28/06/2026
Aerobic medical hall
बर्ड फ्लु (Avian Influenza) बाट कसरी जोगिने?
पक्षीहरूमा लाग्ने बर्ड फ्लु रोग मानिसमा पनि सर्न सक्ने भएकाले विशेष सतर्कता अपनाऔं।
✅ संक्रमित पक्षीहरूसँग प्रत्यक्ष सम्पर्कबाट बचौं।
✅ कुखुराको मासु र अण्डा सधैं राम्ररी पकाएर मात्र खाऔं (काँचो वा आधा पाकेको नखाऔं)।
✅ काँचो मासु छोएपछि साबुनपानीले अनिवार्य हात धुने गरौं।
🌡️ ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने वा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाऔं वा निशुल्क स्वास्थ्य हटलाइन १११५ मा फोन गरौं।
Ministry of Health and Population-Nepal epidemiology and disease control division
Nisha Mehta
#बर्डफ्लु
#जनस्वास्थ्य
#नेपालसरकार