27/08/2026
सम्पूर्णमा नमस्कार!
रुसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको कारणले धेरै नेपाली तथा विदेशी दाजुभाई, दिदीबहिनीहरूको ज्यान गइसकेको र धेरै घरबारविहीन भएको अवस्थाले हामी अत्यन्तै दुःखी भएका छौं। यस दुखद घडीमा सम्पूर्ण दिवंगत आत्माप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष जस्ता सरकारी तथा आधिकारिक कोषहरूमा मात्र सहयोग गर्न सम्पूर्णमा अनुरोध गर्दछौं। यस विषम परिस्थितिलाई पार गराउन हामी सबै एकजुट भएर अगाडि बढ्ने प्रण गरौं।
धन्यवाद!