Master Godangel

Master Godangel Master Godangel is a spiritual master, humanitarian, voice for the voiceless, philosopher of Lovism,

Godangel Bani 12 September 2026प्रिय आमा-बाबा युवा नानुहरु, हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल व...
11/09/2026

Godangel Bani 12 September 2026
प्रिय आमा-बाबा युवा नानुहरु, हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु।

एक गाउँमा एक दम्पती रहनु हुन्थ्यो, उहाँहरुको एक मात्र छोरा थिए, ती छोरालाई आमा-बुबाले असाध्यै प्रेम गर्नु हुन्थ्यो। छोराको अर्को महिना स्नातक हुन लागेका थियो। केही हप्ता अघि उसले एउटा शोरुममा धेरै सुन्दर स्पोर्ट्स कारहरु देखे र त्यो कार आफ्नो बुबा बाट स्नातकको उपहार स्वरुप लिन चाहन्थे। जुन दिन उसले शोरुममा त्यो कार देख्यो घर फर्कनु अघि ऊ भित्र गएर डिलर र कारको विवरण पनि बुझे। छोरा साँच्चै उत्साहित थिए किनकि उसले आफ्नो बुबा बाट त्यो कार उपहार पाउने अपेक्षा गरिरहेको थियो, किनभने उसले सधैं आफ्नो बुबा बाट जे चाहना राखे पनि बुवाले पूरा गरि दिनु हुन्थ्यो।अन्ततः स्नातकको दिन आयो बुबाले उसलाई आफ्नो अध्ययन कक्षा बोलाउनु भयो र बुबाले सुन्दर एक बक्स उपहार दिदै भन्नु भयो यति असल छोरा पाउँदा म अत्यन्तै गर्व गर्छु, छोरा तिमीलाई मेरो धेरै माया अनि आशिर्वाद सहित यो उपहार दिदैछु।

छोराले धेरै खुसी हुँदै बक्स खोल्यो भित्र स्पोर्ट्स कारको साँचो देख्ने आशामा तर उसले एउटा किताब पायो। स्पोर्ट्स कारको साँचो नभएको र किताब मात्र देखेर ऊ धेरै निराश भए र रिसाएर उसले ठूलो स्वरमा आफ्नो बुबालाई भन्यो, "तपाईंको सबै पैसाले मलाई यो किताब मात्रै आयो?" छोराले किताब छोडेर घरबाट बाहिर निस्कियो। छोरा यति रिसायो कि उसले आफ्नो बुबाको जवाफ नपर्खीकन आफ्नो बुबाको घर छोड्यो र कहिल्यै फर्केर नआउने निर्णय गर्यो।

धेरै वर्ष बितिसकेको थियो छोरा घर नफर्किएको, त्यो छोरा पनि आफ्नो बुबा जस्तै सफल व्यवसायी बनिसकेका थिए। स्नातकको दिन देखि उसले आफ्नो बुबालाई देखेको थिएन। एक दिन उसले आफ्नो बुबाको मृत्यु भएको खबर पाउँछ, बुबाको मृत्यु सुन्न साथ उनी आफ्नो बुबाको घरमा पुग्छ अनि उसले त्यहाँ आएर आफ्नो बुबाले छोडेका सामानहरू सबै नियाल्छ। उनको मनमा दुःख र पश्चातापले भरिएको महसुस हुन्छ। उनले आफ्नो बुबा सँग अन्तिम पटक कुरा गरेको कोठामा जान्छ त्यहाँ उनले सामानहरू मिलाउन थाल्छ। सामानहरु मिलाउने क्रममा एउटा दराजमा उसले त्यही किताब भेटाउछ जुन उसको बुबाले उसलाई स्नातकको दिनमा दिएका थिए। एकैछिनमा उसका सबै सम्झनाहरू फर्किए। ऊ त्यही कुर्सीमा बस्यो आँसु बगाउँदै, उसले त्यही बुबाले दिनु भएको किताब खोलेर पाना पल्टाउन थाल्यो।

केही पाना पल्टाए पछि उसले किताबको बीचमा एउटा कारको चाबी अनि साथमा केही लेखिएको ट्याग पनि भेट्छ र ट्यागमा लेखिएको थियो..."मेरो प्यारो छोराको लागि यो माया जसले मलाई बुबा हुनुमा यति गर्व गरायो.."

प्रियजन कथाको नैतिक शिक्षा आज हजुरले आफ्ना आमाबाबुलाई जस्तो व्यवहार गर्नु हुँदैछ भोलि हजुरको छोराछोरीले पनि हजुरलाई त्यस्तै व्यवहार गर्ने छन्। प्रेम र सम्मान प्रतिध्वनि हुन्, तिनीहरू सधैं त्यहीं फर्कन्छन् जहाँ बाट उनीहरूले सुरु गरेका थिए। जीवनमा धेरै पटक हामीले भेट्ने मानिसहरू र जीवनमा अनुभव गर्ने कुराहरू लाई पूर्वाग्रही रूपमा हेर्छौं किन भने तिनीहरू हामीले अपेक्षा गरे अनुसार हुँदैनन्, त्यसैले हामी गलत धारणा बनाउँछौं, भ्रम पुर्ण आधार खडा गर्छौ। तसर्थ रिसको समयमा हामीले कुनै व्यक्ति वा परिस्थितिको बारेमा कठोर निर्णय गर्नु अघि एक क्षण रोकिएर सोच्नु पर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा ढिलो हुनु अघि नै हामीले क्षमा गर्न सिक्नु पर्छ।
Jai Prem !
With love and blessings
Guruhajur

Godangel Bani05 September 2026प्रिय आमा-बाबा, युवा नानुहरु! अहिले हाम्रो देश नेपाल ठुलो पीडामा छ, यो प्राकृतिक प्रकोपमा ...
05/09/2026

Godangel Bani
05 September 2026
प्रिय आमा-बाबा, युवा नानुहरु!

अहिले हाम्रो देश नेपाल ठुलो पीडामा छ, यो प्राकृतिक प्रकोपमा हजारौंको ज्यान जाँदा त्यो पीडाले हाम्रो हृदय तोडिएको छ। अहिले हामी आशा नगुमाई यी कालो क्षणहरू सहन गर्न सकौं, कालातीत ज्ञान प्राप्त होस् जे भएको छ त्यसै सँग शान्ति कायम गर्न सकौं। हामीले विगत सँग लड्न बन्द गरेर स्वीकृतिको मार्ग जानु पर्छ, स्वीकृतिको अर्थ हामीले वास्ता गर्नु हुन्न भन्ने होइन यसको अर्थ हामीले निको पार्न र मद्दत गर्न आफ्नो ऊर्जा बचत गर्नु हो। प्राकृतिक विपत्तिले हामीलाई एउटा राम्रो ज्ञान् पनि सिकाएको छ, त्यो हो भौतिक संसारमा सबै कुरा परिवर्तन हुन्छ, अन्ततः सबै कुरा समाप्त भएरै जान्छ। हाम्रो जीवन नाजुक छ भनेर स्वीकार गराउछ र हामी हाम्रा प्रियजनहरूलाई अझ बढी प्रेम गर्न र प्रकृतिले कुनै दिन अवस्य आफ्नो बाटो लिन्छ भन्ने बोध गराउछ। सबैलाई घृणा अहंकार बाट टाढा रहि प्रेममा जिउनु पर्छ भन्ने बोध गराउछ।

अहिलेको घडीमा हामीले वास्तविकतालाई स्वीकार गरेर जीवन अस्थायी हो भन्ने कुरा बुझेर हाम्रो शोकलाई सेवाको कार्यमा परिणत गर्दै धैय साथ सामूहिक विपत्तिको सामना गरौं। सेवा भनेको निराशाको लागि शक्तिशाली उपचार हो, जब हजुरले बाँचेकाहरूलाई खुवाउनु हुन्छ, सान्त्वना दिनु हुन्छ वा प्रार्थना गर्नु हुन्छ, हजुरको ध्यान हजुरको आफ्नै पीडा बाट संसारको पीडित दुखीहरुको आवश्यकताहरूमा केन्द्रित हुन्छ। यस्तो कार्यले जीवन बाट हारेर ढलेकालाई फेरि उठेर हिड्ने शक्ति-भावनामा पुनर्स्थापित गर्दछ। प्रभावित क्षेत्रहरूमा राम्रो विचार, प्रार्थना, वा प्रेमको ऊर्जा पठाउनुहोस्। प्रार्थनाले हामीलाई आफू भन्दा ठूलो शक्ति सँग जोड्छ।

प्रियजन यो दु:खको घडीमा हामीले आफ्नो ठाँउ बाट के गर्न सकिन्छ पीडितहरुको उदार र राहतका सेवाहरुमा लागौं। अहिले धेरै पिडा छ घर सम्पत्ति मात्रै होइन कतिले आफ्नो परिवार नै गुमाउनु भएको छ, उहाँहरुको आँखामा आँसुको धारा बाहेक अरु केही छैन, मुस्कान हराई सकेको छ बाकी पिडै-पिडा छ, यो समयमा उहाँहरुको आशा अभिभावकत्व सरकार संग छ, यो घडीमा सरकारले मात्रै नभएर हामी सबैले सकेको सेवा दिनु पर्छ। जसको घर सम्पत्ति संगै परिवार गुमाउनु भएको छ उहाँहरुलाई सकारात्मक सान्त्वना दिने साथै मृत्यु के हो मृत्युको बोध गराउने, जस्तैः मृत्यु एउटा प्राकृतिक नियम हो, ढिलो छिटो मात्रै हो हामी पनि एकदिन जान्छौ, हाम्रो परिवार मात्रै होइन भन्ने खाल्को सकारात्मक सान्त्वना दिन आवस्यक छ। अहिले उहाँहरुलाई उदार राहतका साथै आफ्नोपना प्रेमको पनि आवस्यक छ। जुन घटना घट्यो त्यो घटनाले अहिले पनि हामीलाई तर्साई रहेको छ, एक किसिमको चिन्ता डर परिरहेको छ, तर सबैलाई निवेदन छ हामी यसरी त्रसित पनि नहौं यो घटना प्राकृतिक घटना हो, यस्तो घटना बाट त्रसित भएर रह्यौ भने एक किसिमको मनसिक पनि हुन सक्छ, बरु हामी अब सतर्क तयारी रहौं कि यस्तो अवस्थाहरु फेरि पनि आउन सक्छ त्यसको लागि पुर्व तयारी र सुरक्षीत बसाइँको ब्यबस्थापन गर्ने तिर ध्यान दिनु पर्छ, निरन्तर आफ्नो ठाँउ बाट सकेको सेवामा लागौं भनी सबैमा निवेदन चढाउछु।
जय प्रेम!

𝐇𝐚𝐩𝐩𝐲 𝐊𝐫𝐢𝐬𝐡𝐧𝐚 𝐉𝐚𝐧𝐦𝐚𝐬𝐡𝐭𝐚𝐦𝐢 𝟒 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟎𝟐𝟔 प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्ज...
04/09/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐊𝐫𝐢𝐬𝐡𝐧𝐚 𝐉𝐚𝐧𝐦𝐚𝐬𝐡𝐭𝐚𝐦𝐢
𝟒 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟎𝟐𝟔

प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा उहाँको बारेमा केही बोध गर्ने प्रयास गर्ने छौं।
श्रीकृष्णको जन्म देवकी र वासुदेवबाट भएको थियो, तर यशोदा र नन्दले वृन्दावनमा पालनपोषण गरेका थिए। भगवान कृष्णको जन्म मथुरा कारागारमा भएको भनिएको छ। त्यस समयमा उनको मामा कंसबाट उनको ज्यान खतरामा थियो। भगवान कृष्णको आफ्नै मामा अत्याचारी कंसलाई आकाश बाट एउटा आवाजले भन्यो कि देवकीको एक आठौं सन्तानले उनलाई मार्नेछ।
यो कुरा कंसले सुने पछि कंसले यस्तो निर्णय गरे ताकि देवकीले कुनै सन्तान नजन्माओस्, तर उनका पति वासुदेवले कंसलाई देवकी लाई क्षमा गर्न बिन्ती गरे र उनको कुनै पनि सन्तान कंसलाई दिने वाचा गरे। कंसले वासुदेवको यो आश्वासनमा सहमत जनाए पनि कंसले देवकी र वासुदेव दुवैलाई कैद गरे। कंसले कुनै पनि उनीहरुको सन्तान बाँच्न नदिने कुरा सुनिश्चित गरे।
देवकीको सातौं सन्तानबाट ईश्वरीय हस्तक्षेप सुरु भयो। भगवान कृष्ण कंसले निम्त्याएको खतराको बारेमा सचेत थिए। फलस्वरूप, उहाँले आफ्नो दिव्य ऊर्जा, योगमायालाई देवकीको गर्भ बाट जन्मेको बच्चालाई वृन्दावनमा बस्ने वासुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा स्थानान्तरण गर्न निर्देशन दिनु भयो। यो बच्चा अरू कोही नभएर भगवान विष्णुको सेवा गर्ने शाश्वत सर्प अनन्त शेषको अवतार थियो।
कंस सातौं सन्तानको जन्मको उत्सुकता पूर्वक प्रतीक्षा गरिरहेका थिए तर बच्चा रहस्यमय रूपमा हराएको थाहा पाएर उनी छक्क परे। यसै बीच देवकी आफ्नो आठौं सन्तानबाट गर्भवती भइन् र कंसको पागलपन बढ्यो। उनले आफ्ना सिपाहीहरूलाई कडा सतर्कता अपनाउन आदेश दिए, बच्चा जन्मिने बित्तिकै मार्न तयार।
भाद्रपद महिनाको आठौं चन्द्र तिथिको रातमा कंसको कारागारको सीमा भित्र दिव्य जन्म प्रकट हुँदा ब्रह्माण्डले आफ्नो सास रोक्यो। मध्यरातको प्रहारमा कारागारको कोठरीमा आकाश प्रकाशले भरियो, र भगवान कृष्ण आफ्नो भव्य चार भुजा भएको रूपमा शंख, चक्र, गदा र कमल धारण गर्दै प्रकट भए। भगवान कृष्णको रक्षा गर्न, उनका पिता वासुदेवले उनलाई टोकरीमा राखेर यमुना नदी पार गरेर वृन्दावन लगे। त्यहाँ कृष्णलाई यशोदा र नन्दले धर्मपुत्र र पालनपोषण गरे।
प्रियजन भगवान कृष्णको लीलाले भावी पुस्ताका लागि भक्तिको खजाना सिर्जना गर्यो। सन्त र ऋषिहरूले यो खजाना खोलेका छन् र यसको ज्ञान बाँडेका छन्, जसले गर्दा दिव्य प्रेम खोज्ने आत्माहरू लाई यो पहुँच योग्य भएको छ। कृष्णको दिव्यतालाई चिनेर र भक्तिमा संलग्न भएर, व्यक्तिहरूले उहाँ सँग सम्बन्ध विकास गर्न सक्छन्, शुद्ध प्रेम र भक्ति जागृत गर्न सक्छन्। यो सबै हजारौं वर्ष पहिले शुभ जन्माष्टमीको दिनमा भएको दिव्य जन्मको कारणले सम्भव भएको हो।
भगवान श्रीकृष्ण,दिव्य गुरु जसले अन्धकारलाई हटाउँछन् र मानिसहरूको हृदयमा ज्ञानको दीप बाल्छन्, हामीलाई आनन्द, आशा र आत्मविश्वासका साथ हाम्रो जीवन बिताउन मार्गदर्शन गर्न सधैं हामी सँग हुनुहुन्छ। मानिसहरूलाई एकतामा ल्याउन र शान्ति, प्रेम र सद्भावको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्छ। श्रीकृष्ण अवतारको गहिरो कारण छ, यसरी उहाँको अवतार आत्माहरूलाई अनुग्रह र आशीर्वाद दिनु हो, तिनीहरूलाई आध्यात्मिक उत्थानको लागि अवसरहरू प्रदान गर्नु हो।
समग्रमा भगवान कृष्णको जन्माष्टमीले मानव जीवनको अन्तिम लक्ष्य ईश्वर प्रति दिव्य प्रेम प्राप्त गर्नु हो भन्ने कुराको सम्झना गराउँछ। जन्माष्टमीको उत्सव मार्फत भक्तहरूले भगवान कृष्णको जीवन र शिक्षाहरूको सम्मान मात्र गर्दैनन् तर सद्गुण, प्रेम र आध्यात्मिक विकासको जीवन बिताउने आफ्नो प्रतिबद्धतालाई पनि नवीकरण गर्छन्।
श्रीकृष्ण, सत्यको पुकार
यो पवित्र कृष्ण जन्मअष्टमीमा,
जागऊँ आत्मा, उज्यालो मनमा।
जहाँ लोभको जरा गाडिन्छ भित्र,
नजिकका पनि ढाक्छन् सत्यको चित्र।
कतिले धोका, कतिले छल गर्छन्,
तर हृदयलाई कहिल्यै नअर्चन्छन्।
ब्रह्माण्डको हिसाब सधैं ठ्याक्कै,
सत्य चम्किन्छ सदा उज्यालो र प्याक्कै।
"सत्यमा अडान, बन अडिग पर्खाल,
कर्तव्य गर, नगर फलको सवाल।
समर्पण गर, प्रेम र दयामा,
जसको सुगन्ध फैलोस् जगतमा।"
झूट त चम्किन्छ थोरै क्षण,
तर सत्यको बाटो अमर धन।
अन्त्यमा विजय सत्यकै हुन्छ,
मनमा प्रेम, मार्ग उज्यालो बन्छ।

जय प्रेम !

Godangel BaniSat 29 Aug, 2026“दुःखका विविध पक्ष”प्रेमवाद दर्शन अनुसार दुःख भौतिक एवम् आत्मिक जीवनको निरन्तर गतिमा बाधा प...
29/08/2026

Godangel Bani
Sat 29 Aug, 2026

“दुःखका विविध पक्ष”

प्रेमवाद दर्शन अनुसार दुःख भौतिक एवम् आत्मिक जीवनको निरन्तर गतिमा बाधा पुगेको अवस्था हो । यसले आत्मा ९चेतना० शरीर र मनमा असहज एवम् अप्रिय घटना गराउँछ। तर दुःख जीवनको परम सत्य हो जसलाई रूपान्तरण गर्न सकिन्छ तर टार्न सकिन्न ।
साधारण रूपमा दुःखलाई तीन प्रकारमा वर्गीकरण गरेर हेर्न सकिन्छ : १. शारीरिक दुःख २. मानसिक दुःख ३. आत्मिक दुःख । यी दुःखहरूको संक्षिप्त चर्चा तल गरिएको छ ।
शारीरिक दुःख
शरीरमा हुने रोगव्याधि, चोटपटक, वृद्धावस्था, मृत्यु आदि शारीरिक दुःख हुन् । यो शरीरले थाहा पाउने अत्यन्त स्थूल प्रकारका दुःख हो । यो जीवनसँगै जोडिएर आउने प्राकृतिक दुःख हो र यो अपरिहार्य पनि छ । यस्तो दुःखबाट उत्पन्न हुने पीडा कम गर्न सकिन्छ तर यसलाई टार्न चाहिँ सकिन्न ।
टार्नै नसकिने दुःख भएकोले मान्छेले यस प्रकारको दुःखसँग आफूलाई अनुकुलन गर्दै आएको छ । अर्धात् यो दुःखसँग आफूलाई समायोजित गर्दै आएको छ । शारीरिक दुःख ज्ञान, सृजना र विकासको उत्प्रेरक रही आएको देखिन्छ । मान्छेले आफ्नो सभ्यता र विकासको डिजाइन पनि यही दुःखको आधारमा गरेको छ । खानपान, आराम, विश्राम, आवास, उपचार, सहज आवागमन, पुनर्ताजगी, अङ्ग(उपाङ्गहरुको मर्मत(सम्भार आदिका लागि वस्तुहरुको उत्पादन, वितरण र उपभोगको व्यवस्था गरि मान्छेले शारीरिक दुःखलाई सकेसम्म कम गर्ने कोशिस गर्दै आएको देखिन्छ । राजनीति, विज्ञान(प्रविधि, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य आदिमा भएको विकास यही शारीरिक दुःखलाई समायोजन गर्ने क्रममै भएका हुन् ।
मानसिक दुःख
मनमा उत्पन्न हुने असहज वातावरण मनका दुःख हुन् । यो अर्ध स्थूल वा अर्ध सूक्ष्म प्रकारको दुःख हो । यसको बोध मनले गर्दछ । रिस, इर्ष्या, सन्ताप, क्षोभ, डाहा, प्रमाद, तृष्णा, अहङ्कार, असन्तुष्टि, विक्षिप्तता, शोक आदि मानसिक दुःख हुन् । यस्ता दुःखहरु प्राकृतिक होइनन् त्यसैले ती अपरिहार्य होइनन् । ज्ञान, ध्यान, योग, मनन आदिको अभ्यासद्वारा तिनलाई निर्मूल गर्न सकिन्छ ।
यस्ता दुःखहरु मानव मनका उत्पादन हुन् र मान्छे सबैभन्दा बढी यसैबाट पीडित छ । यही दुस्खले मान्छेलाई नारकीय दुःख भोगाउँछ । यसले विकासमा भन्दा विनासमा मान्छेलाई उक्साउँछ । युद्ध, हिंसा, चोरी, डकैती, लुटपाट, ठगी, व्यभिचार, भ्रष्टाचार, अन्याय, अत्याचार आदि अप्रिय कर्महरू मानसिक दुःखले उत्पन्न गरेका अप्रिय परिणाम हुन् ।
मानसिक दुःख शारीरिक दुःख र आत्मिक दुःखको पनि कारण हो । यसले मान्छेलाई ईश्वरीय व्यवस्थाबाट भ्रष्टिकरण गरी कुमार्गतर्फ भड्काउँदछ र आत्मालाई समेत बाधा पुर्याउँदछ ।
आत्मिक दुःख
मुक्ति(मोक्षको यात्रामा आत्मा अर्थात् चेतनाको गतिमा आउने अवरोध नै आत्मिक दुःख हो । भौतिक जीवनमा यो सबैभन्दा सूक्ष्म किसिमको दुःख हो । चेतनामा जागृत व्यक्तिले मात्र यस्तो दुःखको ख्याल राख्दछ । शरीरलाई आत्माको साधनको रूपमा लिँदा आत्मिक दुःख सबैभन्दा गहिरो दुःख हो किनकि यसले आत्माको मोक्षमार्गमा बाधा गर्दछ । यस्तो दुःखको स्रोत माथि उल्लेखित दुःखहरू हुन् । विशेषतः मानसिक दुःखमा आत्मिक दुःखको बीज हुन्छ । मानसिक दुःख कर्मवृत्तिमा रुपान्तरित भयो भने त्यो हुर्कंदै जान्छ र भोतिक जीवनको अन्त्यपछि यसले आत्मालाई छायाँसरि पछ्याउँछ अनि मूल आत्माको स्रोत ईश्वरमा समाहित हुन अवरोध उत्पन्न गराउँदछ ।

Godangel Bani 22 August 2026प्रिय आमा-बाबा युवा नानुहरु हजुरहरु सबैमा मंगल कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा प्...
22/08/2026

Godangel Bani 22 August 2026
प्रिय आमा-बाबा युवा नानुहरु हजुरहरु सबैमा मंगल कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा प्रवेश गर्ने अनुमति चाहन्छु ।

एक जना सन्यासी ध्यानमा बसिरहेको समयमा एउटा सानो मुसा अतालिन्दै उसको छेउमा दौडिएर आउँछ, सन्यासीले आँखा खोली हेर्दा बिरालोले झम्टिरहेको देख्नु हुन्छ, सन्यासी एकदमै करुणाले भरिएको हुनुहुन्छ, ती मुसाले आफ्नो ज्यान बचाई दिन आग्रह गरेको सम्झी सन्यासीले आफ्नो शक्ति प्रयोग गरेर सानो मुसालाई बिरालोमा परिणत गर्नु भयो। केही दिन पछि फेरि ठुलो एउटा पप्पीले त्यहीँ नयाँ बिरालोलाई लखेट्दै गरेको सन्यासीले देख्नु हुन्छ अनि सन्यासीले त्यो नयाँ बिरालोको ज्यान बचाउनलाई ठुलो पप्पीमा परिणत गरि दिनु भयो। केही दिन पछि फेरि सन्यासी ध्यानमा बसिरहनु भएको समयमा नयाँ पप्पी अतालिन्दै आफ्नो ज्यान बचाई दिन सन्यासीको सामु आउँछ, सन्यासीले ध्यान बाट आँखा खोली हेर्दा एउटा ठुलो जंगली बाघले पप्पीलाई झम्टी रहेको देख्नु हुन्छ, सन्यासीले ती पप्पीको ज्यान बचाउन ती नयाँ पप्पीलाई पनि शक्तिशाली बाघमा परिणत गर्नु भयो, अनि त्यो जंगली बाघ भन्दा शक्तिशाली भएर कसैको डर रहित घुम्न थाले।

एकदिनको कुरा हो सन्यासी गहिरो ध्यानमग्न हुनुहुन्थ्यो त्यहीँ समय ती सुरक्षित र शक्तिशाली कृतघ्न बाघले आफ्नो जरा बिर्सियो र आफूलाई मुसा बाट बिरालो, बिरालो बाट पप्पी र पप्पी बाट बाघ बनाई आफ्नो ज्यान बचाउने सन्यासी गुरुलाई नै खाने निर्णय गर्यो। सन्यासी ध्यानमग्न अवस्थामा हुँदा बाघले झम्टेर खाई दिन्छ तर छिनमै चमत्कार हुन्छ र सन्यासी फेरि त्यहीँ समयमा अवतार लिएर आउनु हुन्छ अनि आफुले सानो मुसा बाट बाघ बनाएको ठुलो शक्तिशाली बाघलाई सानो मुसामै परिणत गरि दिनु हुन्छ र केही बेरमै बोरालो आएर त्यो मुसालाई खाई दिन्छ।

प्रियजन कथाको नैतिक शिक्षा यो होकि हामी मान्छेहरु पनि यस्तै स्वार्थी छौ संसारमा जसरी हुन्छ अरुलाई होच्याएर हुन्छ कि आफू भन्दा कम्जोर र दुर्बललाई दबाएर हुन्छ जसरी पनि आफू माथी जाने कोशिस गर्छौ, तर जसरी सन्यासीले बाघलाई मुसामै बदली दिनु भयो र त्यो मुसालाई बिरालोले खाई दियो सोही प्रकारले हामी पनि यो संसार बाट एकदिन बिदा हुने दिन आउँछ जब संसार बाट बिदा हुन्छौ तब हामीले हाम्रो कर्म अनुसारको फल अवस्य भोग्नु पर्नेछ। अरु भन्दा ठुलो भएर जिउनुमा केछ र ? स्वार्थमा जिउनु हुन्न, त्यसैले सके सम्म हामीले खराव कर्म स्वार्थी कर्म कहिले गर्नु हुन्न, हामीले सधै साधारण जीवनयापन गर्नु पर्छ, किन भने हाम्रो जीवन यहाँ सम्म मात्रै होईन, यो धर्तीको जीवन मात्रै होईन, हाम्रो जीवन यो संसार पारी पनि अनन्त छ। बाहिरी परिवर्तनले भित्री कमजोरीलाई ठीक गर्न सक्दैन, हाम्रो भित्री हृदयमा नै परिवर्तन गर्नु पर्छ, आफुलाई खुवाउने हातलाई कृतज्ञता चढाउन कहिल्यै नभुल्नु होस् र आफुलाई परेको समयमा दिएको सहयोगको गुण कहिले नभुल्नु, आफ्नो स्वार्थ पूरा भए पछि मद्दत गर्नेहरूलाई कहिले नभुल्नु, अहंकारको कारणले प्रेम मर्छ। जब घमण्ड र जिद्दीपनले कब्जा जमाउँछ त्यहाँ स्नेह, सम्बन्ध र दयालाई नष्ट गर्छ। प्रेम र सम्बन्धलाई जीवित राख्न आफ्नो अहंकारलाई त्याग्नु साथै निस्वार्थमा जिउनु पर्छ।
Jai Prem !
With love and blessings
Guruhajur

Godangel Bani 15 August 2026प्रिय आमा-बाबा युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी ...
14/08/2026

Godangel Bani 15 August 2026
प्रिय आमा-बाबा युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्न चाहन्छु ।

यो संसारमा रहँदा जो मेरो हो भनिन्छ तर त्यो मेरो होइन, जो मैले पाए आखिरमा गुमाउने नै छु, जो म संग छ त्यो सधैंलाई रहने छैन भन्ने कुरालाई महसुस गर्नु नै आफुमा शान्ति ल्याउनु हो । यो कुरा महसुस गर्न सके मात्रै साँचो शान्ति आउँछ, जब यी सारा कुराको महसुस गरेर शान्तिमा रहन थाल्छौ तब आफुलाई म केवल साँचो आत्मा मात्रै हुँ, मैले मेरो भनेर दाबी गरेको यो भौतिक शरीर पनि आखिर मेरो होइन भनेर महसुस हुनेछ । म साँचो आत्मा मात्रै हो भन्ने कुरा महसुस गर्नको लागि हामी संग भएको खराब तत्वहरु जो छन् लोभ, लालच, सम्मान, अहंकार र अहंम्ता यी खराब तत्व जब सम्म हामी भित्र रहि रहन्छ तब सम्म हामी भ्रममा नै बाँची रहेका हुन्छौं । जब सम्म यो भ्रम बाट मुक्त हुन सक्दैनौं अर्थात त्यो भ्रममा जिउनेले साँचो खुशी साँचो शान्ति प्राप्त गर्न सक्दैन । हामी धेरै हत भ्रममा नै बाँची रहेका हुन्छौं । भौतिक सुबिधाहरु भए राम्रो तर नभए त्यसैको निम्ति मात्रै पछि लागेर कुद्नु भनेको आफ्नो विरुद्ध आफै जानू हो । किनकि त्यो भनेको पानीमा आगो बल्नु जस्तो हो र पानी माथितिर बहनु जस्तो हो तर पानीको साँचो प्रकृति तलतिर बहनु हो, पानीको प्रकृति चिसो हुनु हो, पानीको प्रकृति बरफ हिउँ बन्नु हो, पानीको प्रकृति झरी-बादल बन्नु हो तर पानीको प्रकृति आगो बल्नु होइन, ढुङ्गा बन्नु होइन, पानीको प्रकृति उकालो बग्नु होइन, त्यस्तै आगोको प्रकृति बल्नु हो बग्नु होइन, आगोको प्रकृति तातो हुनु हो तर चिसो हुनु होइन । तसर्थ साँचो आत्माको प्रकृति भनेको साँचो खुशी-आनन्दमा जिउनु हो । मेरो प्रकृति सम्मानको लागि कुद्नु होइन, मेरो प्रकृति लोभमा फस्नु होईन, मेरो प्रकृति अहंकारमा डुब्नु होईन, मै खाउ मै लाउ सुखसयल मोज मै गरौ अरुहरु मरिजायोस् यस्तो भन्ने मेरो प्रकृति होईन । सत्य शान्ति प्रेम र आनन्दमा जिउनु शुक्ष्म चेतनाको साँचो प्रकृति हो । यो धर्तीमा रहुँन्जेल निरीह अबोध प्राणीहरुको आवाज बन्दिनु उनीहरुको सेवा गर्नु, दिन-दु:खीहरुलाई सेवा दिनु र सारा धर्तीको रक्षा गर्नु मेरो साँचो प्रकृति हो । आनन्दमा रहनु र अरुलाई पनि आनन्द दिनु मेरो प्रकृति हो, सत्यमा रहनु त्यो मेरो प्रकृति हो । जब म मेरो प्रकृतिको विरुद्ध जान्छु त्यहाँ अशान्ति शुरु हुन थाल्छ, एकपटकको झुठले सधैंलाई पोलि रहन्छ, किनकि झुठो बोल्नु मेरो प्रकृति होइन ।

प्रियजन यसर्थ म साँचो आत्मा हो भन्ने महसुस गरि आफ्नो साँचो प्रकृतिमा बहनु अर्थात सत्य-प्रेम-आनन्द र शान्तिमा जिउनु हो । तर हामी चिन्ता बिना रहन सक्छौ भन्ने चै होइन, हाम्रो जीवनमा धेरै प्रकारको चिन्ता आउँछ तर त्यो चिन्तामा डुबेर अब म सकिए, अब म केही गर्न सक्दिन या चिन्ताकै कारण स्वयंलाई सकाउने जस्ता अस्वस्थ चिन्ता गर्नु हुँदैन, चिन्ता हुन्छ नहुने होईन तर चिन्तामा पनि स्वास्थ चिन्ता गर्नु पर्छ, अस्वस्थ चिन्ता कहिले पनि गर्नु हुन्न, जस्तै कोही जना चिन्ताले आफैलाई सकाउँछ तर कोही जनाले चिन्तालाई शक्तिमा बदलेर आफुलाई दह्रो बनाउँछ । सत्य शान्ति प्रेम र आनन्द मेरो प्रकृति हो भनेर सधै महसुस गर्नु पर्छ । भौतिक कुराहरु चाहिन्दै चाहिन्न भन्ने होईन तर आफैलाई भुलेर सधै त्यसैको पछि कुदि रहनु वा प्राप्त गर्न नसक्दा चिन्तामा डुबेर आफैलाई सकाउनु चै नराम्रो कुरा हो । जति छ त्यसैमा खुशी भएर शान्तिका साथ साधारण जीवन यापन गर्नु, प्रेम-करुणामा जिउँदा सबभन्दा आनन्द छ, त्यही नै शान्ति छ, प्रेम करुणामा जिउँदा म साँचो आत्मा हो भन्ने पुर्ण महसुस हुन्छ । अत: मान्छेको प्रकृति भनेको भौतिकता वा अहंकार बाट माथि उठेर आफ्नै भित्री चेतना, शान्ति र उद्गमस्थल (परमात्मा वा सत्य) तिर फर्किनु हो ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Bani 8th august 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी राख्ने...
08/08/2026

Godangel Bani 8th august 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी राख्ने अनुमति चाहन्छु।

एक दिनको कुरा हो एक राजा आफ्नो दरबार बाट बाहिर जंगल घुम्न निस्कनु हुन्छ, राजाले जंगलमा एउटा ठुलो रूख मुनि बसिरहेका एक तपस्वीलाई देख्नु हुन्छ। राजाले तपस्वीलाई सोध्नु हुन्छ "हे पूज्य तपस्वी! म एउटा कुरा हजुर बाट जान्न चाहन्छु के यस्तो कुनै औषधि छ जसले अमरत्व प्रदान गर्न सक्छ? छ भने कृपा गरेर मलाई बताई दिनु हवस्।

तपस्वीले जवाफ दिनु भयो "हे महाराज! हजुरको अगाडिका ती ठुला दुई पहाडहरू पार गर्नु होस्, त्यहाँ हजुरले एउटा ठुलो ताल पाउनु हुनेछ र त्यो तालको पानी पिउनाले हजुर अमर हुनु हुनेछ।"

राजाले तपस्विको कुरालाई निक्कै उत्सुकताको साथ लिदै पहाड पार गर्न लम्किए, राजाले ती पहाड पार गरे अनि एउटा ठुलो ताल भेट्नु भयो। जब ​​राजा तालको पानी पिउन निहुँरिए त्यहाँ ठुलो आवाजमा कोही चिच्याई रहेको सुन्नु भयो। राजाले आवाजलाई पछ्याउदै जाँदा तालको छेउमा एक वृद्ध कमजोर मानिस पीडामा छट्पटी रहेको देख्नु हुन्छ। राजाले ती वृद्धलाई किन यसरी पीडामा छट्पटी रहनु भएको भनेर कारण सोध्दा त्यो वृद्ध मान्छेले भन्छ "मैले यो तालको पानी पिएँ र अमर भएँ, अहिले म १०० वर्षको भएँ मेरो छोराले मलाई घर बाट निकाली दियो। म ५० वर्ष देखि यहाँ आफ्नै सन्तानको माया बिना छट्पटी रहेको छु। मेरो छोरा मरिसकेको छ र मेरा नातिनातिनाहरू बूढा भइसकेका छन्। मैले धेरै बर्ष देखि खान छोडेँ तर पनि म मर्न सकिन।"

ती वृद्धको नाजुक स्थिति देखेर राजाले सोंचे बुढेसकालमा अमरताको के फाइदा? के मलाई अमरत्व संगै युवावस्था दुवै मिल्न सक्छ?" राजा फेरि तपस्वी कहाँ जानू हुन्छ र समाधानको लागि सोधे "हे पुज्य तपस्वी! कृपा गरेर मलाई भन्नु होस् कि म कसरी अनन्त युवावस्था सँगै अमरत्व प्राप्त गर्न सक्छु।"

तपस्विले भन्नू भयो "ताल पार गरे पछि हजुरले फेरि अर्को पहाड भेट्नु हुनेछ, त्यसको पारि पटि पहेंलो फल भएको एउटा रूख छ, त्यो रुखको एउटा फल टिपेर खानु होस् र हजुरले जवानी सँगै अमरता पाउनु हुनेछ।"

राजाले ताल पछिको ठुलो पहाड पार गरे र पहेंलो फल भएको रूख भेटाए। जब ​​राजाले एउटा फल टिप्न पुग्छ त्यसै बेला राजाले ठूलो बहस र झगडा सुन्नु हुन्छ। राजा छक्क पर्दै हेर्नू भयो त्यहाँ चार जना युवाहरू झगडा गरिरहेको थिए, अनि ती युवाहरुलाई राजाले सोध्नु भयो "तिमीहरू किन झगडा गरिरहेका छौ?"

तिनीहरू मध्ये एक जनाले भन्यो "म २५० वर्षको भएँ र मेरो छेउमा भएको मान्छे ३०० वर्षको छ। उसले मलाई मेरो सम्पत्तिको अंश दिन अस्वीकार गर्यो।"

राजाले फेरि अर्कोलाई सोध्दा उसले जवाफ दियो "मेरो बुबा जो ३५० वर्षका हुनुहुन्छ, अझै जीवित हुनुहुन्छ र मलाई मेरो अंश दिनु भएको छैन, म मेरो छोरालाई कसरी अंश दिन सक्छु?" अर्को मान्छेले फेरि भन्छ आफ्नो ४०० वर्षीय बुबालाई औंल्याउँदै उसले पनि त्यस्तै गुनासो गरे। त्यही भित्रका एक युवाले भने यी अनन्त विवादहरूका कारणले गाउँलेहरूले हामीलाई गाउँ बाट पहिला निकाला गरेका थिए।

राजा स्तब्ध हुँदै तपस्वी कहाँ फर्किए र भने "धन्यवाद पुज्य तपस्वी!हजुरले मलाई मृत्युको महत्त्व बुझाउनु भयो।"

अन्तमा तपस्वीले भन्नु भयो "मृत्युको कारणले गर्दा नै यस संसारमा प्रेमको अस्तित्व छ। मृत्युको बारेमा चिन्ता गर्नुको सट्टा प्रत्येक दिन र प्रत्येक क्षण खुशी साथ बाँच्नु।"

प्रियजन जीवनको सन्तुलन मृत्यु बाट आउँछ मृत्यु नभएको भए मानिसहरू केवल लोभ, स्वार्थ र विवादले भरिने थिए। मृत्युले हामीलाई यो सिकाउँछ कि सबै कुराको अन्त्य हुन्छ। मृत्युको कारणले प्रेम अस्तित्वमा रहन्छ, यदि जीवन अनन्त भएको भए सम्बन्धहरूको मूल्य गुम्ने थियो। जीवन सीमित छ भनेर जान्दा परिवार र प्रेम बहुमूल्य हुन्छ। हरेक क्षण बाँच्नुहोस् मृत्यु सँग नडराउनु होस्। बरु हरेक दिन यसरी बाँच्नुहोस् मानौं यो हजुरको अन्तिम दिन हो, त्यो नै जीवनको वास्तविक आनन्द हो। मृत्युको बारेमा सोंचेर डरमा जिउनु होइन तर जीवनलाई अझ सुन्दर र अर्थपूर्ण बनाउनु हो।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Bani 1st August 2026,प्रिय आमा-बाबा युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाण...
01/08/2026

Godangel Bani 1st August 2026,
प्रिय आमा-बाबा युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणीमा केही संदेश राख्ने अनुमति चाहन्छु ।

हामी सधैंको लागि छैनौं यो धर्तीमा मान्छेको शरीरमा बडो भाग्यले मानव जीवन पाएका छौ, हामीले जीवनमा धेरै असल कर्म गर्नु छ । हामीलाई यो धर्तीमा ईश्वरले केही गर्नको निम्ति पठाउनु भएको हो । हामी यो धर्तीमा केही असल कर्म गर्न आएका हौं, हामी बाचुन्जेल असल कर्म गरौं । संसारमा असल मान्छेहरु थोरै छन् तर खराब मान्छेहरु धेरै छन् । भगवान कृष्णले भन्नू हुन्छ संसारमा पापहरु बड्दै गइरहेको छ र बड्दै जाने छ आज साच्चै नै चारैतिर पापहरु बड्दै गइरहेको छ, आज एकले अर्कालाई राम्रो देख्ने मान्छे पाउनै गार्‍हो छ ।

यो आकाश ओत लागेर बसेका अनि यो धर्ती बिछ्याएर बसेका हामी को ठुलो को सानो, को कुन धर्मको को कुन सम्प्रदायको, हामी सबै मानव होइनौं र ? दुख्दा हामी सबैको आँखा बाट झर्ने आँसु एउटै होईन र ? जुनै धर्मको हामी भए पनि हाम्रो मांसपेशी एउटै होईन र ? हामी कोही धनी कोही गरीब हौला तर चिहान त एउटै होइन र ? धनी होस् या गरीब होस् आखिर चार फुट माटो काफी हुन्छ, यसर्थ हामी मान्छेहरु एक-अर्काले आफू जस्तै ठानेर जिउनु जतिको महान कुरा अरु केही पनि हुँदैन, यही नै हाम्रो धर्म शास्त्रहरुले पनि सिकाउँछ । भगवान राम, भगवान कृष्ण, भगवान शिवले सिकाउनु भएको ज्ञान् यही होईन र ? प्रभु यशु मसीह, हजरत महम्मदले सिकाउनु भएको ज्ञान् यही होइन र ? महागुरु फाल्गुनन्दले सिकाउनु भएको ज्ञान् यही होईन र ? ऋषि महात्माले सिकाउनु भएको ज्ञान् यही होईन र ? सबै धर्म सबै भगवानहरुको एउटै साझा ज्ञान् छ त्यो हो सधैं असल मान्छे भएर असल कर्म गर्नु, प्रेमले ओतप्रोत भएर जिउनु, प्राणीहरुको सेवामा सधैं समर्पित हुनु अरुको हितमा राम्रो सोच्नु यही नै हामीले ज्ञान् लिनु पर्छ ।

हामी यो संसारमा सधैको लागि छैनौं एकदिन हामी यो धर्ती बाट बिदा लिएर जान्छौं, आखिर को अजम्बरी छ र ? हामी यमराज देखि कहिले टाढा छैनौं, बिहान फुलेको फुल साझ ओइलाएर झर्छ त्यस्तै हो हाम्रो जीवन पनि तर यहाँ मान्छे कहिले मर्दैन जस्तो गर्छौं, हामी कोही पनि यहाँ अजम्बरी छैनौं, एकदिन यो धर्ती बाट बिदा लिएर जानै पर्छ । हाम्रो शरीर समाप्त भएर जानेछ तर एउटा कुरा हाम्रो भौतिक शरीर समाप्त भएर गए पनि हाम्रो आत्मा कहिले चै समाप्त हुने छैन । भागवत गीताले भन्छ जो हाम्रो आत्मा छ जसको न जन्म छ न मृत्यु , हाम्रो शरीर समाप्त हुँदैमा हाम्रो आत्मा कहिले समाप्त हुँदैन, हाम्रो सूक्ष्म चेतना जो छ त्यसको कहिले अन्त्य छैन, यसर्थ हाम्रो आत्मालाई न आगोले डराउछ न तरबारले काटिन्छ, न पानीले भिजाउँछ न हवाले उडाउन सक्छ ।

प्रियजन जब हामी असल काम गर्छौ राम्रो सोंच्छौ पृथ्वी पारीको क्षितिजमा मिठो फल पाइने कुरा भगवान कृष्ण, भगवान रामले बताउनु भएको थियो, यहीँ कुरा भगवान बुद्ध, प्रभु मसिहले बताउनु भएको थियोे, यही कुरा हजरत महम्मदले सिकाउनु भएको थियो । हामी मन्दिर मस्जिद जाउला, हामी गिर्जा गुम्बा जाउला, कहिँ तिर्थयात्रा जाउला, चारधाम जाउला, मक्का मदिना जाउला, हामी कहिँ माङहिम जाउला तर हाम्रो मन शुद्ध छैन भने हाम्रो मन सफा छैन भने त्यो धर्मको अर्थ के हुन्छ र ? यो धर्म त्यो धर्म, यो जात त्यो जात, यो वंश त्यो वंश कहाँ आत्मामा लेखिएको हुन्छ ? जब हामी चित्तामा चड्छौ अनि बिलिन्छौ बाँकी रहेको हाम्रो हड्डीमा जात लेखिएको हुँदैन, जब हामी समाधीमा बिलिन्छौ बाँकी रहेको हाम्रो हड्डीमा धर्म लेखिएको हुँदैन, हामी मान्छेहरु यो आकाशलाई छानो लगाएर र यो धर्तीलाई बिछ्याएर बसिरहेका क्षणिक पाहुना मात्रै हौं, आखिर एकदिन हाम्रो ढलेर जाने जिन्दगी हो, यसर्थ हामी एउटै कुराको लागि जाग्नु पर्छ त्यो हो हाम्रो मन शुद्ध बनाएर हाम्रो हृदयलाई सफा बनाएर बाच्नु पर्छ । कसैलाई नराम्रो भावनाले होइन तर राम्रो भावनाले आफ्नै परिवार झै ठानेर बाच्नु पर्छ, हाम्रो भगवानहरुले सिकाउनु भएको सार ज्ञान् यही नै हो । जब मान्छेको मन सफा छैन पबित्र छैन, जब मान्छे संग हिंसाको भावना हुन्छ तब सारा वेद शास्त्रहरु अध्यन गरेर पनि के फाइदा, सारा बाइबल अध्यान गरे पनि के फाइदा अत: धर्मको सार नै असल कर्म गर्नु हो, सेवा गर्नु हो, सारा धर्महरुलाई आफ्नै धर्म ठानेर सर्बधर्मलम्बी बन्नु हो, यही स्वच्छ प्रेमको भावना बाँचौ ।
Jai Prem !
With love and blessings
Guruhajur

Happy Guru Purnima My Dearest Ones,On this beautiful day of Guru Purnima, I have been thinking about all of you. I truly...
29/07/2026

Happy Guru Purnima
My Dearest Ones,

On this beautiful day of Guru Purnima, I have been thinking about all of you. I truly miss you. Even though we are in different places, you are always close to my heart. Every day, in one way or another, you come into my thoughts and into my prayers.

I simply wanted to tell you today how grateful I am to have you in my life. Your love, your kindness, and your faith have meant so much to me. I pray that God blesses each one of you with good health, happiness, peace, and the courage to keep moving forward, whatever life brings.
There is something I have always wanted you to remember.

This life is not the whole journey.
We have not met by accident, and we have not come into this world only to live for a few years and then disappear. Our journey is much bigger than that. One day, when our time on this Earth is over, our journey will continue. We will meet again.
So please don't ever think that you will be alone.

Even if one day you cannot see me with your eyes, it does not mean I have gone away. I will still be there, praying for you, watching over you with love, just as I do today. Our relationship is not only of this world. It belongs to the soul, and the soul does not die.

Whenever life becomes difficult, remember me—not with sadness, but with a smile. Smile because I want to see you smiling. Problems come, and problems go. No difficulty stays forever. The darkest night always gives way to the morning.

Please don't spend your life worrying too much. Life is too precious for that. Do your best, keep your heart pure, keep serving others including that of all living beings (voicless-animals), and leave the rest in God's hands.

Never forget that God is always with you and with us. He knows our struggles before we speak of them. He sees every tear, hears every silent prayer, and walks beside us even when we feel nobody is there. There may be times when we cannot understand His plan, but one day we will. Until then, lets trust the Almighty. He has never stopped loving us, and He never will.
And please remember one more thing.

Wherever you are in the world, you are never far from my heart. I may not always be able to be with you physically, but my prayers will always reach you. My blessings will always be with you. Here on this Earth, I will be there for you whenever I can. And when our journey continues beyond this life, I will be there too. That is my promise to you.

Take good care of yourselves. Eat well. Rest well. Keep smiling. Keep praying. Keep loving one another. Be kind to people. Life becomes much lighter when the heart is full of love.

Thank you for every smile you have given me, for every prayer, every act of kindness, and every moment we have shared together. I treasure all of them.

I hope we can meet again very soon. Until then, know that you are remembered, you are loved, and you are always in my prayers.

गुरु पूर्णिमाको मंगलमय शुभकामना

प्रिय आमा, बुबा, युवा तथा नानीहरू,

यस पावन गुरु पूर्णिमाको शुभ अवसरमा म तपाईंहरू सबैलाई सम्झिरहेको छु। तपाईंहरूको धेरै याद आइरहेको छ। हामी फरक–फरक स्थानमा भए पनि तपाईंहरू सधैं मेरो हृदयमा हुनुहुन्छ। हरेक दिन कुनै न कुनै रूपमा तपाईंहरू मेरो सम्झना र प्रार्थनामा आउनुहुन्छ।

आज म केवल यति भन्न चाहन्छु कि तपाईंहरू मेरो जीवनमा हुनुहुन्छ भन्ने कुराप्रति म अत्यन्त कृतज्ञ छु। तपाईंहरूको प्रेम, सद्भाव, विश्वास र आत्मीयताले मेरो जीवनलाई गहिरो अर्थ दिएको छ। म परमेश्वरसँग प्रार्थना गर्दछु कि उहाँले तपाईंहरू प्रत्येकलाई उत्तम स्वास्थ्य, सुख, शान्ति र जीवनका हरेक चुनौतीलाई साहसपूर्वक सामना गर्ने शक्ति प्रदान गर्नुहोस्।

एउटा कुरा म सधैं तपाईंहरूले सम्झिरहनुभएको चाहन्छु। यो जीवन हाम्रो सम्पूर्ण यात्रा होइन। हाम्रो भेट केवल संयोग होइन, र हामी केही वर्ष यो संसारमा बिताएर समाप्त हुनका लागि मात्र आएका होइनौं। हाम्रो यात्रा यसभन्दा धेरै विशाल र अनन्त छ। एक दिन, जब पृथ्वीको हाम्रो यात्रा पूरा हुनेछ, हाम्रो आत्मिक यात्रा निरन्तर रहनेछ, र हामी फेरि अवश्य भेट्नेछौं।

त्यसैले कहिल्यै पनि आफूलाई एक्लो नठान्नुहोस्। कुनै दिन तपाईंहरूले मलाई आफ्ना आँखाले देख्न सक्नुभएन भने पनि त्यसको अर्थ म टाढा भएको होइन। म आजझैँ सधैं तपाईंहरूको लागि प्रार्थना गरिरहनेछु, प्रेमपूर्वक तपाईंहरूलाई हेरिरहनेछु। हाम्रो सम्बन्ध केवल यस भौतिक संसारको सम्बन्ध होइन; यो आत्माको सम्बन्ध हो, र आत्मा कहिल्यै मर्दैन।

जब जीवनमा कठिन समय आउँछ, मलाई दुःखका साथ होइन, मुस्कानका साथ सम्झनुहोस्। किनकि म सधैं तपाईंहरूको मुस्कान हेर्न चाहन्छु। समस्याहरू आउँछन् र जान्छन्; कुनै पनि कठिनाइ सधैं रहँदैन। सबैभन्दा अँध्यारो रातपछि पनि उज्यालो बिहान अवश्य आउँछ।

जीवनभर अत्यधिक चिन्तामा समय बिताउनु हुँदैन। जीवन अत्यन्त अमूल्य छ। आफ्नो कर्तव्य इमानदारीपूर्वक गर्नुहोस्, आफ्नो हृदयलाई पवित्र राख्नुहोस्, मानव मात्र होइन, आवाजविहीन पशुपक्षीसहित सम्पूर्ण जीवहरूको निःस्वार्थ सेवा गर्नुहोस्, अनि बाँकी सबै परमेश्वरको हातमा छोडिदिनुहोस्।

कहिल्यै नबिर्सनुहोस्—परमेश्वर सधैं तपाईंहरूसँग हुनुहुन्छ, र हामी सबैसँग हुनुहुन्छ। हामीले आफ्नो दुःख व्यक्त गर्नुअघि नै उहाँले हाम्रो पीडा जान्नुहुन्छ। उहाँले हरेक आँसु देख्नुहुन्छ, मौन प्रार्थना सुन्नुहुन्छ, र हामीलाई कोही साथमा छैन जस्तो लाग्दा पनि हाम्रो साथमा हिँडिरहनुहुन्छ। कहिलेकाहीँ उहाँको योजना हामीले बुझ्न सक्दैनौं, तर एक दिन अवश्य बुझ्नेछौं। त्यसबेलासम्म सर्वशक्तिमान परमेश्वरप्रति अटल विश्वास राखौं। उहाँले हामीलाई कहिल्यै प्रेम गर्न छोड्नुभएको छैन, र कहिल्यै छोड्नुहुने पनि छैन।

र अर्को एउटा कुरा पनि सधैं सम्झनुहोस्। तपाईं संसारको जुनसुकै कुनामा भए पनि, मेरो हृदयबाट कहिल्यै टाढा हुनुहुन्न। म सधैं शारीरिक रूपमा तपाईंहरूसँग हुन नसकूँला, तर मेरा प्रार्थनाहरू सधैं तपाईंहरूसम्म पुग्नेछन्। मेरा आशीर्वादहरू सधैं तपाईंहरूसँग रहनेछन्। यो पृथ्वीमा रहुन्जेल म सक्दो रूपमा तपाईंहरूको साथमा रहनेछु। अनि जब हाम्रो यात्रा यस जीवनभन्दा पर पनि अघि बढ्नेछ, म सदैव तपाईंहरूसँग रहनेछु। यही मेरो तपाईंहरूप्रतिको अटल वचन हो।

आफ्नो राम्रोसँग हेरचाह गर्नुहोस्। पौष्टिक भोजन गर्नुहोस्। पर्याप्त विश्राम लिनुहोस्। सधैं मुस्कुराइरहनुहोस्। प्रार्थना गरिरहनुहोस्। एकअर्कालाई प्रेम गरिरहनुहोस्। मानिसहरूप्रति मात्र होइन, निर्दोष र आवाजविहीन पशुपक्षीहरूप्रति पनि दयालु हुनुहोस्। प्रेमले भरिएको हृदयले जीवनलाई धेरै सहज र सुन्दर बनाउँछ।

तपाईंहरूले मलाई दिनुभएको हरेक मुस्कान, हरेक प्रार्थना, हरेक सद्भावपूर्ण कार्य, र हामीले सँगै बिताएका हरेक अमूल्य क्षणका लागि म हृदयदेखि नै आभारी छु। ती सबै सम्झनाहरू मेरो हृदयमा सधैं अमूल्य रहनेछन्।

म आशा गर्दछु, हामी चाँडै नै फेरि भेट्नेछौं। त्यतिन्जेलसम्म यति मात्र सम्झिरहनुहोस्—तपाईंहरू सधैं मेरो सम्झनामा हुनुहुन्छ, मेरो प्रेममा हुनुहुन्छ, र मेरो प्रार्थनामा सदैव रहनुहुनेछ।

गुरु पूर्णिमाको पावन अवसरले तपाईंहरूको जीवनमा दिव्य प्रकाश, शान्ति, प्रेम र परमेश्वरको असीम कृपा सधैं रहोस्।

Have a truly blessed Guru Purnima.
With all my love and blessings,
Guru Hajur

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Master Godangel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share