20/08/2026
मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ।
चिन्ता, अत्यधिक तनाव, निद्रा नलाग्ने, निराशा, चिडचिडापन, डर, एकाग्रता कम हुनु जस्ता समस्या लामो समयसम्म रहँदा मानसिक स्वास्थ्यमा असर पर्न सक्छ।
🌿 आयुर्वेदमा मन, शरीर र जीवनशैलीबीचको सम्बन्धलाई महत्वपूर्ण मानिन्छ। उचित आहार, निद्रा, दिनचर्या, योग, ध्यान, प्राणायाम तथा आवश्यक परे चिकित्सकीय परामर्शले मानसिक स्वास्थ्य व्यवस्थापनमा सहयोग पुर्याउन सक्छ।
⚕️ आयुर्वेदिक चिकित्सकको सल्लाहबिना औषधि आफैं सुरु नगर्नुहोस्।
“मन स्वस्थ भए जीवन स्वस्थ हुन्छ।”
— Dr. Vivek Gupta
Ayurveda Physician