Saroj Kumar Bhatt - सरोज कुमार भट्ट

Saroj Kumar Bhatt - सरोज कुमार भट्ट “Learn as if you will live forever, live like you will die tomorrow.”
— Mahatma Gandhi
(1)

12/09/2026

रु. ३,२०० को प्रश्न अलि गहिरिएर हेरौं!

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको निर्देशिकाले “आवश्यक पर्ने सम्पूर्ण प्रयोगशाला जाँच” निःशुल्क उपलब्ध गराउनुपर्ने भन्छ।

तर सप्तरी घटनापछि परिवार कल्याण महाशाखाबाट आएको स्पष्टीकरणमा routine ANC का केही निश्चित जाँचहरू निःशुल्क हुने भनिएको छ।

अनि प्रश्न उठ्छ: RFT, LFT, PT/INR जस्ता थप जाँच चिकित्सकीय रूपमा आवश्यक परे कसले तिर्ने? कार्यक्रमको निर्देशिका ले भन्छ--यो पनि निशुल्क गर ।

अझ महत्वपूर्ण प्रश्न: normal delivery वापत संस्थाले पाउने रु. २,५०० ले आवश्यक जाँच, औषधि, supplies र प्रसूति सेवा सबै धान्छ त?

म यहाँ अस्पताल वा स्वास्थ्यकर्मी सही/गलत भनेर निष्कर्ष निकालिरहेको छैन। बरु एउटा policy–financing gap देखाउँदै छु:

निर्देशिकाले के निःशुल्क भन्छ → वास्तवमा केका लागि budget दिइन्छ → अस्पतालले के उपलब्ध गराउन सक्छ → बिरामीले के तिर्छ?

यी चार कुरा एउटै लाइनमा नआएसम्म यस्ता समस्या दोहोरिन सक्छन्।

दोष व्यक्तिमा मात्रै खोज्ने कि प्रणालीको प्वाल पनि टाल्ने?🤔🤔🤔
Dr. Toshima Karki Secretariat
Lekhjung Thapa
Samir Lama
Swasthya Khabar Patrika
Swasthya Live
Doctor Story Nepal 2.0
Bhim Prasad Upadhyaya
Routine of Nepal banda
Medical Story Nepal
Tikaram Yatri

करार सेवामा पदपूर्ति गर्न खुला प्रतियोगिताको लागि दरखास्त फारम !! शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, ...
11/09/2026

करार सेवामा पदपूर्ति गर्न खुला प्रतियोगिताको लागि दरखास्त फारम !!
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, कैलाली!!
#फारम डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस् 👇👇
https://www.dcuhs.edu.np/wp-content/uploads/2026/09/%E0%A4%A6%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A4-%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%AE.pdf

करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना !!शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा, कैलाली,...
11/09/2026

करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना !!
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा, कैलाली, नेपाल !!

Congratulations to all 💐❤️ वि.नं.४०३५-४०४२/०८२-८३ (खुला/समावेशी) स्थानीय स्वास्थ्य सेवा,नर्सिङ समूह,मिडवाइफ्री उपसमूह,सह...
10/09/2026

Congratulations to all 💐❤️
वि.नं.४०३५-४०४२/०८२-८३ (खुला/समावेशी) स्थानीय स्वास्थ्य सेवा,नर्सिङ समूह,मिडवाइफ्री उपसमूह,सहायकस्तर चौथो तह, #अनमी. पदमा उम्मेदवार सिफारिस तथा सिफारिस उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना !!
#प्रदेश_लोक_सेवा_आयोग_कोशी_प्रदेश

यो विषयमा अस्पताल ले विज्ञप्ति निकालेर मात्र उम्किन ठाउँ छैन ! सरसर्ती अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति हेर्दा सेवाग...
10/09/2026

यो विषयमा अस्पताल ले विज्ञप्ति निकालेर मात्र उम्किन ठाउँ छैन !
सरसर्ती अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति हेर्दा सेवाग्राही प्रसूति सेवा लिन राति २ बजे भर्ना भएर बिहान ४:४५ बजे बहिरै प्रसूति भएर आउनु दुःखद् कुरा हो !
सुत्केरी व्यथा लागेको लागेर भर्ना भएको सेवाग्राही २-२ घण्टा हराउँदा अस्पतालले के हेरेर बसेको !
प्रसूति व्यथा मा भएको बिरामीलाई पटक पटक मनिटरिङ् गरिराख्न पर्दैन र भनेको !
सुरक्षित मातृत्व सेवा पाउनु प्रत्येक महिलाको मौलिक अधिकारको कुरा हो !
यो विज्ञप्ति हेर्दा अस्पताल प्रति धेरै प्रश्न हरु जन्माएको छ , देशको स्वास्थ्य प्रणाली माथि प्रश्न उठेको छ !
तत्काल सत्य तथ्य छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन आवश्यक छ !!
HelloSarkar
Ministry of Health and Population-Nepal

अपुग कागजात पेश गर्ने सम्बन्धी सूचना !!
10/09/2026

अपुग कागजात पेश गर्ने सम्बन्धी सूचना !!

 उद्योगमन्त्री गौरी कुमारी यादव ले पदबाट राजीनामा दिनु भएको छ। ग्याँस नपाइएको भन्दै उपभोक्ताहरू बाट चौतर्फी बिरोध चलिरहे...
10/09/2026


उद्योगमन्त्री गौरी कुमारी यादव ले पदबाट राजीनामा दिनु भएको छ। ग्याँस नपाइएको भन्दै उपभोक्ताहरू बाट चौतर्फी बिरोध चलिरहेको थियो !!

प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सातौं तह,  #जनस्वास्थ्य_अधिकृत पदको अन्तर तह,...
10/09/2026

प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सातौं तह, #जनस्वास्थ्य_अधिकृत पदको अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको #द्वितीय_पत्रमा सोधिएका प्रश्नहरू 👇👇
#प्रदेश_लोक_सेवा_आयोग_सुदूरपश्चिम_प्रदेश

विश्व आत्महत्या रोकथाम दिवस २०८३“आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ : दृष्टिकोण बदलौँ”कहिलेकाहीँ मनमा रहेको पीडा शब्दम...
10/09/2026

विश्व आत्महत्या रोकथाम दिवस २०८३

“आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ : दृष्टिकोण बदलौँ”

कहिलेकाहीँ मनमा रहेको पीडा शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। त्यसैले मनको कुरा गरौँ, एकअर्कालाई सुनौँ र कठिन समयमा साथ दिऔँ।

तपाईंको एउटा प्रश्न, एउटा फोन र केही समयको साथले कसैको जीवनमा आशा जगाउन सक्छ।
आत्महत्या रोकथाम हामी सबैको साझा जिम्मेवारी हो। 🤝💛

📞 मनमा निरन्तर निराशाको भावना आएमा पैसा नलाग्ने नम्बर ११६६ मा फोन गरौँ।
तपाईं एक्लो हुनुहुन्न। हामी तपाईंको साथमा छौँ।

🌿 जीवन बचाऔँ। आशा जगाऔँ। संवाद सुरु गरौँ।

#विश्वआत्महत्यारोकथामदिवस२०८३ #मनकोकुरागरौँ #११६६ #जीवनबचाऔँ #आशाजगाऔँ
National Health Education Information and Communication Centre

विज्ञापन नं. ५१००१-५१००७/२०७७-७८(खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, अधिकृतस्तर आठौं तह (प्र...
10/09/2026

विज्ञापन नं. ५१००१-५१००७/२०७७-७८(खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), #मेडिकल_अधिकृत पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना !!
#प्रदेश_लोक_सेवा_आयोग_लुम्बिनी_प्रदेश

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Saroj Kumar Bhatt - सरोज कुमार भट्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share