Health News Nepal

Health News Nepal Health News, Information, and Wellness Portal from Nepal

नेपाल चिकित्सक संघ र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको संयुक्त आयोजनामा भोटेकोशी बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिवि...
30/08/2026

नेपाल चिकित्सक संघ र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको संयुक्त आयोजनामा भोटेकोशी बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्न राहत सामग्री वितरण गरिएको छ।

संस्थाहरूले आइतबार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ स्थित सिमचौरका बाढीप्रभावित समुदायलाई लक्षित गरी स्वास्थ्य परीक्षण गर्नुका साथै दैनिक उपभोग्य खाद्यान्न राहत हस्तान्तरण गरेका हुन्।

तस्बिरमा हेर्नुहाेस् चीनद्वारा नेपाललाई ५० टन आपतकालीन राहत सामग्री हस्तान्तरण।
30/08/2026

तस्बिरमा हेर्नुहाेस् चीनद्वारा नेपाललाई ५० टन आपतकालीन राहत सामग्री हस्तान्तरण।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आज नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक...
30/08/2026

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आज नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले भेटघाट र अवलोकन भ्रमण गर्नुभएको छ ।

छलफल कार्यक्रममा मन्त्री बादीले नेपाल रेडक्रस सोसाइटीले रसुवा बाढी पश्चात् तत्काल आफ्ना कर्मचारी तथा स्वयंसेवक परिचालन गरी घटना स्थलमा गरेको प्रतिकार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बाढी प्रभावित क्षेत्रका व्यक्तिहरूका लागि थप सहयोग उपलब्ध गर्न नेपाल सरकार रेडक्रससँगै सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नेपाल सरकारले महिला तथा बालबालिका, जेष्ठ नागरिक र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेकोले नेपाल रेडक्रसले पनि यो क्षेत्रलगायत मनोसामाजिक परामर्श, पारिवारिक पुनसर््थापना जस्ता सेवालाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो ।
मन्त्री र सचिवलगायतको टोलीलाई स्वागत गर्नुहँदै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा.विशालकमार भण्डारीले रसुवामा आएको विनाशकारी बाढी पश्चात प्रभावित क्षेत्रमा स्थलगत भ्रमणका क्रममा स्वयम्ले प्रत्यक्ष देखेको र अनुभव गरेको आधारमा नेरेसोले तत्काल गरेको प्रतिकार्यबारेमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारले छुट्टाएको क्लस्टर अनुसार नै क्लस्टर विभाजन गरी महिला, बालबालिका, बृद्ध, बृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सेवा पु¥याइरहेको जानकारी गराउनुभयो । अध्यक्ष डा.भण्डारीले विपद्को यो घडीमा अहोरात्र खटिनुभएका नेपाल रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।

छलफल कार्यक्रमलाई सहजीकरण गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगी संस्थाको रूपमा मानवीय सेवा पु¥याउँदै आएको र यो बाढी प्रतिकार्यमा पनि सरकार, आइएफआरसी, आइसीआरसी, साझेदार राष्ट्रिय सोसाइटी र अन्य सरोकारवाला निकायसँगको सहकार्य गरिरहेको बताउनुभयो ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रतिकार्यमा राहत तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको उत्कृष्ट कार्यको प्रशंसा गर्र्र्र्दै नेपाल रेडक्रसले मानवीय सेवाका क्षेत्रमा पु¥याइरहेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उहाँले चाइना रेडक्रस सोसाइटी सहयोगका लागि तयार रहेको र अन्य अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भइरहेको जानकारी गराउनुभयो । विपद्को यो समयमा आइएफआरसीले नेपाल रेडक्रससँगै सहकार्य गरिरहेको र बाढी प्रतिकार्यका लागि थप सहयोग रकम जुटाउन विश्व समुदायसँग अपिल गरिरहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा हालसम्म त्रिपाल २००० थान, कम्बल १००० थान, म्याट्रेस १००० थान, डोरी ६०० थान, मर्यादित स्वच्छता सामग्री ५००० किट, शव व्यवस्थापन व्याग १७९० थान, प्राथमिक उपचार बाकस ५५, स्ट्रेचर ५० वटा, टेण्ट १५ वटा, आपत्कालीन शौचालय ५० थानलगायतका सामग्री उपलव्ध गराउनुका साथै ५००० जना भन्दा बढी स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अस्थायी बासस्थान, खाना वितरणलगायतका कार्य गरिरहेको छ ।

30/08/2026

'टिमुरेमा बाढीले बगायो, कसरी जोगिएँ भन्ने नै थाहा भएन' : एन्जन पौडेल, झापा
मलाई बाढीले ६ चोटि त मलाई तलमाथि नै लग्यो होला बाढी पहिरोले। कसोकसो फाल्यो। त्यसपछि गाडिँदै गाडिँदै निस्किएँ - टिमुरे बाढीमा परेर उद्धार गरिएका एन्जन पौडेल Everyone Products B***n

भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाको पहिचान तथा खोजीका लागि काठमाडौँस्थित शिक्षण अस्पताल पुगेका आफन्तजन । बेपत्ता ...
30/08/2026

भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाको पहिचान तथा खोजीका लागि काठमाडौँस्थित शिक्षण अस्पताल पुगेका आफन्तजन । बेपत्ता परिवारका सदस्यहरू आफ्ना मानिसको खोजी, उद्धार र पहिचानको आशामा अस्पताल परिसरमा पर्खिरहेका छन् ।

30/08/2026

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट दुई स्कुले बालिकासहित केही आफन्त यसरी भागेर २/३ सेकेन्डले ज्यान जोगाउन सफल भएका थिए। विपद्को त्यो भयावह क्षणमा उनीहरूले देखाएको साहस र संघर्ष साँच्चिकै हृदयविदारक छ।
Everyone Products

बाढीमा २ दिन पुरिएकी बालिकाको सकुशल उद्धार पछि जाउलो खुवाउँदै सशस्त्र प्रहरी।
29/08/2026

बाढीमा २ दिन पुरिएकी बालिकाको सकुशल उद्धार पछि जाउलो खुवाउँदै सशस्त्र प्रहरी।

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौ...
29/08/2026

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो। तर, महामारी विज्ञानको दृष्टिकोणले हेर्दा, बाढीपछि आउने महामारीले प्रत्यक्ष बाढीभन्दा पनि बढी ज्यान लिन सक्छ। यो कुनै अनुमान होइन – यो विज्ञान हो। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार प्राकृतिक विपत्तिपछि हुने ७० प्रतिशत मृत्यु महामारीका कारण हुने गर्छ, प्रत्यक्ष विपत्तिबाट होइन। नेपालमा २०७२ सालको भूकम्पपछि पनि झाडापखाला र निमोनियाका कारण सयौंको मृत्यु भएको थियो। त्यसैले, हामीसँग समय छ, तर धेरै छैन।...

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापि.....

रसुवाको भोटेकोशीमा १० गते बुधबार बिहान गएको बाढीमा परी घाइते भई वीर अस्पतालमा उपचारपछि थप १ जना आज घर फर्किएका छन्।अस्पत...
29/08/2026

रसुवाको भोटेकोशीमा १० गते बुधबार बिहान गएको बाढीमा परी घाइते भई वीर अस्पतालमा उपचारपछि थप १ जना आज घर फर्किएका छन्।

अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढीपछि वीर अस्पतालमा उपचारका लागि ल्याइएका १७ जना घाइतेमध्ये १६ जना उपचारपछि निको भएर घर गइसकेका छन् । अब एक जना मात्रै उपचाररत छन् ।

रुकुम पश्चिममा पछिल्लो केही वर्षयता आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ ।
29/08/2026

रुकुम पश्चिममा पछिल्लो केही वर्षयता आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ ।

Address

Anamnagar
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Health News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Health News Nepal:

Shortcuts

Share