16/04/2018
आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसीको पावन अवसरमा जन्मदिने आमा, गुरु आमा र धर्ती माता, आमाको दीर्घायू तथा सु-स्वास्थ्य को कामना सहित सम्पूर्ण आमाहरुप्रति शुभकामना !!! [email protected] जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
https://www.youtube.com/watch?v=Jha0LZSJW4M&feature=youtu.be&t=12
https://www.youtube.com/watch?v=GrdqruJNRZY
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
मातातीर्थ औंसी अर्थात् मातृसाम्मान दिवसका अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दु:ख-कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई लाख-लाख प्रणाम। सबै सन्तानहरूलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैं खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई वहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आमा ती साक्षात् देवी हुन् जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ। हरेक सन्ततिलाई ९ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन्। आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन्।
वैशाख कृष्णपक्षको अमावास्या तिथि अर्थात् मातातीर्थ औंसी। आज आफूलाई जन्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने दिवस। त्यसैले आजको दिनमा आमा जीवित हुनेहरूले आमाको दर्शन गरी आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्दछन् भने आमा नहुनेहरूले विभिन्न तीर्थहरूमा गई आमाको मोक्षगतिको कामनासाथ आमाका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्दछन्।
बा“चुन्जेल माताको सेवा गर्न पाउनु छोरा–बुहारी, छोरी–ज्वाइँ तथा नातिनातिनीहरूको ठूलो सौभाग्यको कुरा हो। पूर्वजन्मको सञ्चित पुण्यले मात्र मान्यजनका साथमा बस्न र सेवा गर्न पाइन्छ। छोराछोरी, नातिनातिना ज्वाइँ–छोरी आदि सन्तानका लागि आमाको ममताले युक्त भएको घर स्वर्गसमान हुन्छ। स्वर्गमा सुखमात्रै पाइन्छ तर यस धर्तीमा त साना–ठूला सबैले सबैको माया–ममता र सान्निध्य पाइन्छ। पृथिवी मानिसको सिंगो घर हो। सबैको साझा थलो पनि हो। यसमा जुन प्रकारको मानव–मानववीचको पारिवारिक सुख पाइन्छ, त्यो स्वर्गमा पनि पाइँदैन र अरू योनिहरूमा पनि पाइ“दैन।
सनातन धर्मले मातापितालगायत मान्यजनको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाएको छ। तर सबै सन्ततिलाई दैनिकरूपमा मातापिताको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा कुशे औंसीलाई लिइएको हो।
आमा हुनेहरूले आजको दिनमा वहाँको सेवा गरी प्रसन्न तुल्याई आशीर्वाद ग्रहण गर्नुपर्दछ। आमाले पनि यस पवित्र पर्वका अवसरमा सन्ततिलाई आशीर्वाद दिएर हाँसीहाँसी सुखदुःखका कुरा सोध्ने र उनीहरूको भलाइ र प्रगतिका लागि भगवानसँग प्रार्थना गर्नुपर्दछ।
जीवित आमा नहुनेहरूले आमाको मुख हेर्ने औंसीमा बिहानको पूजा आदि कर्म सकेर गोकर्ण, मातातीर्थ आदि पवित्र स्थानमा गएर आमाको मुक्तिको कामना गर्दै विधिपूर्वक श्राद्ध गर्नुपर्दछ।
But…. बर्षमा 364 दिन चै आमाले के गर्दै हुनुहुन्छ कस्तो छ । केही मत्लब छैन सुदृढी ले ल्यांग गर्छिन यार भन्दै हिडने हरु पनि आज एक दिन फेस्बूकमा फोटो हालेर हेप्यि मोदर डे भनेर हामीले आमा को सम्मान गर्यौ भन्नेहरु पनि देखियो यदी साच्चिकै आमा को सम्मान गर्न छोराछोरी लाई यो दिन मात्र खास हो जस्तो लागदैन आमाको माया सदा गर्नु पर्छ आज मात्रै होइन …………………….. https://www.facebook.com/9841308768dr.ojhadarshan/
https://www.facebook.com/darshan.ojha.9
https://www.facebook.com/darshanoffset.press
https://www.facebook.com/DarshanCompany/
https://www.facebook.com/darshan.offsetpress.5
https://www.facebook.com/4266859darshanpress/