने
• वाकवाकी, बेहोस हुने, मस्तिष्कमा समस्या (एनसेफलाइटिस)
के गर्ने? बच्ने उपायहरू:
✅Fever clinic / triage मा ज्वरो + टाउको दुखाइ + altered sensorium / respiratory symptoms भएका बिरामीहरूलाई तुरुन्त isolation (Airborne Infection Isolation Room) मा राख्ने ।
✅ चमेरोले टोकेको वा चुँगेको फल नखानुहोस् ।
✅ काँचो खजुरको रस नपिउनुहोस् ।
✅ संक्रमित व्यक्तिसँग वा जनावरसंग सुरक्षाका उपाएहरु अपनाउनुस। पिपिइको प्रयोग गर्ने, डनिंग/ डफ़िङ्ग राम्ररी गर्ने, हात धुने, मास्क लगाउने ।
✅ सुँगुर फार्ममा सावधानी अपनाउनुहोस् ।
✅ ज्वरो/टाउको दुखाइ भए तुरुन्त अस्पताल जानुहोस्,
यो भाइरसको अहिले कुनै खोप वा विशेष औषधि छैन, त्यसैले रोकथाम नै उत्तम उपाय हो ।
✅ परीक्षण जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा उपलब्ध छ। संकास्पद बिरामीको बारेमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला/ हेल्थ इमर्जेन्सी अपरेटिंग सेन्टरमा सम्पर्क राख्नु पर्छ ।
✅ प्रत्येक बर्ष खजुरको रस खेति गरेर भित्र्याउने समयमा जोखिमलाइ ध्यानमा राख्नु पर्छ।